20101002

अन्तराष्ट्रिय कविता महोत्सव अमेरिकामा विजयी कविहरुलाई काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष कर्यक्रमकाबीच पुरस्कार प्रदान

गत जुलाई महिनामा बोष्टनमा सम्पन्न एशोशिएशन अफ नेपलिज इन अमेरिका (एएनए) को २८ औं सम्मेलनको सिलसिलामा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका र अन्तर्राष्ट्रिय साहित्य समाजको संयुक्त तत्वाबधानमा जुलाई ३ तारिखका दिन भएको अन्तराष्ट्रिय कविता महोत्सवमा विजयी हुनुहुने कविहरुलाई गत २६ तारिख आईतवारका दिन काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष कर्यक्रमकाबीच पुरस्कार प्रदान गरियो। नेपाली साहित्य प्रतिष्ठानका उपाध्यक्ष कवि श्री विनोद रोकाको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कवि श्री बैरागी काईलाको प्रमुख आथित्यमा सम्पन सो समारोहमा कुलपति कवि श्री बैरागी काईलाले महोत्सवमा प्रथम हुने कवि श्रीउमेश राई “अकिञ्चन”लाई एक हजार डलर नगद सहितको “हेम-सरिता पाठक भानुभक्त काव्य पुरस्कार” र प्रमाणपत्र, दोस्रो हुनुहुने कवि श्रीसोमनाथ....
सुबेदीलाई ३०० डलर नगद सहितको “शर्मा-मुडभरी मोतीराम काव्य पुरस्कार” र प्रमाणपत्र तथा तेस्रो हुनुहुने कवयित्री रमा अधिकारी ‘कादम्बरी’लाई २०० डलर नगद सहितको “वसुन्धरा-गणेश रोका देवकोटा पुरस्कार” र प्रमाणपत्र प्रदान गर्नु भएको थियो / यसै गरि जुरी पुरस्कार प्राप्त गर्नु हुने श्रीबाबु त्रिपाठी र श्रीप्रकाश आस्थालाई ५० डलर नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो / कार्यक्रममा पुरस्कृत कविहरुले अआफ्नो पुरस्कृत कविताहरु पनि वाचन गर्नु भएको थियो /

सो समारोहमा कवि बसन्त श्रेष्ठको नव प्रकाशित कविता संग्रह “उज्यालो खोज्ने आवाजहरु” को कवि तुलसी दिवसले लोकार्पण गर्नु भएको थियो भने कवि बिनोद रोकाको नवीनतम् कृति “ जीवनको यात्रा” को लोकार्पण प्रशिध्द संगीतकार श्रीअम्बर गुरुङले गर्नु भएको थियो /

नेपाली साहित्य प्रतिष्ठानका सदस्य तथा “हेम–सरिता प्रतिष्ठानका संस्थापक श्रीहेम पाठकको स्वागत मन्तव्यबाट आरम्भ भएको सो समारोहमा प्रमुख अथिति बैरागी काईला, कवि तुलसी दिवस, साहित्य प्रतिष्ठानका नेपालका संयोजक कवि विश्व बिमोहन श्रेष्ठले अआफ्नो मन्तव्य राख्नु भएको थियो भने सभापतिको आसनबाट कवि श्रीबिनोद रोकाले सम्बोधन गर्नु भएको थियो / कवयित्री बाबा बस्नेतले संचालन गर्नु भएको सो कार्यक्रममा संसारकै सबभन्दा कान्छी गायिका भनेर प्रशिद्धी कमाएकी अतिथी केसी र उनका दिदी उश्ना केसीले बिनोद रोकाको सोहि समारोहमा विमोचित गीत संग्रहबाट “जस्तो बस्यो उस्तै बस्छ मानिसको बानी” बोलको गीत पनि गएका थिए /

स्मरणीय छ, गत जुलाइमा आयोजित उक्त कविता महोत्सवका लागि १२ देशबाट अंग्रेजी र नेपाली भाषामा जम्मा ३२० वटा कविताहरु प्राप्त भएका थिए । जसमध्ये ६ वटा श्रव्य र २ वटा दृष्य कविताहरु पनि परेका थिए । कविता मूल्याकंनका लागि प्रशिद्ध कवि एवं साहित्यकारहरु तुलसी दिवस, मंजुल, व्यञ्जु शर्मा, विक्रम सुब्बा र मोमिला रहेको एक निर्णायक समिति गठन गरिएको थियो । महोत्सवमा प्रथम हुने कवि उमेश राई “अकिञ्चन“ को कविता संग्रह हेम–सरिता प्रतिष्ठानका संस्थापक हेम पाठकको सौजन्य र महोत्सवमा प्राप्त कविताहरुमध्ये छानिएका ३० वटा कविताहरुको एक संकलन अमेरिकाको डिसीबाट प्रकाशित हुने “विश्वपरिक्रमा”का प्रधान सम्पादक तथा प्रकाशक गोबिन्द गिरी प्रेरणा र क्यालिफोर्नियाबाट संचालित वेभ पत्रिका “हाम्रो समाज”का संपादक तथा संचालक ध्रुव थापाको संयोजनमा यस प्रतिष्ठानले छिटै बजारमा ल्याउन तयारी गरिरहेको छ /

उक्त कार्यक्रम सफलतापूर्वक सम्पन गर्न विशेष योगदान दिनुहुने श्री विश्वविमोहन श्रेष्ठ, राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ, दीपक केसी, उद्धव केसी, श्रीमती पन्त, भगवती कार्की र यज्ञमान शाक्यलाई हामी साहित्य प्रतिष्ठानको कार्यसमितीका तर्फबाट हार्दिक धन्यबाद दिन चाहन्छौँ /कार्यक्रमको बारेमा बिबिसीमा प्रसारित रिपोर्ट सुन्ने भए -http://www.bbc.co.uk/nepali/programmes/2010/09/100930_poempricenava.shtml
-हेमन्त श्रेष्ठ -महासचिव, नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक