20100909

अमेरिका स्थित नेपाली राजदुताबासको आयोजनामा अमेरिकाको वासिङ्टन डिसीमा तीज भेटघाट तथा नाचगान र दर खाने कार्यक्रम

अमेरिका स्थित नेपाली राजदुताबासको आयोजनामा अमेरिकाको वासिङ्टन डिसीमा  तीज भेटघाट तथा नाचगान कार्यक्रमको आयोजना गरियो। महामहिम राजदुत डा. शंकर शर्मा र वहाँकी धर्मपत्नी कल्पना शर्माद्वारा सबैलाई स्वागत गरिएको उक्त तीजको रमाइलो भेटघाट, नाच गान तथा दर खाने कार्यक्रमका केही भिडियो र फोटोहरु जस्ताको तस्तै तपाईंहरुका लागि :   सबै फोटो र भिडियो हेर्न तल Read More मा क्लिक गर्नुस् .................. 













 For Related news click link below

ANMA/NASeA सम्मेलनमा बृहत साहित्यिक महोत्सवः अनेसासद्वारा राजदूत डा. शर्मालाई सम्मान

          यही सेप्टेम्बर ३ देखि ५ सम्म केन्टकी राज्यको लेक्जिन्टन शहरमा सम्पन्न अमेरिकाको मध्य-पश्चिमी नेपाली संघ ९ब्लःब्० र दक्षिण-पूर्वी नेपाली संघ ANMA/NASeA को संयुक्त बार्षिक सम्मेलनको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित बृहत साहित्यिक महोत्सव तथा अनेसास जनार्दन-लिला प्रतियोगितात्मक कवि-गोष्ठि सेप्टेम्बर ४, २०१० शनिबारका दिन सम्पन्न भयो ।
  https://mail.google.com/mail/?ui=2&ik=039196dc56&view=att&th=12afbc840d0a9427&attid=0.1&disp=inline&realattid=f_gdx2gsmj0&zw
          अनेसासका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालको अध्यक्षतामा सम्पन्न उक्त साहित्यिक महोत्सवको प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा. शंकर प्रसाद शर्मा हुनुहुन्थ्यो । मञ्चमा आसिन कार्यक्रमका अन्य अतिथिहरुमा ANMA का अध्यक्ष श्री राजा घले, साहित्यकार डा. शिव गौतम, आधुनिक आंशुकवि श्री रमेश खकुरेल आदि हुनुहुन्थ्यो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै ANMA का अध्यक्ष श्री राजा घलेले डायस्पोरामा नेपाली भाषा-साहित्यको महत्व र यसको विकासमा अनेसासले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो भने भविष्यमा पनि नेपाली भाषा-साहित्य र संस्कृतिको विकासमा अनेसाससंग हरतरहले सहकार्य गर्दै जान ANMA उत्साहित रहेको कुरा समेत व्यक्त गर्नुभयो ।

             साहित्यिक महोत्सव अप्रतियोगी कवि-गोष्ठी, इमेलबाट प्राप्त अप्रतियोगी कविता बाचन तथा प्रतियोगितात्मक कवि-गोष्ठी सहित सम्पन्न भएको थियो । कार्यक्रममा अप्रतियोगी रुपमा कविता वाचन गर्ने कवि-कवयत्रीहरुमा सर्वश्री रमेश खकुरेल, शिव गौतम, ज्ञानेन्द्र गदाल, गोविन्द गिरी "प्रेरणा", भारती गौतम, नम्रता गुरागाईं, सुनिल पौडेल, शेखर ढुंगेल, प्रमोद पौडेल, तिलक श्रेष्ठ, मोहन विष्ट, प्रदीप थापा, प्रशान राई, राम खरेल र वाल कवयत्रि सुश्री सहजा पाण्डे हुनुहुन्थ्यो भने कुन्ति थापा (फिलाडेल्फिया), दिर्घराज प्रसाईं (नेपाल), वासु ढकाल (क्यालिफोर्निया) र सरिता तिवारी (नेपाल) बाट प्राप्त कविताहरु उदघोषकज्यूहरुले वाचन गरेर सुनाउनु भएको थियो ।

             प्रतियोगितात्मक कवि-गोष्ठिमा सुश्री आयुषा पोख्रेलको "फेरि एउटा बुद्ध चाहियो", श्री अरुण धितालको "मुस्कानको विऊ रोपौं" र श्री शैलेन्द्र देवकोटाको "चोरिएका खुशीहरु" नामक कविताहरु क्रमशः प्रथम दोश्रा र तेश्रा भएका थिए । निर्णयक समूहमा वरिष्ठ साहित्यकारहरु सर्वश्री भारती गौतम, पल्पसा र नम्रता गुरागाईं हुनुहुन्थ्यो । प्रथम, दोश्रा, तेश्रा हुने कवि तथा कवयत्रीहरुलाई क्रमशः १००.००, ७५.०० र ५०.०० डलर नगद सहित प्रमाण-पत्र र सुश्री सम्पदा आचार्य (वाल कवयत्रि) लाई सान्त्वना स्वरुप प्रमाण-पत्र सहित २५.०० डलर पुरस्कार प्रमुख अतिथिज्यूको वाहुलीबाट वितरण गरियो । उक्त नगद पुरस्कारका प्रायोजक श्री विश्वराज आचार्य हुनुहुन्छ ।

             कार्यक्रममा सहभागी सबै कवि तथा कवयत्रिहरु र निर्णयक समूहका सदस्यज्यूहरुलाई प्रमुख अतिथिबाट प्रशंसा-पत्र वितरण गरिसकेपछि आफ्नो मन्तव्यको क्रममा डा. शर्माले नेपाली भाषा-संस्कृतिको उत्थानमा विश्वभर अनेसासले खेलेको भूमिकाको सह्राना गर्दै आफ्नो तर्फबाट हुनसक्ने सबै सहयोगका लागि सर्धैं तयार रहने समेत मनशाय व्यक्त गर्नुभयो ।

             त्यसपछि, अमेरिकामा नेपाली भाषा साहित्य र संस्कृतिको उन्नयनको हरेक कार्यक्रमहरुमा उपस्थित भै अमेरिकास्थित नेपाली संघ संस्थाहरुलाई उत्साह एवं हौसला प्रदान गरेवापत कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका डा. शंकरप्रसाद शर्मालाई आयोजकका तर्फबाट अनेसासका अध्यक्ष श्री ज्ञानेन्द्र गदालले सम्मान-पत्र प्रदान गर्नुभयो ।

             कार्यक्रमको अन्तमा, नेपाली भाषा र संस्कृति नै नेपालीहरुको पहिचान हो; यो सुरक्षित रहे मात्र नेपालीहरुको अस्तित्व विश्वमा सुरक्षित रहने हुनाले यसको उत्थान र विकासका लागि अनेसासले सबैसंग हातेमालो गरी सहकार्य गर्ने दृढता व्यक्त गर्दै महोत्सवका सभापति श्री ज्ञानेन्द्र गदालले विधिवत कार्यक्रम समापनको घोषणा गर्नुभयो ।

            उक्त साहित्यिक कार्यक्रम कविद्वय शेखर ढुंगेल र प्रमोद पौडेलले पालैपालो गरी साचालन गर्नुभएको थियो । 

शेखर ढुंगेल
संयोजक, ANMA/NASeA साहित्य महोत्सव ।

1 comment:

  1. ke teej ko timto sabai nepali cheli lai hoina?Aafule chine ko lai matra Ho?

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक