20100705

घुमियाथ्यो ठाउँ पहिले हजार, राम्रो लाग्यो बोस्टनको बजार
ए एन ए सम्मेलनका क्रममा अमेरिकाको बोस्टन यात्रा यसरी कैद भयो क्यामरामा !








 

  http://milankosansar.com/?page_id=4669
 




 

एसोसिएसन अफ नेपालीज इन अमेरिका -ANA


एसोसिएसन अफ नेपालीज इन अमेरिका -एएनए को अठ्ाइसौं सम्मेलनको उद्घाटन बोष्टन अमेरिकामा गरियो । नेपालका लागि अमेरिकाका राजदुत डा शंकर शर्मा र संयुक्त राष्टसंघको लागि नेपाली स्थायी प्रतिनिधी ज्ञानचन्द्र आर्चायले संयुक्त रुपमा दिप प्रज्वलन गरि उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । एएनएका वर्तमान अध्यक्ष सिमोन ढुंगानाले झण्डात्तोलन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा नेपालका विभिन्न जनजातीका भेषभुषा, पन्चेवाजा र जनजातीका बाजागाजा सहित विभिन्न झाँकीहरु अमेरिकाका विभिन्न भागवाट आएका नेपालीहरुले देखाएका थिए । बटुकले शंक फुकेर तथा बौद लामाहरुले मन्त्र उच्चारण गरेर उक्त कार्यक्रमको विधिवत शुरुवात गरिएको थियो ।

संविधान निमार्ण्र् अवसर र चुनौती नामक अर्न्तक्रिया सम्पन्न

उद्घाटन कार्यक्रम पश्चात नेपाल फोरम कार्यक्रम संचालन गरिएको थियो । उक्त फोरममा संविधान निर्माणका चुनौती र अवसर नामक अर्न्तक्रिया कार्यक्रममा नेपाली काँग्रेसका अर्जुन नरसिंह केसी, एमालेका प्रदिप ज्ञवाली, सभासदहरु सपना मल्ल, लक्की शर्ेपा, भुपु सेनापति रुक््मागत कटुवाल, म्यागासासे पुरस्कार विजेता महावीर पुनले बोल्नु भएको थिए । उनीहरुलाई वेलैमा संविधान नबनाएको सहभागीहरुले नेताहरु माथि आक्रोश पोखेका थिए । कार्यक्रमको अन्त्यमा सहभागीहरुले राखेका प्रश्नको जवाफ उनीहरुले दिएका थिए ।
वायोमेडिकल फोरम सम्पन्न
अमेरिकामा रहेका बायोमेडिकल विषयमा अध्ययन गरिरहेका विद्यार्थी तथा उक्त विषयमा अनुसन्धानरत प्राध्यापकहरुले वायोमेडिकल विषयक फोरम संचालन गरेका थिए । उक्त कार्यक्रममा एमआइटीका नेपाली प्राध्यापक डा उत्तमलाल राजभण्डारी, हार्वड विश्वविद्यालयका नेपाली प्राध्यापक डा शिव गौतम, डा रुमा राजभण्डारी, डा वत्सल देवकोटा र डा जगत थापाले बोल्नु भएको थियो । उक्त कार्यक्रमको आयोजना इण्टरनेशनल नेपाली वायोमेडिकल सोसाइटीले गरेको थियो ।
उक्त कार्यक्रममा नै काठमाडौ नामक वृतचित्रको पर््रदशन गरिएको थियो ।
नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाको उद्घाटन
उक्त कार्यक्रममा नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाको उद्घाटन नेपाली दुतावासका सेक्रेटरी कालीप्रसाद पोख्रेलले गर्नु भएको थियो । उक्त कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष वसन्त श्रेष्ठले गर्नु भएको थियो भने उद्घोषण गोविन्द सिं रावत र स्वगत मन्तव्य हेमन्त श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा वाल कवियत्री कृत्री ज्ञवाली -१३ वर्ष को कविता संग्रह मेरो मनको कविता -पोइम र्फम माई हार्ट)को विमोचन गरिएको थियो । कार्यक्रममा अमेरिकाका विभिन्न शहरमा रहेका नेपालीहरु विचका नेपाली साहित्यको गतिविधीको बारेमा विद्याविमल वराल -न्युर्योक), भारती गौतम -बोष्टन), सुन्दर श्रेष्ठ -फ्लोरिडा), धुव्र थापा -क्यलीफोर्निया), गोविन्द सिं रावत -क्यानडा)ले बोल्नु भएको थियो ।
  
उत्तम बाबु श्रेष्ठ



नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका प्रेस विज्ञप्ती
नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको समुदघाटन

          हालै बोष्टनमा सम्पन्न एशोशिएशन अफ नेपलिज इन अमेरिका, एएनएको २८ औं वाषर््िाक सम्मेलनको सिलसिलामा जुलाई २ तारिखका दिन एएनएकै एक निकायका रुपमा स्थापित नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको विधिबत् समुदघाटन अमेरिकाको लागि नेपाली राजदूताबासका उप नियोग प्रमुख श्री कालिप्रसाद पोखरेलले गर्नु भयो । प्रतिष्ठानका अध्यक्ष श्री बसन्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो सामारोहमा उप नियोग प्रमुख श्री कालिप्रसाद पोखरेल प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यव्रmममा प्रमुख अतिथि श्री पोखरेलले १३ वर्षीय वाल कवियत्री कृती ज्ञवालीको कविता संग्रह मेरो मनको कविता (पोइम फ्रम माई हार्ट) र ८ वर्षीय बाल कवि हिमाशुं कुँवरको हिउ“को झरना (स्नो फल्स) को विमोचन पनि गर्नु भएको थियो । आफ्रनो विमोचित पुस्तकबाट कृति ज्ञवाली र हिमाँशु कुँबरले एक एक वटा कविता समेत वाचन गरेको सो कार्यक्रममा डा. तुलसी धरेलले उक्त कृतिहरुका बारेमा समालोचनात्मक टिप्पणी गर्नु भएको थियो । सो अबसरमा कृतिका बारेमा उनका पिता श्री दिवाकर ज्ञवालीले प्रकाश पार्नु भाएको थियो भने हिमाँशुका बारेमा माता साहित्यकार निलम कार्की निहारिकाले प्रकाश पार्नु भएको थियो ।

           उक्त कार्यव्रmममा प्रतिष्ठानबाट प्रकाशित गरिने उत्तर अमेरिकाका नेपाली साहित्य र साहित्यकार नामक कृतिका लागि अनुसन्धान कार्यमा संलग्न साहित्यकारहरुले आआफ्नो क्ष्ोत्रको साहित्यिक गतिविधिका बारेमा छोटो जानकारी दिनुभएको थियो ।  यसरी जानकारी दिनेहरुमा विद्याविमल वराल (न्युर्योक), भारती गौतम (बोष्टन), सुन्दर श्रेष्ठ (प्mलोरिडा), ध्रुव थापा (क्यालिफोर्निया), गोविन्दसिंह रावत (क्यानडा) हुनुहुन्थ्यो ।
             कार्यक्रममा एएनएका संस्थापक अध्यक्ष डा. हरि शर्मा र प्रमुख अतिथि उपनियोग प्रमुख कालिप्रसाद पोख्रेलले आआफ्ना धारणहरु व्यक्त गर्नु हँुदै प्रतिष्ठानलाई शुभ कामना पनि दिनु भएको थियो । यसैगरी सभापतिको आसनबाट अध्यक्ष श्री बसन्त श्रेष्ठले प्रतिष्ठानको विषयमा संक्षेपमा प्रकाश पार्नु भएको थियो । गोविन्द सिंह रावतबाट संचालित कार्यक्रममा प्रतिष्ठानका महासचिव हेमन्त श्रेष्ठले स्वगत मन्तव्य गर्नु भएको थियो भने कोषध्यक्ष मञ्जु निरौलाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको आरम्भमा प्रतिष्ठानका सदस्यहरुको परिचय पनि गराईएको थियो ।

स्मरणीय छ बोष्टनमा आयोजित एएनएको यो २८ औं वार्षिक सम्मेलनको अबसरमा नेपाली साहित्य प्रतिष्ठानले एक विशेष स्मारिका पनि प्रकाशित गरेको छ ।


अन्तराष्ट्र्यि कविता महोत्सब सम्पन्न

नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका र अन्तराष्ट्र्यि साहित्य समाजको संयुक्त तत्वाबधानमा अन्तराष्ट्र्यि कविता महोत्सव गत जुलाई ३ तारिखका दिन बोष्टनमा आयोजित एएनएको २८ औं वार्षिक सम्मेलनको क्रममा बोष्टनमा सम्पन्न भयो । डिसीस्थित नेपाली दूताबासका उप नियोग प्रमुख कालिप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहको आरम्भ देवघाटका पिठाधिस श्रोतृय ब्रम्हनिष्ठ महामण्डलेश्वर श्री १०००८ स्वामी आत्मानन्द गिरीज्यूले गर्नु भएको मंगलाचरणबाट भएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्री बसन्त श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो  भने कविता महोत्सवको संयोजिका भारती गौतमले महोत्सव सम्बन्धी संक्षिप्त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । यसैगरी पुरस्कार स्थापना गर्ने दाताहरुको तर्फबाट श्री हेम पाठकले आफ्ना विचारहरु व्यक्त गर्नु भएको थिाये । यस अघि हालै दिंवगत हुनुभएका प्रसिद्ध समालोचक कृष्णचन्द्रसिंह प्रधानको आत्माको चीर शान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रममा स्रष्टा सविनाद्धारा तयार गरिएको साई बाबाको भजनको सिडी डा. चिन्तामणि योगीले विमोचन गर्नु भएको थियो भने प्रमुख अतिथि उप नियोग प्रमुख कालिप्रसाद पोखरेलले साहित्यकार कमला प्रसाईद्धारा स्थापित तथा अनेसासद्धारा हरेक वर्ष नेपाली साहित्यको सर्वोकृष्ट वेभ पत्रिकालाई प्रदान गरिने अनेसास नारायण जयन्ता प्रसाई पुरस्कार २००९ को लागि हाम्रो समाज डट नेटका संस्थापक तथा प्रधान सम्पादक श्री धु्रब थापालाई प्रदान गर्नु भयो ।

  कार्यक्रममा प्रतियोगिताका लागि प्राप्त कविताहरुमध्ये केही कविताहरु उपस्थित कविहरु आफैले वाचन गरेका थिए भने केही कविताहरु उपस्थित कवि कवयित्रीहरुले वाचन गरिदिएका थिए । सो कवि गोष्ठीमा अप्रतियोगी कविताहरु समेत वाचन गरिएका थिए । यसरी अप्रतियोगी कविको रुपमा कविता वाचन गर्नेहरुमा शरद निरौला, शिव गोतम, गोविन्द गरी प्रेरणा, प्रा. गोपी कृष्ण शर्मा, धु्रव थापा, गोविन्द कोईराला, बासु श्रेष्ठ, मोहन सिटौला, विनोद रोका,  सीता खरेल, मनोजराज सिवाकोटी, गोविन्दसिह रावत, गोबद्र्धन पुजा, गीता खत्री, शिव प्रकाश, शहदेव पौडेल, मन्जु निरौला,  कृति ज्ञवाली, हिमांशु कुवँर आदि हुनु हुन्थ्यो । गोष्ठीमा कवि रमेश श्रैष्ठको श्रव्य दृश्य कविता पनि प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा संयोजन समितिका सदस्य सचिव सुन्दर जोशीले महोत्सवको नतिजा सुनाउनु भएको थियो । जस अनुसार बिराटनगरका उमेश राई “अकिञ्चनको ”मोनालिसा र मार्च ८“ कविता  प्रथम भएको थियो भने दोस्रो पुरस्कार भोजपुरका सोमनाथ सुवेदीले आप्mनो “अभाव” कविताका लागि पाएका थिए र काभ्रेकी कवियत्री रमा अधिकारी ‘कादम्बरी’ ले “गा“स्नु पर्ने मनहरु” कविताका लागि तेस्रो पुरस्कार पाउनु भएको थियो । त्यस्तै जुरी पुरस्कार पाउनेमा प्रतियोगितामा चौंथो र पा“चौं स्थानमा परेका क्रमशः नवलपरासीका बाबु त्रिपाठीको शीर्षक विहिन कविता र नुवाकोटका प्रकाश आस्थाको कविता “त्यहा“ सिंगो नेपाल हुन्छ”  परेका छन् । यस महोत्सवमा प्रथम हुने कविले

 हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कार र प्रमाणपत्र सहित नगद १००० डलर, दोश्रो हुनेले शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार र प्रमाणपत्र सहित नगद ३०० डलर तेश्रो पुरस्कार वसुन्धरा गणेश रोका देवकोटा पुरस्कार र प्रमाणपत्र सहित नगद २०० डलर प्राप्त गर्नेछन् । त्यस्तै विशेष जुरी पुरस्कार अन्तरगत कविहरुले प्रमाण पत्र सहित पचास डलरको नगद पुरस्कार पाउने  व्यवस्था गरिएको छ ।

उक्त समारोहमा प्रथम हुने कवि उमेश राई “अकिञ्चन“ को कविता संग्रह  हेम–सरिता प्रतिष्ठानका संस्थापक हेम पाठकले प्रकाशित गराई दिने घोषणा गर्नु भयो भने यस वर्ष प्राप्त कविताहरुमध्ये छानिएका ३० वटा कवितालाई अमेरिकाको डिसीबाट प्रकाशित हुने विश्वपरिक्रमाका प्रधान सम्पादक तथा प्रकाशक गोबिन्द गिरी प्रेरणा र क्यानिफोर्नियाबाट संचालित वेभ पत्रिका हाम्रो समाजका संपादक तथा संचालक ध्रुव थापाले पुस्तकका रुपमा प्रकाशित गर्ने घोषणा गर्नु भयो । यसैगरी प्रतिष्ठानका महासचिव हेमन्त श्रेष्ठले यी पुरस्कारहरु पुरस्कृत कविहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिको हातबाट प्रदान गर्ने व्यवस्था मिलाउने,  आउदो वर्षदेखि  यो महोत्सब संचालको लागि नेपाल प्रज्ञा प्रतिष्ठानको पनि सहयोग लिने र प्रथम हुने कविलाई पुरस्कार लिनका लागि अमेरिकामा बोलाउन व्यवस्था मिलाउने  निर्णय प्रतिष्ठानले गरेको बारे जानकारी गराउनु भयो ।

कविता प्रतियोगिताको लागि १२ देशबाट अंग्रेजी र नेपाली भाषामा  जम्मा ३२० वटा कविताहरु प्राप्त भएका थिए । जसमध्ये ६ वटा श्रव्य र २ वटा दृष्य कविताहरु पनि परेका थिए । कविता मूल्याकंनका लागि प्रशिद्ध कवि एवं साहित्यकारहरु तुलसी दिवस, मंजुल, व्यञ्जु शर्मा, विक्रम सुब्बा र मोमिला रहेको एक निर्णायक समिति गठन गरिएको थियो ।

हेमन्त श्रेष्ठ
महासचिव

२८ औ ए एन ए सम्मेलनमा अन्तराष्ट्रिय कविता प्रतियोगिताको घोषणाका साथै उत्कृष्ट वेव पत्रकारिता परस्कार प्रदान
 

एएनएको वाषिर्क सम्मेलनमा सम्पन्न गरिंदै आएको साहित्यिक कार्यक्रम वोष्टनमा सम्पन्न भएको छ । यस वर्षनेपाली कविताको इतिहासमै सम्भवत अमेरिकी डलर एक हजार नगद पुरस्कार राखिएको कुविता प्रतियोगिता तथा अनेसासले हरेक बर्षप्रदान गर्दै आएको अन्तराष्ट्रिय नेपाली साहित्य समाजको नारायण जयन्ता सर्वोत्कृष्ट वेभ पत्रकारिता पुरस्कार प्रदान गर्दै सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि अमेरिका स्थित नेपाली दुतावासका उप नियोग प्रमुख काल्रि्रसाद पोखरेलहुनुहुुन्थ्यो । कार्यक्रमको शुरुमा नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष वसन्त श्रेष्ठले स्वागत मन्तव्य तथा कार्यक्रमकी संयोजिका तथा अनेसास बोस्टन च्याप्टरकी भारती गौतमले कार्यक्रमको वारेमा प्रकाश पारेकी थिइन ।
कविता महोत्सवकोको रुपमा आयोजित सो साहित्यिक कार्यक्रमको शुभारम्भ १०८ आत्मानन्द गिरीको मंगलाचरणबाट गरिएको थियो भने हालै दिवगन्त हुनुभएका साहित्यकार कृष्णचन्द्र प्रधानको आत्माको शान्तिका लागि एक मिनटको मौनधारण गरिएको थियो । कार्यक्रलाइ हेमन्त श्रेष्ठ र निलम कार्की निहारीकाले पालै पालो सन्चालन गरेका थिए ।
डा चिन्तामनी योगीको हातबाट एउटा भजनको सिडी विमोचन तथा प्रवचन पछि यस कविता महोत्समा एक हजार डलरको पुरस्कार प्रायोजन गर्ने टेक्सासका हेम पाठक र सरिता पाठकले यस प्रतियोगिता लगायत अन्य विधाहरुमा समेत गरेर बर्षो पाच हजार डलर बराबरको पुरस्कार दिने समेत जानकारी आफनो मन्तव्यको क्रममो जनाउनु भएको थियो । यस कविता प्रतियोगितामा विश्वका १२ देशका करिव तीन सय पचासको हाराहारीमा कविताहरु आएका थिए, जस्को मुल्यांकन नेपालमा रहेका साहित्यकारहरुबाट गरिएको थियो ।
आजको यस कार्यक्रमको अर्को महत्व पर्ुण्ा पुरस्कार अनेसासले हरेक बर्षप्रदानगर्दै आएको नेपाली साहित्यको सर्वोत्कृष्ट वेव पत्रकारिताका लागि अनेसास नारायण जयन्ता प्रर्साई पुरस्कार हाम्रो समाज डट नेटका संस्थापक तथा प्रधान सम्पादक धु्रव थापालाई कार्यक्रमको प्रमुख अतिथी पोखरेलको हातबाट नगद राशि तथा प्रमाण पत्र प्रदान गरियो । आज सम्म प्रदान गरिएको उक्त पुरस्कार पहिलो पल्ट अमेरिकाबाट सन्चालित पत्रिकाले पाएको हो जस्को प्रायोजन न्युयोर्ककी साहित्यकार कमला प्रशाईले गरेकीहुन ।
कार्यक्रमको दोस्रो चरणमा प्रतियोगितामा आएका उत्कृष्ट कविताहरु त्था उपश्थित प्रतियोगी तथा अप्रतियोगि कविहरुले आ आफनो कविता बाचन गरेका थिए भने उपश्थित हुन नसेका कविहरुको कविताहरु ऋमेरिकामै रहेकै विभिन्न कवि तथा कवियेत्रीहरुले बाचन गरेका थिए ।
लगभग साडे तीन घन्टासम्म चलेको उक्त साहित्यीक कार्यक्रममा र्साईबाबाका भजन संग्रहको सिडीको समेत विमोचन गरिएको थियो । यस साहित्यीक कार्यक्रममा आठ बर्षा बालक देखि ८० वर्षी बृद्धाले समेत कविता र संगीनी गाएर सबैलाई चकित पारेका थिए ।
नेपालका बरिष्ठ साहित्यकारहरुले जाचेको यस कविता प्रतियोगितामा विराटनगरका उमेश साम्पांग र्राईले मोनालिसा र मार्च ८ शिर्षको कविताले प्रथम स्थान प्रदान गरेको थियो भने क्रमस भोजपुर नेपालकै सोमनाथ स ुवेदीको कविता अभाव र काभ्रे नेपालकै रमा अधिकारीले गास्नुपर्ने मनहरु शिर्षो कविताले प्राप्त गरेको थियो । त्यसैगरी अन्य दुइजान प्रतियोगिहरुलाई विशेष जुरी पुरस्कारको घोषणा संयोजक समितिका शुन्दर जोशीले गरेका थिए ।
कार्यक्रममा हेम पाठकले एक हजार राशिको पुरस्कारका साथमा प्रथम हुने कविको कृतिसमेत प्रकासन गर्ने घोषणा गरेका थिए भने मुल्यांकन समितिले छानेका उत्कृष्ट ३० वटा कविताहरुको संग्रहको प्रकासन विश्व पर्रि्रमाका संस्थापक तथा प्रमुख सम्पादक साहित्यकार गोविन्द गिरी प्रेरणा र यस बर्षो अनलाईन पत्रकारिता पुरस्कार प्राप्त गर्ने हाम्रो समाज डट नेटका संस्थापक तथा प्रमुख सम्पादक धु्रव थापाको संयुक्त प्रकासनमा प्रकासित गर्ने घोषणा समेत गरिएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक