20101001

कान्तिपुर लेख्छ : पूर्व राजपरिवारको बढ्दो सक्रिययतालाई नियाल्दा

Nepal royal family
पूर्वयुवराज्ञी हिमानी शाह शुक्रबार दिनभर विभिन्न सामाजिक कार्यक्रममा व्यस्त रहिन् । शुक्रबार दुईवटा संयोग थियो, पहिलो उनको पैतिसौं जन्मोत्सव र दोस्रो विश्व वृद्ध दिवस । त्यही मेसोमा उनले वृद्धहरूलाई...
खानेकुरालगायत सामग्री बाँडेर आफ्नो जन्म दिन मनाइन् । हिमानीले हालै 'हिमानी ट्रस्ट' नामको गैरसरकारी संस्था खोलेकी छन् । त्यसबाट वृद्धवृद्धा र बालबालिकाको सेवा गर्ने उनको लक्ष्य छ । पूर्वराजा ज्ञानेन्द्र शाहका निकट सहयोगी सागर तिम्सिनाका अनुसार हिमानीको संस्था र त्यसको उद्देश्यबारे केही दिनमै एकसार्वजनिक कार्यक्रम गरेर जानकारी गराइनेछ ।

'भर्खरै दर्ता भएको छ । कार्यालयको संरचना तयार भएपछि केही दिनमै विस्तृत जानकारी दिइनेछ,' उनले भने, 'खाली समाज सेवामा समय कटाउन खोज्नुलाई सकारात्मक रूपमै लिनुपर्छ ।' हिमानीमात्रै होइन, केही समययता पूर्वराजपरिवारका सदस्यको सक्रियता ह्वात्तै बढेको छ । पछिल्ला केही महिनामै पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानी दर्जनौं सामाजिक, धार्मिक र सांस्कृतिक कार्यक्रममा सहभागी भइसकेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र आगामी २३ गते बंगलामुखी मन्दिर दर्शनमा जाने जानकारी दिँदै तिम्सिनाले भने, 'जनताका साथ, सम्पर्कमा उहाँ रमाइबक्सन्छ । उहाँसहित परिवारका सबै सदस्यको सामाजिक क्षेत्रमा विशेष योगदान गर्ने सोच छ ।' त्यसैका लागि पनि हिमानीले सामाजिक संस्था खोलेको उनले जनाए ।

राजावादी पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले परिवर्तित राजनीतिक सन्दर्भमा सांस्कृतिक गतिविधिमा पूर्वराजपरिवारका सदस्यको सहभागिता स्वाभाविक भएको बताए । 'राजनीतिक गतिविधिमा, कार्यक्रममा जाँदा विवाद सिर्जना हुन्छ,' उनले भने, 'परिवर्तित सन्दर्भमा आफ्नो र संस्थाको उपस्थितिलाई स्थापित गर्नका लागि पनि सांस्कृतिक, धार्मिक र सामाजिक कार्यक्रममा सहभागी भई जनमानससमक्ष पुग्नु स्वाभाविक हो ।'

गणतन्त्र स्थापनाको पूर्वसन्ध्यामा सांस्कृतिक राजाको पक्षमा धारणा बाहिर ल्याएको माओवादीमा पूर्वराजावादीको प्रवेश बढ्दो छ । यही सन्दर्भमा पूर्वराजपरिवारका सदस्यहरूको सांस्कृतिक दौड बढिरहेको छ । के यी घटनाक्रममा केही सामञ्जस्यता छ ? एक विश्लेषकका शब्दमा 'पूर्वराजा वीरेन्द्रसँग कार्यगत एकता थियो भन्ने माओवादीको ज्ञानेन्द्रसँग सम्बन्ध हुनु पनि स्वाभाविक हो ।'

राप्रपा नेपालका अध्यक्ष थापा पनि आफूलाई लोकतान्त्रिक पार्टी बताउने कांग्रेस र एमालेले जनगणतन्त्रवादी माओवादीसँग सहकार्य गरिरहेको अवस्थामा राजनीतिक विचारधारामा स्वतन्त्र रहेको पूर्वराजदरबारले ऊसँग सहकार्य गर्नु स्वाभाविक भएको बताउँछन् । 'राजसंस्था फालेपछिको रिक्त स्थान भर्न नसकेकैले राष्ट्रियतामाथि चुनौती आएको, वैदेशिक चलखेल बढेको माओवादीका साथीहरूले पनि स्वीकार्नुभएको छ,' उनले भने, 'त्यसलाई निरुत्साहित गर्न पनि राष्ट्रवादी शक्तिहरूबीच ध्रुवीकरण आवश्यक बन्दै गएको छ ।'

गणतन्त्र स्थापनाताका तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले 'आलंकारिक राजा' र 'बेबी किङ' को अवधारणा ल्याइरहेका बेला माओवादीले भने 'सांस्कृतिक राजाको' चर्चा चलाएको थियो । युद्धकालमा पनि 'माओवादीले नोकर (राजनीतिक दल) सँग नभई मालिक (राजा) सँगमात्रै वार्ता गर्ने' बताएको थियो । धार्मिक-सांस्कृतिक राजाको अवधारणा माओवादीले नै ल्याएको जनाउँदै थापाले भने, 'व्यावहारिक रूपमा राजसंस्था अहिले नै पुनःस्थापना हुने सम्भावना कति छ भन्न नसकिए पनि सैद्धान्तिक रूपमा त्यो असम्भव छैन ।'

गणतन्त्र स्थापनाताका धार्मिक-सांस्कृतिक राजाबारे आवश्यकताभन्दा बढी चर्चा, व्याख्या र अपव्याख्या भएको उनको भनाइ छ । 'यसबारे अलि चाँडै चर्चा भयो,' उनले भने, 'अरूले यसै विषयलाई उठाएर माओवादीलाई कर्नर गर्न थाले, नत्र परिस्थिति बेग्लै हुन सक्थ्यो ।'

पूर्वराजपरिवारका पछिल्ला भ्रमण

ज्ञानेन्द्र शाहः जेठ ९ मा दुईदिने नेपालगन्ज भ्रमण, धार्मिक कार्यक्रममा सरिक । असार २ गते पर्साको परवानीपुरस्थित वैष्णो मन्दिरबाट सुरु गरेर असार ७ सम्म बारा, पर्सा र रौतहटका प्रायः सबै मुख्य मन्दिरमा पूजामा सरिक । साउन १० भक्तपुरको चित्तपोलमा पूजाआजा र स्थानीय महेन्द्र माविलाई उच्चमावि बनाउन आयोजित महायज्ञमा सरिक । साउन १५ मा बाराको प्रस्कोटमा एक विद्यालय भवनको उद्घाटन । साउन २८ मा भारतका पूर्वराजदूत केभी राजनसँग होटल अन्नपूर्णमा भेट । भदौ २६ मा विराटनगरमा गणपति महोत्सवको उद्घाटन, विभिन्न मन्दिरको दर्शन । असोज ६ गते कुमारीको दर्शनमा रोक लगाएपछि पूर्वकुमारीहरूलाई महाराजगन्जस्ति निर्मल निवासमा भेट ।

पारस शाहः वैशाख १५ गते पर्साको वीरगन्जमा एक सामुदायिक आँखा अस्पतालको उद्घाटन, विभिन्न मन्दिरमा पूजाअर्चना । जेठ १६ मा चिनियाँ मित्रसहित पोखरामा, नौकाबिहारमा सरिक । भदौ ५ गते राजधानीमा आयोजित खड्गी समाजको एक कार्यक्रममा सहभागी हुँदै 'नेपाली जनताले चाहे राजतन्त्र फर्किने' सार्वजनिक अभिव्यक्ति । भदौ १७ गते धनगढीमा लक्ष्मीनारायण मन्दिर भ्रमण, उनलाई हेर्न आउनेको भीड नियन्त्रणबाहिर जाँदा केही घाइते । असोज ५ गते साथीहरूसहित मुस्ताङमा ।

हिमानी शाहः जेठ २ मा पृथ्वीनारायण शाहले बनाएको गोर्खा दरबार भ्रमण । तीजका अवसरमा विभिन्न धार्मिक, सामाजिक र सांस्कृतिक संस्थाले आयोजना गरेका दर खानेलगायतका कार्यक्रममा सरिक । भदौ १४ मा दोलखाको भीमसेन मन्दिरमा । असोज १५ गते आफ्नो जन्म दिनका अवसरमा विभिन्न सामाजिक कार्यमा सरिक ।

Hello, friends and community members--Jwojalapa! Namaste!

Nhu Dan Ya Bhintuna!
Naya Barsha ko Shuvakamana!
Happy New Year! 
1131NS

You are cordially invited to NEWAH ORGANIzATION OF AMERICA's annual Nepal Sambat 1131 celebration commemorating national hero “ Shankhadhar Sakhwa”!
 ANWA
National Hero Shankhadhar Sakhwa

Come enjoy delicious food, good company, and great entertainment in celebration of Nepal Sambat 1131.  

Join us for a traditional Home made Newah Samay Bajee Dinner as well as a live cultural program  by famous Newah Organization of America Language Center (NOALC) students , other local emerging and famous talented Nepalese singers, and finally DJ music by famous “DJ “D” for those who would like to groove.

Release of Sanjeep Pradhan’s new Nepal Bhasa album:

“CHHAGOO DEYYA LAYKOO”


ANWA
Please visit www.newah.org to find  more detail of the  Album.

More detail of the event will be coming soon.

All are welcome!

Please mark your calendar!

Date:     Saturday, November 27, 2010
Time: 5:00 PM to 10:00 PM
Venue:   Kemp Mill Elementary School
 411
Sisson Street
  Silver Spring, MD 20902
 301-649-8046

Admission fee:

 $15 per person ( includes Home made Samay Bajee dinner ); children under 10 years of age are free.

More detail of the event will be coming soon.

please visit www.newah.org  or click on link below for the updates


Thank you in advance for your participation and continued support to NOA!

Questions?  Comments?  Ideas? Want to help?

Please feel free to contact:

Rajesh Shrestha (703-999-6476; rshrestha7@hotmail.com)
Ganesh Kayastha (301-996-6870;
gkayastha@yahoo.com)
Balaram Joshi  (301-755-6263; balaramj@verizon.net)
Season Shrestha (410-404-5388;
seasonshrestha33@hotmail.com)
Eros Tuladhar (703) 626-5079;  etuladhar@yahoo.com)
Babita Shrestah (703) 477-6920; Bshrestha@ifc.org)
Jayambu Ranjit (240) 603-5498; jranjit@hotmail.com)
Ravi Pradhan (443) 604-0478 ; munaandravi123@yahoo.com)
Shreejan Tamrakar (443) 929-5885; okelysrijan@hotmail.com)
Ishwar Rajbhandari (202-550-4839 ;  iprajbhandari@live.com )

“Please forward this announcement to your friends and families”

We'd love to hear from you!


With warm regards,
The NOA Executive Committee


Directions from 495, the Capital Beltway:

Take exit 29A to SR-193 West/University Boulevard East toward Wheaton.
Turn right onto Arcola Avenue.
Turn right onto Lomberton Drive
Turn right onto Lovejoy Street.
Turn left onto Sisson Street (411 Sisson Street)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक