20101006

लोकतन्त्र, गणतन्त्र, संघीयताका नाममा संबिधान सभा भित्र नाटक जारी, जनता लाई उल्लु बनाउदै ६०१ नालायकहरु मात्र भत्ता पचाउदैछन् !

कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल दशौं चरणको प्रधानमन्त्री निर्वाचनमा पराजित भएका छन् । बुधबार भएको निर्वाचनमा पौडेलले १०९ मत ल्याए । निर्वाचनमा पौडेलको विपक्षमा मात्र १ मत परेको थियो भने  ४६ सभासद् तटस्थ बसे । निर्वाचनमा १ सय ५६ सभासद् उपस्थित थिए । बुधबार पनि माओवादी र एमालेले निर्वाचन बहिष्कार गरेका छन् ।प्रधानमन्त्रीको अर्को निर्वाचन बिहीबार दिउँसो ३ बजे हुने छ । संसद् नियमावलीअनुसार निर्वाचन प्रक्रियामा गइसकेपछि एक जना मात्र उम्मेदवार रहे पनि ऊ निर्वाचित हुन सक्दैन । उम्मेदवारले संसदमा तत्काल कायम रहेको कुल सदस्य संख्याको बहुमत ल्याउनु पर्दछ । संसदमा माओवादी...
र एमालेको सिट संख्या बहुमत अर्थात् ३ सय ४५ रहेकाले सहमति हुन नसकेसम्म पौडेल निर्वाचित हुन सक्ने सम्भावना छैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक