20100627

अर्जेन्टिनाले मेक्सिकोलार्इ ३-१ ले, जर्मनले इगंल्याण्डलार्इ ४-१ ले पराजित

१९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत आर्इतबारराती भएको राती भएको अर्जेन्टिनाले मेक्सिकोलार्इ ३-१ ले पराजित गरेको छ। अर्जेन्टिनाले पहिलो हाफअघि नै लगातार दुई गोल गरी मेक्सिकोलाई दबाबमा राखेको थियो ।खेलको २६ औं मिनेटमा अर्जेन्टिनाका कार्लोस टाभेजले अर्जेन्टिनाको तर्फबाट पहिलो गोल गरेका थिए भने ३३ औं मिनेटमा गोन्जालो हिगुयानले दोस्रो गोल गरेका थिए। त्यस लगत्तै पनि आक्रमक खेल खेलेको अर्जेन्टिनाले  ५२ औं मिनेटमा  कार्लोस टाभेजले अर्जेन्टिनाको तर्फबाट तेस्रो गोल गरे भने ७१ औं मिनेटमा मेक्सिकोका जेभिएर हर्नाण्डेजले मेक्सिकोका लागि सान्त्वना गोल गरेका थिए। अर्जेन्टिनाको दोश्रो चरणको विजयसँगै अब क्वार्टरफाइनलमा अर्जेन्टिनाको भेट जर्मनीसँग......
हुनेछ । त्यसैगरी   आइतबार भएको दोश्रो चरणको खेलमा  इंग्ल्याण्डलाई  हराउँदै जर्मनी अन्तिम आठमा प्रवेश गरेको छ । जर्मनले इगंल्याण्डलार्इ ४-१ ले पराजित गरेको छ। खेलको २० औं मिनेटमा जर्मनीका मिलोस्लाभ क्लोजले  पहिलो गोल गरेका थिए।  जर्मनीकालागि पोडस्कीले खेलको ३२ औं मिनेटमा दोस्रो गोल गरेका थिए।तर लगत्तै खेलको ३७ औं मिनेटमा इगंल्याण्डका उपशनले  गोल प्रहार गरेर इगंल्याण्डलार्इ खेलमा फर्काए। तर लगत्तै ३८ औं मिनेटमा फ्रान्क ल्याम्पार्डले हानेको बल बारमा लागेर गोल भएको थियो। खेलका निर्णायक जोर्गे लारियोन्डा तथा उसका सहायकबाट भएको भुलका कारण इगंल्याण्डले नराम्रो पराजय भोग्नु पर्‍यो। जर्मनीकालागि थोमस मुलरले खेलको ६७ औं मिनेटमा  तेस्रो गोल गरेका थिए। त्यसलगत्तै पनि खेलको ७० औं मिनेटमा थोमस मुलरले जर्मनका लागि चौथो गोल गरेर आफ्नो रेकर्ड राख्न सफल भए।

पोर्चुगलमा 'नेपाल डे' उत्साहपूर्वक सम्पन्न, पोर्चुगिस पर्यटक बढ्ने बिश्वास

-
भीम के सी कमल
लिस्बन, २७ जुन
 गैर आवाशिय नेपाली संघ, पोर्चुगलको आयोजना तथा लिस्बन नगरपालिका एबं नेपाली दुताबास फ्रान्सको सहयोग र पोर्चुगलमा अवस्थित सम्पुर्ण नेपाली संघसंस्था, ब्यबशायी तथा नेपाली जनसमुदायको सकृय सहभागितामा जुन २५ र २६ तारिखका दिन अन्तरराष्ट्रीय साँस्कृतिक मेलाको अवसरमा आयोजना गरिएको 'नेपाल-डे' २०१० पोर्चुगिस नागरिक, पर्यटकहरु तथा आप्रबासी नेपालीहरुको उत्साहपुर्ण सहभागितामा भब्यरुपमा सम्पन्न भएको छ।
पोर्चुगलको राजधानी लिस्बनको केन्द्रमा रहेको अलमेदा पार्कमा सम्पन्न उक्त 'नेपाल-डे' २०१० कार्यक्रममा प्रस्तुत नेपाली भेषभुषा, संस्कृती, कलात्मक सामग्रीहरु, लत्ता कपडा, नेपाली परिकारहरु, नेपालका रमणिय दृष्यहरु समेटिएको भिडियो एबं स्लाइड शो, नेपालको परम्परागत संगित तथा नृत्यहरुले मेलामा आउने सबै आगन्तुकहरुको आकर्षण सहजै बढेको देख्न सकिन्थ्यो।
'नेपाल-डे' २०१० लाइ सफल पार्न नेपाली दुताबास फ्रान्सले पोष्टर, पम्पलेट, सि डि तथा प्रचार सामग्रीहरु उपलब्ध गराएको थियो भने लिस्बन नगरपालिकाले स्टल, मन्च तथा साउण्ड सिस्टम, प्रचार प्रसार ब्यबस्थापनमा सहयोग गरेको थियो।
पोर्चुगलमा रहेका नेपाली रेष्टुरेन्ट ब्यबशायीहरु मकर हमाल (रेष्टुरेन्ट-एभरेष्ट), पुर्ण हमाल (रेष्टुरेन्ट-टेस्ट अफ नेपाल), कुमार श्रेष्ठ (रेष्टुरेन्ट-अन्नपुर्ण), सुर्य हमाल (रेष्टुरेन्ट-एभरेष्ट -सी), मन बहादुर पुर्जा (रेष्टुरेन्ट-माँया), रमेश गुरुङ (रेष्टुरेन्ट-सांग्रीला), बाला बि (रेष्टुरेन्ट-लिटिल नेपाल), हेम सापकोटा (रेष्टुरेन्ट-हिउँचुली)ले स्वादिष्ट नेपाली खाना तयार गरी सौजन्य गरेको सो कार्यक्रममा नेपाली परिकारहरु मन पराइ पोर्चुगिसहरुले नेपाली खाना बारे समेत बिभिन्न जिज्ञासा राखेका थिए।
नेपालका पर्यटकीय स्थल, संस्कृती, परम्परा, नेपाल भ्रमण बर्ष २०११ का बिबिध पक्षहरुका बारेमा कमल गुरुङ, हेमन्त सेढाइ, लक्ष्मी प्रसाद सापकोटा, ज्योती गुरुङ, मकर हमाल, भीम के सी कमल, टिका आचार्य, भानु सापकोटा, पोर्चुगिस नागरिक तथा नेपाल-डे २०१० सफल पार्न पोर्चुगिसहरुद्वारा गठित समितिका सदश्य भिक्टर गोडिन्हो लगायतले आगन्तुकका बिभिन्न प्रश्न तथा जिज्ञासाहरुका बिषयमा जानकारी दिने क्रम निरन्तर रुपमा चलेको थियो।
लिस्बन नगरपालिकाकी कार्यक्रम निर्दिशक सुश्री आना फोर्ट तथा अन्य पोर्चुगिस एबं बिदेशी नागरिक र ठुलो संख्यामा नेपालीहरुले नेपाल पर्यटन बर्ष २०११ तथा एनआरएन पोर्चुगलको लोगो अंकित टीसर्ट लगाएर हिडदा सारा मेला स्थल नै नेपालमय भएको देखिन्थ्यो।
'नेपाल-डे' २०१० लाइ थप आकर्षक र उत्साहजनक बनाउन तमु समाज, नेपाल आदिबासी जनजाती महासंघ, नेपाल मगर संघ, युरोप शेर्पा किदुग, नेवा: पुच, तामाङ समुदाय र एनआरएन पोर्चुगलका महिला तथा पुरुषहरुले आ-आफ्नो परम्परागत पहिरन, गरगहना तथा नेपाली राष्ट्रीय पोशाक लगाइ पालैपालो पाहुनाहरुको स्वागत तथा जानकारी दिने काम गरेका थिए।
कार्यक्रमको अर्को आकर्षणको रूपमा रहेको नेपाली साँस्कृतिक कार्यक्रममा सारङ्गी, बाँसुरी, मादल र झ्याली सम्मिलित सुमधुर नेपाली संगीत प्रस्तुत गरिनुका साथै परम्परागत नेपाली भेषभुषामा सजिएका बालकलाकार हेभीना सेढाइ र शेर्पा समुदायका कलाकारहरु सोनम शेर्पा, पेम्बाछिरी शेर्पा, सेर्की शेर्पा, डाकु शेर्पा, ल्हमु शेर्पा, छिरिङ्मा शेर्पाद्वारा आकर्षक नृत्य देखाइएको थियो। पोर्चुगलमा सुपरिचित सारङ्गी उस्ताद एकिन्द्र हमालको सारङ्गीको धुन,कलाकार सुकुन पुनको मनमोहक बांसुरीको राग, भरत श्रेष्ठ, शङ्कर नेपाली तथा पन्च गुरुङको मादल र झ्यालीको तालमा सयौ पोर्चुगिस तथा नेपालीहरु छमछमी नाच्दै गरेको दृष्यले नेपालको परम्परागत मेला पर्बको झझल्को दिएको थियो।
कार्यक्रमलाइ रोचक, आकर्षक र उत्साहपुर्ण रूपमा सफल बनाउन सहयोग पुर्याउने पोर्चुगलबासी  नेपाली दाजुभाइ दिदिबहिनीहरु, कलाकारहरु, संघसस्थाहरु, ब्यबशायीहरु, संचारकर्मीहरु, नेपाली दुताबास फ्रान्स, लिस्बन नगरपालिका र पोर्चुगिस शुभचिन्तकहरु सबैलाइ गैर आवाशिय नेपाली संघ, पोर्चुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले हार्दिक धन्यबाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत निरन्तर सहयोगको अपेक्षा गर्नु भएको छ।
'नेपाल-डे' २०१०को ब्यबस्थापन तथा समन्वयमा खटेका गैर आवाशिय नेपाली संघका अन्तरराष्ट्रीय समन्वय परिषद सदश्य तथा पोर्चुगल नेपाल मैत्री संघका अध्यक्ष मकर हमालले यो कार्यक्रमको भब्य सफलताबाट आँफु उत्साहित भएको बताउदै आगामी दिनहरुमा समेत यस्तै उपयोगी र फलदायी कार्यक्रम गर्दै जान सके नेपाल पर्यटन बर्ष २०११लाइ ठुलो टेवा पुग्ने र उल्लेख्य मात्रामा पोर्चुगिस पर्यटकहरु नेपाल भित्र्याउन सकिने बिश्वास ब्यक्त गर्दै गैर आवाशिय नेपाली संघको यो अभियानमा पोचुगलबासी सबै आप्रबासी नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ हातेमालो गर्दै अघी बढन आह्वान गर्नु भएको छ। थप फोटोहरुको निम्ति यो लिंकमा क्लिक गर्नु होला :
http://picasaweb.google.com/bhimkamal/NepalDay2010?authkey=Gv1sRgCMSWgNOt28Dt0QE#

नेपाल पत्रकार महासंघ पोर्चुगल शाखा स्थापना हुने।

-भीम के सी कमल
लिस्बन, २३ जुन

पोर्चुगलमा रहेर बिभिन्न संचारमाध्यमहरुमा कार्यरत संचार-कर्मीहरुलाइ संगठित गर्ने उद्धेश्यका साथ नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पोर्चुगल शाखाको स्थापना हुने भएको छ।
नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाको पोर्चुगल भ्रमणको अबसरमा भएको छलफल अनुसार शाखा स्थापनाको निमित्त  सदश्यता बितरण गर्नु पर्ने भएकोले बिधान अनुसार सदश्य हुन चाहने पत्रकार मित्रहरुले सदश्यता फाराम भरी बुझाउनु हुन अनुरोध गरिएको जानकारी प्राप्त भएको छ।
सदश्यता फाराम शाखा स्थापना सम्बन्धी अन्य जानकारीको निमित्त लिस्बनमा भीम के सी कमल फोन:९१४९०७८८, ईमेल: bhimkamal gmail.com पोर्तोमा लक्ष्मण देबकोटा फोन:९१६९१६६४१ मा सम्पर्क गर्न सकिने छ। सदश्यता फाराम नेपाल पत्रकार महासंघको वेबसाइट www.fnjnepal.org अथवा फेसबुकमा रहेको Fnj Portugal Branch को पृष्ठबाट डाउनलोड गर्न सकिने छ।
स्मरण रहोस नेपाल पत्रकार महासंघको पोर्चुगल शाखा स्थापनाको निमित्त नेपाल पत्रकार महासंघले गत बर्ष नै सैद्धान्तिक सहमति दिइ सकेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक