20100227

बाँकेमा एक जनाको दिउँसै हत्या 
 बाँकेमा एक जना को दिउँसै हत्या भएको छ। गनापुर-३ निवासी ६० वर्षीय रामखेलावन सोनखरको शुक्रबार दिउँसो १ बजे हत्या भएको हो। छोरीसँग हिँडिरहेका सोनखरलाई ३ जनाको समूहमा आएका व्यक्तिहरूले लुटपाटका गर्नुका साथै सांघातिक आक्रमण गर्दा उनको मृत्यु भएको हो। मनिकापुर-९ मा सोनखरको हत्या भएको हो। लुटेराले एउटा सुनको फुली र ६ हजार रुपियाँसमेत लुटेको पीडितले बताएका छन्। बाँके प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको नाम प्रहरीले गोप्य राखेको छ। प्रहरी प्रवक्ता डीएसपी राजकुमार बैदावरले अन्य अभियुक्तहरूको खोजी भइरहेको जानकारी दिए। जिल्ला, कोहलपुर इप्रका र गनापुरचौकीबाट खटिएको ठूलो संख्याका प्रहरीले अभियुक्तहरूको खोजी गरिरहेको छ।
 माओवादीको नेतृत्वमा सरकार अनिवार्य सर्त !
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएको समयमा संविधान जारी गर्न माओवादीको नेतृत्वमा सरकार अनिवार्य सर्त भएको बताउनुभएको छ। ‘विदेशको इसारामा चल्नेहरूले नेतृत्व गरेको सरकारले जनताको भावनाअनुसारको संविधान जारी गर्न सक्दैन’, उहाँले भन्नुभयो- ‘समयमा नै संविधान निर्माण गर्न र शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउन माओवादीको सरकार अनिर्वाय सर्त हो।’...


जुनसुकै मूल्य चुकाएर पनि समयमै संविधान निर्माण र शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउन माओवादी लागिपर्ने बताउँदै अध्यक्ष प्रचण्डले त्यसविरुद्ध षड्यन्त्र भएमा अन्तिम संर्घषका लागि तयार रहनुपर्ने अवस्था आएको दाबी गर्नुभयो। शुक्रबार पोखरामा शहीद स्मृति आवासीय प्राथमिक विद्यालयको उद्घाटन गर्दै प्रचण्डले संविधान निर्माण गर्न नदिनेहरूको षड्यन्त्रलाई असफल पार्न कान ठाडो र आँखा तिखो पारेर बस्नुपर्ने बेला आएको बताउनुभयो। प्रचण्डले संविधानसभा र शान्तिप्रक्रियाविरुद्ध षड्यन्त्र भइरहृयो भने विद्रोह गर्ने जनताको अधिकार सुरक्षित रहेको समेत बताउनुभयो।

यदि संविधान बन्न नदिने र शान्तिप्रक्रियालाई बिथोल्न खोजियो भने ‘रहलपहल प्रतिक्रियावादीहरू’ सखाप हुने चेतावनी दिनुभयो। ‘विदेशीको इसारामा माओवादीलाई एक्लो पारिन्छ भने’, अध्यक्ष प्रचण्डले भन्नुभयो- ‘जाली फटाहाविरुद्ध अन्तिम धक्का दिनैपर्ने हुन्छ।’ अध्यक्ष प्रचण्डले संविधानसभाको भ्रुणको नै हत्या गर्नेहरूले अहिले संविधानसभाको पक्षमा ठूला कुरा गरेर जनतामा भ्रम फैलाएको समेत बताउनुभयो।

केही शक्तिले अहिले पनि संविधानसभा विघटन गरेर, बाहिरबाट संविधान ल्याउन षड्यन्त्र गरिरहेको दाबी गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता हर्कतहरूलाई माओवादीले असफल पार्ने बताउनुभयो।

१० वर्षको जनयुद्धकालमा संविधानसभाका लागि लड्ने शक्ति र त्यत्ति बेला संविधानसभाको माग गर्दा संकटकाल लगाएर विरोधमा उत्रनेहरूबीच फेरि लडाइँ शुरू भएको छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो- ‘संविधानसभा नै नचानेहरूले अहिले समयमै संविधान बन्नुपर्छ भनेर चर्का कुरा गर्नुजस्तो पाखण्डीपनबाहेक अरू केही हुँदैन।’ उहाँले राजनीतिक निकासका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रमा फागुन १८ गतेदेखि घनीभूत छलफल हुने बताउनुभयो। प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्रमा देखिएका विवादको प्याकेजमै सहमवति खोज्नुपर्ने कुरामा समेत जोड दिनुभयो। विवाद देखिएका विषयलाई एक/एक गरेर सहमति खोज्दा त्यो पूरा नहुने भएकाले प्याकेजमै सहमति खोज्ने सहमति भएको उहाँले जानकारी दिनुभयो।   प्रचण्डले बर्तमान सरकार र यसमा सहभागी दल एकिकृत माओवादीसँग भिडन्त गर्न लागेको बताउनु भएको छ। ‘समयमै सँविधान निर्माणका लागि हैन शान्ति प्रक्रिया बिथोल्ने षडेन्त्रमा लागेका छन्,’ प्रचण्डले भन्नुभयो -’ कुनै न कुनै तरिकाले बिथोल्ने षडेन्त्र भएको छ यसका बिरुद्व लड्न तयार छौँ।’ सो कुरा अध्यक्ष प्रचण्डले तनहुँको सदरमुकाम दमौलीमा निमार्ण सारिएको शहिद स्मृती गेटको शुक्रबार उट्घाटन कार्यक्रमको अवसरमा बताउनु भएको हो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक