20100731

एमाले नेता केपी शर्मा ओलीले पार्टी नेतृत्वको निकम्मापनका कारण मुलुकले नयाँ प्रधानमन्त्री पाउन नसकेको आरोप

एमाले भित्र माधव केपी एकातिर, झलनाथ अर्को तिर, भेटघाट र कुराकानी समेत बन्द, दुबै गुट देखी कार्यकर्ता निरास !  प्रचन्ड जुंगा मुसार्दै !      
एमाले नेता केपी शर्मा ओलीले पार्टी नेतृत्वको निकम्मापनका कारण मुलुकले नयाँ प्रधानमन्त्री पाउन नसकेको आरोप लगाएका छन्। एसएलसीमा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थीको सम्मानमा आज काठमाडौंमा गरेको कार्यक्रममा ओलीले १७ गते पनि मुलुकले नयाँ प्रधानमन्त्री पाउन नसक्ने बताए। उनले एमालेको केन्द्रीय नेतृत्व निकम्मा र असक्षम रहेको आरोप समेत लगाएका छन्। एमाले नेता ओली माओवादीप्रति पनि निक्कै आक्रमण रुपमा प्रस्तुत भएका थिए। कुनै हालतमा माओवादीलाई सरकारमा जान दिन नहुँने भन्दै नेता ओली नागरिक पार्टीमा रुपान्तरण नभएसम्म माओवादीलाई......
विश्वास गर्न नसकिने जिकिर गरे। माओवादी सरकारमा गए शान्तिप्रक्रिया र संविधान निर्माणको काम सम्पन्न हुन नसक्ने भन्दै ओलीले माओवादीलाई सरकारमा पुर्‍याएमा देशै बरबाद हुने बताए।
माओवादीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आज लिखितपत्र बुझाएको छ । मधेसी जनअधिकार फोरम संसदीय दलको कार्यालय सिंहदरबार पुगी सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्षद्वय डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले मोर्चाका नेताहरूलाई सो पत्र बुझाउनुभएको हो । पत्रमा मोर्चाले लिखितरूपमा माओवादीलाई यही साउन ९ गते पेस गरेको आधारपत्रमा उल्लिखित अधिकांश माग पूरा गर्न सकिने जनाइए पनि मोर्चाले राख्दै आएको तराई मधेसलाई एक मधेस प्रदेस बनाउने लगायतका केही माग स्वीकार्न नसकिने स्पष्ट पारिएको छ । तराई–मधेसलाई एक प्रदेस बनाउने आप्mनो नीति नरहेको स्पष्ट पार्दै पत्रमा भनिएको छ–‘तर देशको भौगोलिक अखण्डतामा आँच नआउने गरी आत्मनिर्णयको अधिकारसहित तराई–मधेसमा अन्य प्रदेशका साथै स्वायत्त मधेस प्रदेश स्थापना गर्न हाम्रो पार्टी सहमत छ ।’माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा बहुमतीय सरकार बने पनि संविधान निर्माण र शान्ति प्रकृया निष्कर्षमा पुग्ने बताएका छन्। उनले अझै पनि सहमतीय सरकारको लागि प्रयास भइरहेको बताए। आगामी १७ गते प्रधानमन्त्री चयन हुने अवस्था क्षीण रहेकै अवस्थामा आज बिहान सभामुख सुभाष नेम्वाङसँग भेट गर्दै दाहालले १७ गतेबाट मुलुकलाई नयाँ प्रधानमन्त्री दिन आफू लागिपरेको बताए। सहमति हुन नसके दाहालले आफ्नै नेतृत्वमा बहुमतीय सरकार बनाउने समेत नेम्वाङलाई बताए।

एनआरएनहरुको स्वागतमा नेपाली राजदुताबास, फ्रान्सद्वारा रात्रीभोजको आयोजना
-भीम के सी कमल

गैर आवाशिय नेपाली संघ चौथो युरोपियन क्षेत्रीय बैठक (३१ जुलाइ-१ अगष्त) मा सहभागी हुन संसार भरिबाट फ्रान्सको राजधानी पेरिसमा जम्मा भएका अगुवा एनआरएनहरुको सम्मानमा नेपाली राजदुताबास, पेरिसद्वारा राजदुत निवास रुइ अल्बेरिक म्यागनार्ड-, पेरिसमा एक रात्रीभोजको आयोजना गरियो

फ्रान्सका लागि नेपाली महामहिम राजदुत मोहनकृष्ण श्रेष्ठज्युले रात्रीभोजमा उपस्थित सम्पुर्ण पाहुनाहरुलाइ स्वागत गर्दै संसार भर छरिएर रहेका गैर आवासिय नेपालीहरुसंग भएको पुजी तथा शिल्पलाइ राष्ट्र निर्माणमा अधिकतम प्रयोग गर्न सके राष्ट्रोन्नतीमा सरकारलाइ सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भयो नेपाली राजदुतावास, पेरिसका प्रथम सचिब जीबन प्रकाश श्रेष्ठले संचालन गरेको अनौपचारिक कार्यक्रममा बोल्दै एनआरएनका प्रमुख संरक्षक डा उपेन्द्र महतो, अन्तरराष्ट्रीय समन्वय परिषद अध्यक्ष देबमान हिराचन, युरोपियन क्षेत्रीय संयोजक क्या. हितमान गुरुङ्ग, महिला बिभाग प्रमुख उषा शर्माले आयोजक नेपाली राजदुताबास, पेरिसलाइ हार्दिक धन्यबाद दिनु भयो।

उक्त रात्रीभोजमा एनआरएनका संरक्षक राम प्रताप थापा, अन्तरराष्ट्रीय समन्वय परिषद पदाधिकारी तथा सदश्यहरु, बिभिन्न राष्ट्रीय समन्वय परिषदका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत आयोजक फ्रान्सका एनआरएन पदाधिकारीहरुको सहभागिता रहेको थियो।












No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक