20090419

पूर्वराजा ज्ञानेन्द्रको जस्तै हालत गराउने चेतावनी

एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश' ले प्रतिक्रियावादी शक्तिहरूले पर्दा पछाडि बसेर नयाँ संविधान लेख्न नदिने र सरकार ढाल्ने खेल खेलिरहेको भन्दै त्यस्ता षड्यन्त्रकारी शक्तिलाई नेपाली जनताले पहिचान गरी तिनको हालत पनि पूर्वराजा ज्ञानेन्द्रको जस्तै गराउने चेतावनी दिनुभएको छ।
सो दलसँग आवद्ध गणतान्त्रिक सम्पर्क मञ्चको एकतासभालाई आज यहाँ सम्बोधन गर्दै नेता प्रकाशले जनताको पक्षमा संविधान बन्ने देखेर देशी विदेशी शक्तिहरू संविधान निर्माण प्रक्रियालाई अवरुद्ध पार्न लागिपरेकोले त्यसप्रति सच्चा गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो। एकीकृत नेकपा माओवादी राष्ट्रिय सहमतिका आधारमै अघि बढ्न चाहेको तर नेपाली काङ्ग्रेस र नेकपा (एमालें) नै सहमति तोडेको बताउँदै सहमतिको आधारबाट वर्तमान सरकारकै नेतृत्वमा नयाँ संविधान बनाउनुको अर्को विकल्प नभएको पनि स्पष्ट गर्नुभयो।
जनसेनालाई नेपाली सेनामा समायोजन गरी नयाँ राष्ट्रिय सेना बनाउने सम्बन्धमा शान्ति सम्झौता एवम् नेपालको अन्तरिम संविधानमा उल्लेख भइसकेकाले जतिसक्दो चाँडो सेना समायोजन गरिने नेता प्रकाशले बताउनुभयो।
एकीकृत नेकपा माओवादीले परम्परावादी गणतन्त्र नभई जनताको गणतन्त्र स्थापना गर्न चाहेको र यसमा कुनै सम्झौता नहुने पनि उहाँले स्पष्ट गर्नुभयो। सो दलका सचिवालय सदस्य एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले नेपाली जनताको महान बलिदानबाट प्राप्त गणतन्त्रलाई कसरी संस्थागत गर्ने भन्नेबारेमा गणतान्त्रिक मञ्चले राष्ट्रव्यापी बहस चलाउनुपर्ने र जनपक्षीय निर्णयलाई अघि ल्याउनुपर्ने धारणा राख्नुभयो। माओवादीले अघि सारेको गणतन्त्र बुर्जुवा प्रकृतिको र परम्परागत ढर्राको नभई जनपक्षीय रहेको बताउँदै नयाँ संविधानको निर्माणमार्फत शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र वास्तविक गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी वर्तमान सरकारका काँधमा रहेको मन्त्री महराले स्पष्ट गर्नुभयो।

एकैछिन धितमरुन्जेल हांस्नेकी !




देशलाई सँघीयता का नाममा बिखन्डन गर्न पाइदैन भन्दै राष्ट्रिय जनमोर्चाले काठमाडौं मा यसरी खबर्दारी गरेको छ ।






इलामको मावु गाविसमा तीन जनाको हत्या !

इलामको मावु गाविसमा तीन जनाको हत्या भएको छ । मावु ७ का ८३ वषर्ीय मोतिवहादुर गुरुङ, मावु ६ का ७२ वषर्ीय गञ्जबहादुर गुरुङ र ४२ बषर्ीया पर्ूण्ा कुमारीको नचिनेका मान्छेको समूहले हत्या गरेको प्रहरीले जनाएको छ । उनीहरुको मोतीबहादुर गुरुङकै घरमा धारिलो हतियारले हत्या गरेको अवस्थामा तीन शव आज बिहान फेला पारेको सहकर्मी रोशन साँवाले जनाएका छन । गञ्जबहादुर मोतीबहादुरको घरमा पाहुना लाग्न गएको र मोतीबहादुरकै घरमा पर्ूण्ा कुमारी गुरुङपनि बस्दै आएको स्थानियबासिन्दाले बताएका छन् । तीनै जनाको शव बिहान फेला परेपछि थप अनुशंन्धानका लागि अहिले प्रहरी टोली मावु गएको छ ।


युवकको हत्या

जनकपुरमा शुक्रबार अपरान्ह अज्ञात समूहले एक युवकको हत्या गरेको छ । छिन्नमस्ता डिष्टिलरी नजिकै अपरान्ह १२ बजे तिर उक्त समूहले चलाएको गोली लागेर ३० वर्षीय सुरज महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थल मै मृत्यु भएको थियो ।



गृहमन्त्री गौतमले पोखरामा धान रोपेर धान बचाउ अभियानको सुरुवात

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सत्ता साझेदार दलका भ्रातृ संगठनहरुले नियम विपरित काम गरेको आरोप लगाउनु भएको छ । दलहरुको भ्रातृ संगठनको कामका कारण देशको शान्ति सुरक्षा नै अस्तव्यस्त बनेको उहाँको भनाई छ । एमाले निकट अखिल नेपाल किसान महासंघले आजदेखि शुरु गरेको धान बचाऊ अभियान उद्घाटन गर्न पोखरा पुगेका गृहमन्त्री गौतमले देशमा दिगो शान्ति स्थापनाका लागि भ्रातृ संगठनको अराजक कामलाई पार्टर्ीी रोक्नुपर्नेमा जोड दिनुभयो । देशमा अझै पनि आर्थिक सामन्तवाद कायम रहेकाले कृषि क्रान्ति आवश्यक रहेको गौतमको भनाई छ । गृहमन्त्री गौतमले पोखरा १५ को टुटंुगामा धान रोपेर धान बचाउ अभियानको सुरुवात गर्नुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक