20100702

नेपालका नेता त जिरो भए, रुकमाङद कटवाल हिरो भए 
के काम लागे दारी र जटावाल, केही गर्छन् कि यि "कान्ते" कटवाल 
उत्तर अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरुको छाता संगठन ए एन ए को बोस्टोन सम्मेलन शुरु
उत्तर अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरुको छाता संगठन ए एन ए को बोस्टोन सम्मेलन आज देखी शुरु भयो । आज को उदघाटन सिमोन ढुंगानाको अध्यक्ष्यतामा शुरु भयो । एसोसिएसन अफ नेपालीज इन अमेरिकाज (एएनए) को २८ औं सम्मेलन.......
 जुलाई २ देखी ४ सम्म हुनेछ। शुक्रबार बिहान १०:३० बजे बोस्टोन शहरको पार्क प्लाजा क्यासल सभाकक्षमा नेपाली परम्परागत बाजागाजा र नेपाली र अमेरिकि राष्ट्रगानको प्रस्तुतीसंगै शुरु भएको सम्मेलनको उदघाटन अमेरिकाकालागि नेपाली राजदूत डा. शंकरप्रशाद शर्मा र संरासंकालागि नेपाली स्थाई प्रतिनिधि तथा राजदूत ज्ञानचन्द्र आचार्यले संयुक्त रुपमा पानसमा बत्ती बाली गर्नु भयो भने एएनएका अध्यक्ष सिमोन ढुङ्गानाले सम्मेलनको ब्यानरको रिबन काटी तीन दिने नेपालीहरुको महाभेला शुरु भएको घोषणा गर्नु भयो। उदघाटन समारोहमा एएनएका अध्यक्ष सिमोन ढुङ्गाना, जिबिएन्सी प्रेसिडेन्ट उत्सब गुरुङ, सम्मेलन संयोजक सुन्दर गुरुङ र सम्मेलनका सभापति मेदिनी अधिकारीले सम्मेलनबारे प्रकाश पार्नु भएको थियो।कार्यक्रममा नेपाली काङ्रेसका नेता अर्जुन नरशिङ्ह केसी, एमाले नेता प्रदिप ग्यवाली, सभासद लक्की चौधरी, सपना प्रधान,ए एन ए उपाध्यक्ष्य मेदिनी अधीकारी लगायत का बक्ता ले नेपाल र अमेरिकामा रहेका नेपालीका बिषयमा बोल्नु भएको थियो। आयोजित नेपाल फोरम मा भने कार्यक्रम का बक्ता पूर्व प्रधान सेनापती रुकमाङद कटवाल कार्यक्रम का आकर्सण देखिए, उनको खरो नेपाली राजनीतिक बिस्लेसन को सबैले प्रसँसा गरेको देखियो। त्यस पछी आजै अन्य कार्यक्रम पनि भैरहेका छन। सम्मेलनका सभापति मेदिनी अधिकारीकाअनुसार सम्मेलनमा ५ हजारभन्दा बेशी नेपालीहरु बोस्टन शहरमा ओर्ली सकेका छन्। ३ दिन दिनसम्म चल्ने सम्मेलनको मुख्य आकर्शणहरुमा ५०० सयभन्दा बेशी खेलाडीहरुले खेल्ने फुट्बल (१८ टिम), बास्केट्बल (१४ टिम), भलिबल (४ टिम), गल्फ (२१ जना) र टेबुल्टेनिस (३८ जना) खेल, दोहोरी तथा बिबिध साँस्कृतिक कार्यक्रम, मिस्टर र मिस एएनए प्रतियोगिता, साहित्यिक सम्मेलन र नेपाल सम्बन्धी १५ बिभिन्न संगोस्ठीहरु सम्पन्न गरिदैछन्। हामी समाचार अपडेट गर्दैछौँ हेर्दैगर्नुहोला ।



 


 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक