20100813

६ महिनाका भगवान श्री कृष्ण न्यू योर्क महापुराण मन्चमा,भक्तालुहरुले ढोग्ने मात्र गरेनन् बल्की डलर चढाए


न्यू योर्क- रिजवूड नेपालीज सोसाइटीद्वारा नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर निर्माणार्थ अगस्ट ९-१५ सम्म आयोजना गरेको महापुराण सप्ताहको चौथो दिनसम्म १ करोड ४१ लाख ९३ हजार ८२५ रुपैयाँ ($189,251.77) संकलन भएको छ।...........


6 month old Alwin Bhandari as Lord Krishna. Photos: eEyeCam.com
नेपालका चर्चित २९ बर्शिय पंडित दीनबन्धु पोख्रेलद्वारा बाचन गरिएको सप्ताह्मा न्यू योर्क शहरका मात्र होइन, न्यू जर्सी, वासिङ्गटन डिसी, भर्जिनिया, बोस्टोनलगायतका राज्य र शहरहरुबाट अमेरिकि नेपालीहरु आउने क्रम जारी छ। सप्ताहको पहिलो दिन सोसाइटीका अध्यक्ष श्री पराजुलीद्वारा २० हजार २२२ अमेरिकि डलर दान प्रदान गरिएपछि दान गर्नेहरुको होड नै चलेको छ।

पंडित पोख्रेलले ५ हजार डलरबेशी दान दाताहरुलाई मन्चमा नाच्न लगाउने गरेकाछन् तर नाँच हेरेपछिको ठट्यौलीले भने दाताहरुलाई आच्छु आच्छु पारेको हेर्दाको रमाइलो अनुभब अर्कै छ। किनकि पंडित पोख्रेलले नाँचपछि भन्ने गरेका छन्- "नाँच भयो दश हजारको, दान भो पाँच हजारको, अब कसरी मिलाउने?" अब भएन फसाद ! तर दाताहरुले अमेरिकामा नेपाली एकता र संस्क्रिती जोगाउने स्तुत्य कार्यकालागि मन खोलेर दान गर्न पछि हटेकाछैनन्।

Pandit Deenbandhu Pokhrel. Photos: eEyeCam.com
सप्ताहको चौथो दिन दाताहरु बिच अर्को रोचक द्रिश्य देखियो- सोसाइटीका कार्य समिती सदस्य दीपक राज काफ्लेले पाँच हजार डलर दान घोषणा गरेका थिए तर पंडित पोख्रेलले नचाएपछि हलमा उपस्थित सबै नाँच्ने हो भने दान बढाउने कुरामा पुनर्बिचार गर्ने भने। नभन्दै हलका उपासकहरु काफ्ले परिवारसंगै नाँच्न थालेपछि उनले पाँच हजारबाट बढाएर १५ हजार ५५५ डलर दिने घोषणा गरे। हलमा तालिको गड्गडाहट भयो।
त्यस्तै भो चार्टर्ड एकाउन्टेन्ट बिराज रिजालको दान घोषणाको पाला पनि। उनले १० हजारबाट बढाएर १६ हजार एक डलर दिन राजी भए। चौथो दिनको सप्ताह्मा श्री कृष्ण भगवानको जन्म कथामा आधारित प्रबचनको क्रममा अनु भण्डारी र श्याम भण्डारीका ६ महिनाका छोरा अल्विनलाई बालक श्री कृष्ण बनाएर नेपथ्यबाट मन्चमा ल्याउँदा भक्तालुहरुले साक्षात भगवान मानेर ढोग्ने मात्र गरेनन् बल्की डलर चढाएर आ-आफ्नो मनोकाङ्क्षा पुरा गर्ने कामना गरे। पंडित पोख्रेलले फेरी उहीं रसिलो पारामा घोषणा गरे- "फल फूलले होइन डलरले जति पूजा गरेपनि हुन्छ।"

सोसाइटीका अध्यक्ष पराजुलीले भने- "सत्कर्मकोलागि धन भएर मात्र हुँदैन मन पनि हुनु पर्छ। मन भएपछि धन भन्ने कुरो अमेरिकामा बसेका नेपालीहरुसंग नहुने कुरै छैन। हामीले अबस्य अझ धेरै दाताहरुबाट दान प्राप्त हुने अपेक्षा गरेका छौं।" "अब सप्ताहको अन्तिम ३ दिन भक्तालु हरुको ओइरो लाग्ने सम्भावना छ। किनकि धेरै जसो अमेरिकि नेपालीहरुको विकेन्डमा छुट्टी हुन्छ।" उनले भने। - By Pradeep Thapa/USNepalonline
आज श्रावण शुक्ल पञ्चमी । हिन्दुहरुले नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरी मनाइँदैछ ।
नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको वास हुन्छ त्यँहा लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको मानिन्छ । नागपूजाको प्रचलन वैदिक कालदेखि चल्दैआएको विश्वास गरिन्छ । आजको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवान्को चित्र टाँसी पूजा गर्नाले वज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्वास रहेको छ । धार्मिक ग्रन्थ गरुण पुराण, स्कन्दपुराण, नारदपुराण, भविष्यपुराण र वराहपुराणमा नागको पूजा, अर्चनाका बारेमा उल्लेख भएको पाइन्छ । वैदिकलगायत बौद्ध र जैन धर्मावलम्बीले पनि नागपूजा गर्ने प्रचलन छ । नागका अष्टकुल अर्थात् अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा गरी दुबो, दूध, अक्षता आदि चढाई धूपधुवाँर गर्ने तथा आˆना कुलनागका थानहरूमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ । नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा घरको मूलद्वारमा नागको चित्र टाँसी पूजा गरेपछि गृहस्थीले क्रमशः नागपूजा गर्ने परम्परा रहेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक