20090322

ज्ञानेन्द्र र भारतीय विपक्षी नेता आणवाणीबीच भेट

भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबार अपरान्ह भारतीय विपक्षी दलका नेता लालकृष्ण आणवाणीसँग भेटवार्ता गरेका छन्। आणवाणीलाई भेटन पूर्व राजा ज्ञानेन्द्र शाह नयाँ दिल्ली स्थित पृथ्वीराज रोडमा रहेको आणवाणी निवासमा पुग्नु भएको थियो। उनीहरुबीच करिब चालीस मिनेट कुराकानी भएको थियो। कुराकानी के विषयमा केन्द्रित थियो भन्ने विषयमा प्रकाश पारिएको छैन। दुईबीच राजनीतिक भन्दा पनि शिष्टाचार भेट मात्र भएको समाचार स्रोतहरुले जनाएका छन्। नेपालमा गणतन्त्र स्थापनापछि पहिलोपटक विदेश भ्रमणमा निस्केका शाहले यसअगाडि कांग्रेस आइका सोनीया गान्धी र गत फागुन २९ विपक्षी भारतीय जनता पार्टीका नेता एव गुजरातका मुख्य मन्त्री नरेन्द्र मोदीसँग पनि अहमदावादमा भेट गरेका थिए। निजी भ्रमणका क्रममा गत फागुन १४ गते पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भारत प्रस्थान गरेका थिए। पूर्वराजा परिवार त्रिभुवनकी छोरी भारतीका छोराको मध्यप्रदेशमा भएको विवाहमा सहभागी हुन भारत गएका हुन्। नागरिक भएको नौ महिनापछि भारत पुगेका राजपरिवारका भ्रमणलाई सत्तारुढ एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीले ´वेवीकिङ´ ब्युँताउने षडयन्त्रका रुपमा टिप्पणी गर्दै आएको छ।

आज आईतवार : रोचक दोहोरी तपाईंका लागि ..

यहाँ तिनवटा भाग छन, एक पछी अर्को गर्दै क्लिक गरी हेर्नुहोला



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक