20090519

श्रीलंका र इराकबाट माओवादीले बुझ्नु जरुरी छ, साबधान प्रचन्ड ! तिमी पनि सद्दाम र प्रभाकरणको बाटो नहिँड !!!

अरुलाई मार्ने डर लाग्दा मान्छेको मृत्‍यु पनि डरलाग्दै तबरबाट हुन्छ यो बिस्व इतिहाँस हेर्दा स्पस्ट हुन्छ । आतंक को बिजय सन्सारमा कही भएको छैन भएपनी थोरै समयकालागी भएको छ , अन्तत आतंकबादले हारेकै छ तानासाहा हरु हारेकै छन । प्रभाकरण सेनाद्वारा मारिनु पर्‍यो, सद्दाम अन्तत फासिमा लड्किएर मर्नुपर्‍यो यो पनि प्रचन्डले भुल्नु हुँदैन

हतियार, छापामार, गोला बारुद, आतंक, हजारौँ जनता र सेना प्रहरी को हत्या, अन्याय अत्याचार, चन्दा , जबर्जस्ती , कब्जा , लुटपाटले मात्र टिकिरहन सकिदो रहेनछ भन्ने कुरा श्रीलंकाबाट माओवादीले बुझ्नु जरुरी छ । सद्दाम ले ९६ % भोट ल्याएर इराकमा चुनाबमा जित्थे, उनको बिरुध्ह बोल्ने लाई माओवादीले नेपालमा झै गर्थे तर सद्दाम अन्तत फासिमा लड्किएर मर्नुपर्‍यो यो पनि प्रचन्ड ले भुल्नु हुँदैन भन्ने बिस्लेसकहरु को बिस्लेसण नेपालका हकमा स्मरण योग्य छ । नेपालमा माओवादीले जेजे गरिरहेका छन श्रीलंकामा त्यही त्यही गरेर ५० हजार मान्छे मारिसकेको आतंककारी जमातका नाइके प्रभाकरण् सेना द्वारा मारिएका छन र त्यहा उनको सारा जमात आत्मसमर्पण् गरेर हतियार बुझाएर सान्तिमा फर्केका छन । २६ बर्ष सम्मा आतंक मच्याएर जनता सताएका उनिहरुको अबसान बाट नेपालमा माओवादीले पनि पाठ सिकेन भने भोली माओवादीले त्यही हबिगत ब्योहोर्न पर्ने निस्चित छ भन्छन राजनीतिक बिस्लेकहरु । लिबरेशन टाइगर्स अफ तमिल इलम (लिट्टे)का प्रमुख भेल्लुपिलाई प्रभाकरण सोमबार बिहान मारिएको श्रीलंकाली सेनाले जनाएको छ। युद्ध क्षेत्रबाट एम्बुलेन्स चढी भाग्ने कोसिस गरिरहेका प्रभाकरण मारिएको त्यहाँको सरकारी टेलिभिजनले बताएको छ। सेनाले तमिल पृथतावादी विरुद्धको युद्ध जितेको घोषणा पनि सोमबार गरेको छ। यसअघि राष्ट्रपति महिन्दा राजापाक्षेले आइतबार दशकौँ लामो गृहयुद्धमा सरकार विजयी भएको घोषणा गरेका थिए। सेनाले सन् १९८३ पछि सो द्वीपको सम्पूर्ण भूभाग आफ्नो नियन्त्रणमा आएको बताएको छ। लिट्टेका गुप्तचर प्रमुख पोट्टु अम्मान र तमिल नौसेना सी टाइगर्सका प्रमुख सोसाइको समेत मारिएको विश्वास गरिएको छ। प्रभाकरणले लिट्टेमा आत्मसमर्पण गर्ने भन्दा आत्महत्याको संस्कृति भित्र्याएका थिए। उनले कहिले पनि आफूलाई जिउँदै पक्रन नदिने कसम खाएका थिए। सेनाका कमाण्डर लेफ्टिनेन्ट जनरल साराथ फोन्सेकाले तीन वर्षअघि राष्ट्रपति महिन्दा राजापाक्षेले सेनालाई दिएको जिम्मेवारी सोमबार बिहान पूरा गरेको बताएका छन्। 'हामीले उत्तरी क्षेत्र आतंकवादीबाट मुक्त गरेर सम्पूर्ण देशलाई मुक्त पारेका छौ। हामीले लिट्टेको नियन्त्रणमा रहेको सम्पूर्ण भूभागमाथि नियन्त्रण प्राप्त गरेका छौ। राष्ट्रिय टेलिभिजनमा फोन्सेकाले घोषणा गरे। अन्तिम चरणको संघर्ष हिन्द महासागरको उत्तर पूर्वी तटीय क्षेत्र नजिकैको ३ सय वर्ग मिटरको क्षेत्रमा भएको थियो। अन्तिम समयसम्म संघर्ष गरिरहेका लडाकुहरुले बंकर बाहिर निस्केर आफूसँग भएको बारुदी सुरुङ र अस्त्रहरु बुझाई आत्मसमर्पण गरेको बताएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक