20100813

माओवादीले उक्साएर बसालिएका कथित सुकुम्बासीहरुले हत्या गरे सामुदायिक वनका अध्यक्ष्यको !

माओवादीले उक्साएर बसालिएका कथित सुकुम्बासिहरुले बिहीबार राति एक सामुदायिक वनका अध्यक्षको पेपत्ता पारी निर्मम हत्या गरेका छन । कञ्चनपुर रामपुरविलाशीपुर गाविसमा रहेको किसान मध्यवर्ती सामुदायिक वनका अध्यक्ष मीनबहादुर रोकायाको हत्या गरिएको हो। बिहीबारदेखि बेपत्ता ५८ वर्षीय रोकायाको शव शुक्रबार सामुदायिक वनभित्र रहेको झलमिलाफाँटामा भेटिएको प्रहरीले जनाएको छ। रोकायाको टाउको, मुख .......
र शरीरका विभिन्न भागमा घाउ देखिएको उनका आफन्तले बताएका छन्। अध्यक्ष रोकायाको हत्या सामुदायिक वनभित्र जग्गा अतिक्रमण गरेर बसेका तथा भोगचलन गर्दै आएकाहरुले गरेको उनको परिवारको आरोप छ। सामुदायिक वनमा रहेको भिलमिलाफाँटामा बस्ती बसाउने वा वृक्षारोपण गर्ने विषयमा गाउँले र सामुदायिवक वनका पदाधिकारीबीच केही सयमयता विवाद थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक