20090305

ज्ञानेन्द्र र गिरिजाको भारत भ्रमण.... !!??


व्यक्तिगत बाहानामा लामो अवधिका लागि भारत भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्रको मिसनबारे राजनीतिक वृत्तमा चर्चा भइरहेका वेला उनी त्यहाँ हुँदै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले भारत भ्रमण गर्ने तयारी सुरु गर्नुभएको छ। कांग्रेस सभापति कोइराला स्वाथ्य परीक्षणको बाहानामा भारत जाने उहाँनिकट स्रोतले बताएको छ।
तर, कोइराला एक्लै जाने या एमालेका नयाँ अध्यक्ष झलनाथ खनाल वा पूर्वमहासचिव माधव नेपालको पनि एक/दुई दिन यताउतामा भारतको व्यक्तिगत भ्रमण तय गरेर मात्र जाने भन्ने टुंगो नलागेका कारण भ्रमण मिति भने तय भएको छैन।
कतिपयको दाबीअनुसार पूर्वराजा ज्ञानेन्द्र ०४७ सालको संविधान पुनर्स्थापित गराउन चाहान्छन्। यसका लागि भारतीय नेताहरूसँग उनले लविङ गरिरहेका छन्। नेपालमा माओवादी शासनविरुद्ध अरूलाई एकताबद्ध बनाउने र दुनियाँको आँखामा विवादमा नआउने गरी गुप्त योजना तय भएको स्रोतको दाबी छ। पछिल्लो योजनाअनुसार राजाको एजेन्डामा छलफल गर्ने गरी कोइराला दिल्लीस्थित कुनै अस्पतालमा भर्ना हुनुहुनेछ। उहाँलाई भेट्न भारतीय नेताहरूका अतिरिक्त पूर्वराजा ज्ञानेन्द्र र एमाले अध्यक्ष वा पूर्वमहासचिव पनि दिल्ली पुग्नेछन्। कोइरालाको राजनीतिक उचाइलाई विचार गरेर प्रधानसेनापति रुक्मांगद कटवालले यसबीचमा अस्पतालमा भेट्नेगरी निजी भ्रमण तय गरेमा आश्चर्य मान्न नहुने स्रोतले दाबी गरेको छ। दोस्रो जनआन्दोलनको तयारी र शाही शासनविरोधी दलहरूलाई भारतको सहयोगमा दिल्लीमा एकसाथ बैठक गर्ने वातावरण बनाइएको थियो। फलस्वरूप १२ बुँदे समझदारी हुन सक्यो र शाही शासनविरोधी आन्दोलनले निर्णायक रूप लिँदा शासन मात्र होइन, राजतन्त्र नै समाप्त भइदियो। स्रोतले पूर्वराजा, कांग्रेस, एमाले र सेनाको सामूहिक बैठक गराएर नेपालमा सम्भावित सत्ता कब्जाबाट बचाउन विकल्प खोज्ने सहमतिको प्रयास भारतले गरिरहेको दाबी गरेको छ। यो खेल प्रारम्भिक चरणमै रहेको पनि स्रोतको दाबी छ। यसलाई पुष्टि गर्नेगरी कोइरालाले अस्ति आइतबार सीमित परिवारजनको उपस्थितिमा भन्नुभयो, 'आफूलाई बचाउन राजाले कोसिस गर्नु स्वाभाविक हो।' उहाँले भारतका तर्फबाट केही महत्त्वपूर्ण विषयमा जनमत संग्रह गरेर मात्र नयाँ संविधान निर्माण गर्न दबाब आइरहेको पनि बताउनुभएको थियो। हिन्दु राष्ट्र, संघीयताजस्ता विषयमा जनमत संग्रह गर्नु राम्रो हुन्छ भन्ने दबाब आउनुमा राजसंस्थाका विषयमा पनि विचार गर है! भन्न खोजेको आभाष कोइरालाले पाउनुभएको छ। राजा र कांग्रेसबीच बिरामीको बाहानामा पहिलो चरणको वार्ता गराएपछि मात्र अरूलाई सामेल गराउने कि भन्नेबारे पनि छलफल भइरहेको विश्वस्त स्रोतले दाबी गरेको छ। कोइराला उताबाट संकेत आएपछि आफ्ना निजी चिकित्सकलाई सिफारिस गर्न लगाएर त्यसतर्फ उड्नुहुनेछ। यसो भएमा पूर्वराजाको भारत बसाइ अझै केही दिन लम्बिन सक्ने बताइएको छ। कोइरालाले माओवादी सरकारलाई ढाल्छौँ भन्दै थर्काए पनि वैधानिक बाटो खोज्नुबाहेक अर्को उपाय नभएको आइतबारे ब्रेकफास्ट बैठकमा बताउनुभएको थियो। स्वास्थ्यका हिसाबको कोइराला यतिवेला निकै दुरुस्त देखिनुभएको छ। डाक्टरहरूले विज्ञानलाई पनि उहाँले चुनौती दिएको बताएर उहाँको हौसला बढाइरहेका छन्, कोइरालानिकट स्रोतले बतायो।
सभापति कोइरालाले आफ्नै केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काले सशस्त्र जत्था बनाएकोबारे आफूलाई माओवादीका तर्फबाट कम्प्लेन आएको बताउनुभएको थियो। उनले हतियारधारी जत्था बनाएका रहेछन् भनेर मलाई माओवादीले भनेका छन्, कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'मैले खुमबहादुरलाई सोध्दा आत्मरक्षाका लागि बनाएको हुँ, भन्छन्।'
कुराकानी लम्बिँदै जाँदा कोइराला निवासमा खड्काले भारतको नौतुनामा घर किनेको र उतै बसेर सशस्त्र समूह बनाई तालिमसमेत दिलाएकोबारे चर्चा भएको थियो। कोइरालाले माओवादीको आक्रमणबाट बच्न हरेक नेताले डिफेन्स लिनुपर्ने बताउनुभएको थियो। उहाँले एकपटक जुधेर माओवादीलाई गाउँ–गाउँबाट लखेट्न सके मात्र राजनीति सन्तुलनमा आउने, नत्र खेदिएको खेदियै हुने धारणा राख्नुभएको थियो।



अनिश्चितकालीन बन्दका कारण तर्राईको जनजीवन झन कष्टकर

थरुहट संर्घष्ा समितिको अनिश्चितकालीन बन्दका कारण तर्राईको जनजीवन झन कष्टकर बन्दै गएको छ । समितिका कार्यकर्ताले गाडी चल्न दिएका छैनन् । सरकारले थारु समूदायलाई मधेशी कोटामा राखेको भन्दै थरुहट संर्घष्ा समितिले आन्दोलन गरिरहेको छ । सरकारले मधेशी अर्न्तर्गत पर्ने जाति जनजातिहरुको सुची छलफल पछि मात्रै घोषणा गर्ने प्रतिवद्धता जनाएपनि संर्घष्ा समितिले सरकारले ल्याएको समावेशीकरण सम्बन्धी अध्यादेश फिर्ता गर्नुपर्ने माग गरेको छ । थ्ारुहट र्सर्ंघष समितिले आन्दोलनका कारण तर्राईका २२ जिल्लामा यातायात, बजार, शिक्षण संस्था बन्द छन् । यसैबीच थरुहट कार्यकर्ता र मधेशी मधेशी जनअधिकार फोरमका कायर्कर्ताबीच झडपको संभावना बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सिरहाको लहान क्षेत्रमा अहिले १२ बजे देखि अनिश्चितकालीन कफर््य लगाएको छ । थरुहटको बन्दका कारण दाङको पश्चिम क्षेत्रमा जनमत संकलनको काम स्थगित भएको छ । अनिश्चितकाल सम्मका लागि बन्द आहृवान गरेकाले सहज वातावरण नहुँदासम्म सुझाव संकलन कार्य अनि्श्िचतकाल लागि स्थगित गरिएको सभाषद शिबराज गौतमले जानकारी दिनुभयो । केन्द्रबाट अर्को निर्देशन आए पछि मात्रै अफूहरुले के गर्ने भन्ने निश्चित हुने सभाषद गौतमले जानकारि दिनुभयो । दाङको पश्चिम क्षेत्रमा सभाषद् नीलाम्बर आचार्य, शिवराज गौतम र सुष्मा शर्मा घिमिरे खटिनु भएको छ । दाङको पर्ूर्वी क्षेत्रमा खटिएको सभाषदको टोली भने आज लोहारपानी जाँदैछ । यस्तै थारु कल्याणकारी सभाले गरेको बन्दका कारण मोरङ्गका विद्यालयमा सञ्चालित वाषिर्क परीक्षा प्रभावित भएको छ । निजी विद्यालयमा आजदेखि सुरु गर्ने भनिएको कक्षा ८ को जिल्लास्तरीय परीक्षा स्थगित भएको छ । त्यस्तै, सरकारी विद्यालयमा सञ्चालित परीक्षा पनि प्रभावित भएको छ । बन्दको चौथो दिन आज पनि विराटनगर क्ष्ँेत्रमा ठूला सवारी साधनहरु चलेका छैनन् । यस्तै जनमत संकलन गर्न झापा पुगेको संविधान सभाका सदस्यहरुको टोलीलाई अवरोध गर्ने पल्लो किराँत लिम्बुवानका चार कार्यकर्तालाई प्रहरीले पक्रेको छ । पल्लो किंराँतका कार्यकर्ता धीरेन र्राई, अमर लिम्बु, निवाङ्ग याक्थुम्बा र बिमल र्राईलाई दमक प्रहरीले पक्रेको हो । अरुण पर्ूवका ९ जिल्लालाई स्वतन्त्र लिम्बुवान राष्ट्रको दाबी गर्दै आएको पल्लो किंरातले संविधान सभाका सदस्यहरु गैरकानुनी ढंगले लिम्बुवान छिरेको भन्दै सुझाव संकलन गर्न रोकेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक