20100513

प्रचन्डलाई गुल्ट्याइदिने पूर्व प्रधानसेनापती रुकमाँगत कटवालको अमेरिका भ्रमण् र अन्तरक्रिया !

अमेरिकामा यसरी गर्जिए अबकाश प्राप्त प्रधानसेनापती रुकमांगत कटवाल !
नेपाल अमेरिका पत्रकार संघको आयोजनामा अमेरिकाको भर्जिनिया मा आयोजित अन्तर्कृया कार्यक्रममा अबकाश प्राप्त प्रधानसेनापती रुकमांगत कटवालले फेरी खुलेरै नेपालमा भैरहेका माओवादी गतिबिधी प्रती असन्तोष मात्र जनाएनन उनले हतियार राज्यलाई बुझाउन र हिंसा त्याग्न आग्रहगरे । के के भने कटवालले हेर्नुस् भिडियो क्रमस: 
 पूर्व प्रधानसेनापति रुकमांगत कटवालले राजनीतिक पार्टीहरुले आम जनताको चाहाना र भावना अनुसार कामगर्न नसकेको भन्दै संघीयताका कारण देश टुक्रिन सक्ने बताएका छन् । अमेरिकामा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले देशको राजनीतिक अवस्थाका बारेमा कडा टिप्पणी गरेका थिए । उनले राजनीतिक पार्टीहरले जनताको नाममा ठगी गरेको आरोप पनि लगाए । उनले भने –नेपाली जनताहरुको घरमा विजुली छैन, धारामा पानी छैन ,सडक छैन, स्कुल तथा क्यम्पसहरु बन्द भइरहेका छन तर नेताहरुलाई कुनै वास्ता छैन । अहिले कै राजनीतिक प्रक्रियाबाट जाने हो भने पाँच वर्ष म्याद थप गर्दा पनि संविधान नबन्ने उनले दावी गरे । आफूलाई सेनापतिबाट बर्खास्त गर्ने सरकारको प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीको सरकारको निर्णय पूर्ण रुपमा गैर संवैधानिक भएको बताउँदै उनले आफ्नो कदम सही भएको दावी गरे। उनले भने –कुनै पनि सैनिकलाई त्यसरी कानुन विपरित हटाउन मिल्दैन ।
















नेपालमा विधिको शासन कायम हुन नसकेको पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको टिप्पणी

'नेपालमा गणतन्त्र स्थापनाको अर्थ अर्को सर्वसत्तावाद लाद्न होइन '
क्यालिफोर्निया । नेपाली सेनाका पूर्व प्रधानसेनापति तथा सङ्क्रमणकालीन राजनीतिका प्रभावशाली व्यक्ति रुक्माङ्गद कटवालले राजनीतिमा आउने आफ्नो कुनै योजना नभएको उद्घोष गर्नुभएको छ । मदरल्याण्ड नेपालको आयोजनामा मंगलबार अमेरिकाको सन्ाप्रुा_िन्सस्कोमा स्थानीय नेपाली समाजका बीच भएको अन्तरकि्रया कार्यक्रममा कटवालले सो उद्घोष गर्नुभएको हो । ुम सैनिक भएर राष्ट्र र राष्ट्रियताप्रति समर्पित
भएको व्यक्ति हुँ मेरो अनुभवमा मुलुकको सेवा गर्ने केही विधि त छन् तर राजनीति गर्ने अभ्यास छैन । त्यसैले म राजनीतिमा आउँदिनु कटवालले भन्नुभयो- देशको सेवा गर्न राजनीतिमै प्रवेश गर्नुपर्छ भन्ने कुरामा मेरो विश्वास पनि छैन । कटवालले नेपालमा विधिको शासन कायम हुन नसकेको टिप्पणी गर्दै एकीकृत नेकपा
माओवादीका नेता तथा कार्यकर्तालाई एक प्रकारको नियम र अरु जनतालाई भिन्न प्रकारको नियम लागू हुने गरेको जानकारी गराउँदै चिन्ता प्रकट गर्नुभयो । कोही अरुको गाडी लुटेर चढिरहेका छन् जनताको जमिन खोसेर जोतिरहेका छन् अरुको निजी सम्पत्ति नियन्त्रणमा लिएर मनपरी गरेका छन् र पनि कानुनले छुन सकिरहेको छैन भने कोही निसहाय बनेर न्यायका लागि चिच्याइरहेका छन् सुनुवाई भैरहेको छैनु पूर्व प्रधान सेनापतिका शव्दहरु थिए ।

An interaction with Former Army Chief Rookmangad Katwal in San Francisco from Soniya KC on Vimeo.
हतियार हातमा छ भन्दैमा मनपरी गर्नेहो र नेपाली सेना र प्रहरीले पनि त्यसैगरी लुटपाट मचाउने होभने परिणाम के होला भन्ने प्रश्न गर्ने कटवाल क्यालिफोर्निया क्षेत्रमा रहेका सबै विचारको प्रतिनिधित्व गर्ने बुद्धिजीवीहरुका प्रश्नको उत्तर दिइरहनु भएको थियो । सनप्रु_िन्सस्कोस्थित ओम मण्डलामा सम्पन्न अन्तरकि्रयामा उपस्थित एक सयभन्दा बढी सहभागीका दर्जनौं प्रश्नहरुमध्ये अधिकांश प्रश्न सामान्य रहेपनि केही आलोचनात्मक र आक्रामक पनि थिए । नेपालको भविष्य उज्वल बनाउन युगीन नेताको आवश्यकता महसुस गर्ने कटवालले पुराना मात्र होइन नयाँ अनुहारमा पनि मैले आजसम्म त्यस प्रकारको सम्भावना देखिनँ भनेर निराशा प्रकट गर्नुभएको थियॊ ।

कटुवालले ७३ बर्षको प्रयोगले कम्यनिष्ठ नीति पूर्ण असफल भएको बताउँदै नेपालमा यसविरुद्ध विचारको लडाईँ भईरहेको बताएका छन्। 'नेपालमा गणतन्त्र स्थापनाको अर्थ अर्को सर्वसत्तावाद लाद्न होइन ', उनले भने। क्यालिफोर्नियाको सान फ्रान्ससिस्कोमा आज विभिन्न नेपाली संघसंस्थाले आयोजना गरेको कार्यक्रममा कटुवालले भने, 'यसैका लागि सेनाले सेनापति अवकास दिने कानुन विपरितको आदेश नमानेका हो।'
 करिब २ घण्टा बोलेका कटुवालले अधिकांश समय राजनीतिक विषयमा टिकाटिप्पणी गरेका थिए। विशेषगरी माओवादी पार्टीका नीति र कम्युनिष्टप्रति उनी आक्रमक रुपमा प्रस्तुत भएका थिए। उनले भविष्यमा राजनीतिमा जान सक्ने संभावनालाई इन्कार गरेनन्। माओवादीका नेताहरु भूमिगत जीवन छाडेर बालुवाटारमा सार्वजनिक भई नेपाली सेनालाई तथानाम गाली गर्दा, टुडिँखेलमा कुर्लिँदा कसैले बचाई नगरेको गुनासो उनले गरे। 'सेनासँग पनि यसको जवाफ दिने ताकत थियो तर, नेपाली जनताको शान्तिप्रतिको उच्च चाहनालाई सम्मान गर्दै सेनाले सहेर बस्यो', कटुवालले भने। सेना जहिले पनि जनताका प्रतिनिधिले बनाएको कानुननियम अर्न्तगत प्रजातन्त्रिक भावना अनुसार चलेको कटुवालले दावी गरे। 'द्वन्द्वको बेला पनि माओवादीलाई मार्नु नभई निशस्त्र बनाएर बार्तामा ल्याउने सेनाको मुख्य उद्देश्य थियो', कुटवालले भने, 'सेनाले माओवादीसँग लडेको थिएन, प्रतिकार मात्र गरेको थियो।' हतियार प्रयोग गर्ने अधिकार राज्यको निकाय बाहेक अरुलाई नहुने तर्क राख्दै कटुवालले हतियार नबुझाई शान्ति सम्झौता र निर्वाचनमा जानु गल्ती भएको जनाए। पूर्व सेनापति कटुवालले अमेरिकामा सार्वजनिक रुपमा नेपालीले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गरेको यो तेस्रो हो। 
अन्तरकि्रया सफल बनाउन उत्तरी क्यालिफोर्नियाका नेपालीहरुको छाता संस्था न्यान्सी एनएजिसी ह्वाइट जोन किराँत-राई क्यालिफोर्निया गुरुङ समाज सन्नी समाज बर्कीस्थित टेस्ट अफ हिमालय र यती रेष्टुरेन्ट सोनमाले आर्थिक तथा भौतिक सहयोग गर्नुका साथै मानवीय सहयोगमा पनि सकि्रयता देखाएका थिए र उक्त कार्यक्रम सफल पार्न मदर लैंड नेपाल का दिनेश पोख्रेल सज्जन पाण्डे नारायण बस्नेत ,बिनोद तिवारी र एनएजिसी का मणि नेपाली ले कडा मेहेनेत गर्नु भयको थियो, धनप्रसाद दवाडीको सभापतित्वमा सम्पन्न अन्तरकि्रयामा डा। आमोद पोखरेलले बे-एरिया क्षेत्रको इतिहास पिएचडीका विद्यार्थी विश्व पोखरेलले नेपाल सेनाको इतिहास न्यान्सीका अध्यक्ष यान राईले प्रवासमा रहेका नेपालीको स्थिति र कानुन व्यवसायी यज्ञप्रसाद नेपालले अमेरिकामा रहेका नेपालीको कानुनी अवस्थाका बारेमा प्रकाश पार्नुभएको थियो । आयोजक संस्थाका अध्यक्ष अनिल पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको अन्तरकि्रया कार्यक्रमको साचालन दिनेश पोखरेलले गर्नुभएको थियो ।
- for more news and videos about Mr. Rukmangat Katawal Please click this link

A Historic Interview with Former Chief of Nepal Army, Mr. Rukamangat Katawal



















A Interview with Former Chief of Nepal Army, Mr. Rukamangat Katawalwith BBC

















प्रधानसेनापती बाट अबकास पाएपछी आफ्नो बिदाइ समारोहमा कटवालले यसरी आफ्नो तितो पोखेका थिए जुन राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा समेत् चर्चित भएको थियो हेर्नुस भिडियो












न्यू योर्कमा रुक्माङद कटवालले प्रधानमन्त्री "छबिलाल" उर्फ "प्रचन्ड" को दोहोलो यसरी काढे !!!


न्यू योर्क-  न्यू योर्क बासी नेपालीले सोचेका थिए होलान आर्मी को जर्नेल रुकमाङद कटवाल केबल आर्मी त हो तर जतिखेर उनी प्रश्न का उत्तर दिन्थे बुझक्कड मै हुँ भन्ने नेपाली को दिमाग घुम्थ्यो अर्थात उनी त्यती गहिराइमा पुगेर राजनीतिक कुराको बिस्लेसण र लेखाजोखा गर्थे, हुन त पहिलो पटक कटवालको भासण् सुन्ने त उनका कुरा सुन्दा आँखा चिम्लिन समेत् बिर्सेंको देखिन्थ्यो, न्यू योर्क का एक नेपाली प्रोफेसर ले नेपाल मदर सँग भने "कटवाल चान्ने चुन्ने ब्यक्ती होइनन भन्ने कुरा मा म अब अलमल छैन, नेपालको एउटा ज्युंदो सपुत रहेछ, कटवाल जत्तिको गहिराइ भएको कुनै नेता पनि मैले कुनै पार्टिमा देखिन, त्यसै प्रचन्डलाई सुताइदिएको रहेनछ यो मान्छेले, नेपाल र नेपाली प्रतिको उसको लागाब देख्दा म तीन छक परेँ, यो मान्छे ले केही गर्छ राष्ट्रका लागि, म अलिकती आशाबादी भएको छु उनिबाट"  ...........                
नेपाली सेनाका निबर्तमान प्रमुख रुक्माङद कटवाल साँच्चिकै कुर्लने सेनापति रहेछन्। यो कुरो न्यू योर्कको कुइन्सस्थित हिमालयन याक रेस्टुरेन्टमा आइतबार दिउँसो भएको गरमागर्मी अन्तर्कृया कार्यक्रममा उनले कड्किएर गरेको खरो भाषाणले प्रमाणित गरेको छ।

गणतान्त्रिक नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ "प्रचन्ड" लाई "प्रधानमन्त्री छबिलालजी" नामबाट सम्बोधन गरी प्रचन्डको खिल्ली उडाउँदा अन्तर्कृयामा उपस्थित केही श्रोताहरुलाई नेपालको को प्रधानमन्त्री रहेछ भनेर अलमल्ल पार्न सफल भएका नेपाली सेनाका निबर्तमान प्रमुख रुक्माङद कटवालले अर्को एक प्रसंगमा प्रचन्डको शक्तिखोरको भिडियो कान्डको खुलासा गर्दै जनरल कटवालले पूर्व प्रधानमन्त्री प्रचन्डलाई ठाडो भाषामा भने- "त्यो भिडियो हेर्नुस्, उस्ले भन्या छ, मैले दन्त्य कथा बना" हैन। त्यहाँ भन्या छ- त्यो कटवाल, त्यो कटवालले बुझ्या छ। मेरो नाम ल्या"छ त्यो भिडियोमा।"

Former Nepal Army Chief Rookmangud Katawal with Nepalese Democratic Youth Council (NDYC USA) President Pramod Sitaula.. Photos: eEyeCam.com
उसो त उनले आफु माओवादीको बिरोधी नभएको बताउन नभुलेका उनले तर माओवादिको सिद्धान्त संसारबाट लोप भईसकेको भन्न पछि परेनन्।

कटवालले नेपाली सेनाको बिगतका काम कार्यबाहीका बचाउ मात्र गरेनन् बल्की नेपाली सेनाले ब्यारेक भित्र मारेको भनिएकी किशोरि मैना सुनुवारको बिषयमा बोल्दा सेनाले ब्यारेकमा मार्दै नमारेको दाबीसमेत गरे।

Participants at the interaction program in New York. Photos: eEyeCam.com
उक्त कार्यक्रमको अडियो रेकर्ड सुन्नुहोस्:


अझ उनले नेपाली मानब अधिकारबादीहरु र मिडियाले उक्त हत्यालाई अतिरन्जना गरेको बताउँदै आनी छोयिङको गीत उल्लेख गरे:

"फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार"


उनले गीतको टुक्का भन्नुको अर्थ थियो- घटनालाई एक पक्षिय रुपमा बुझ्नु भएन।

कटवालले यो पनि थपे कि- "लडाईंको बेलामा When hot bullets start flying over your head you do not think of human rights. It's a fact of life हजुर।"

एक घण्टा ४२ मिनट चलेको अन्तर्कृयामा पूर्व सेनापति कटवालले यती धेरै प्रसंगहरु उपर आफ्ना धारणा ब्यक्त गरेका छन् कि यो पङ्क्तिकार अमेरिकि सोसियल फोरमको एक हप्ते भेलामा जाने तजबिजमा लागेको कारण बिना टिप्पणी उक्त अन्तर्कृया कार्यक्रमको पूर्ण अडियो रेकर्ड र केही भिडियो अर्काइभ पेश गर्न बिबश भएकोछ।


-Pradeep Thapa Magar in New York. 



Former Nepal Army Chief Rookmangud Katawal in New York on June 20, 2010. Photos: eEyeCam.com



Nepalese Democratic Youth Council (NDYC USA) President Pramod Sitaula. Photos: eEyeCam.com



Dr. Gobinda Koirala. Photos: eEyeCam.com



Lawyer Durga Bhurtel. Photos: eEyeCam.com





Former Nepal Army Chief Rookmangud Katawal in New York on June 20, 2010. Photos: eEyeCam.com









Emcee and NDYC USA VP Bishnu Subedi. Photos: eEyeCam.com



Human Rights Activist Dhaniram Sapkota. Photos: eEyeCam.com



Langhali Association USA Secretary Manbahadur Rana Magar.



Former Nepal Army Chief Katawal receiving khada from Pemba Sherpa Yolmo, President of Holmo Society of America. Photos: eEyeCam.com



Former Nepal Army Chief Katawal with FIPNA General Secretary Aditya Maharjan. Photos: eEyeCam.com






Former Nepal Army Chief Katawal receiving khada from USNepalOnline.com contributing photographer Ang Kami Sherpa (PhotoHera.com). Photos: eEyeCam.com



General Katawal with NRN ICC USA Representative and owner of Himalayan Yak Restaurant Sonam Lama. Photos: eEyeCam.com



General Katawal with Nepali Congress USA Representative Mridula Koirala, Dr. Tara Niraula & Sail Upadhyaya. Photos: eEyeCam.com



General Katawal with late Girijaprasad Koirala's niece Sail Upadhya.



General Katawal leaving the interaction venue. Photos: eEyeCam.com / Sources : Pradeep Thapa Magar/ USnepalonline

1 comment:

  1. I'm very pleased & proud to see & read the events taken place to welcome Gen. Katwal in USA. He is a true Nationalist & intelectual person of Nepal. I like all the interaction taken place in different cities with all the Nepalese communities living in USA. Thank you very much.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक