20101007

हरे शिव ! हेर्नुस् त यो गाइजात्रा ! नेपालको ईतिहासमा कामचलाउ सरकारले पहिलो पटक सानदारका साथ आज १०० दिन पुरा !!!

नेपालको ईतिहासमा कामचलाउ सरकारले पहिलो पटक सानदारका साथ आज १०० दिन पार गरेको छ । राजनीतिक दलहरु आन्तरिक कारण र अविश्वासले गर्दा दुरी बढेर गएपछि नयाँ प्रधानमन्त्री निर्वाचित गर्न असफल भएपछि कामचलाउ सरकारले आज १०० दिन सफलताका साथ पार गरेको छ । प्रमुख प्रतिपक्ष दल एकीकृत माओवादी र स्वयं सत्तारुढ दल नेकपा एमालेको संस्थापन पक्षको असन्तुष्टिका कारण चरम दवाबमा परेर प्रधानमन्त्री माधवकुमार नेपालले पदबाट राजीनामा दिएको आज ठिक १०० दिन पुगेको छ । प्रधानमन्त्री नेपालले असार १६ गते अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्रीको राजीना आएको आज १०० सय दिन पुग्दा समेत मुलुकले ४३ औं प्रधानमन्त्री पाउन सकेको छैन । प्रधानमन्त्री नेपालको राजीनामा आउनु...
अघिसम्म एकीकृत माओवादीले प्रधानमन्त्रीको राजीनामा आएको केहि घण्टा भित्रै मुलुकले सहमतिको नयाँ प्रधानमन्त्री पाउने दाबी गर्दै आएको थियो । अहिले कामचलाउ सरकारका रुपमा रहेको प्रधानमन्त्री नेपाल नेतृत्वको सरकारले पेश्की वजेट सदनबाट ल्याएर प्रशासनिक काम गर्दै आएको छ । कार्तिक महिनाभित्र पूर्ण आकारको बजेट आउन नसकेमा मुलुक आर्थिक चपेटामा पर्ने सरकारले यस अघि जनाउदै आएको छ ।

ओहो दशै 
 -Prem Oli
ओहो दशै , पोहर साल
ऋन काढेर भए पनि, खसी मासु भनी
 बाख्रिको मासु खुवाएर, दुइचार दाम टक्राएर 
लखेटिको थिए, यस पाली फेरी
 टुप्पलुक्क आएछौ, झक्कले खसी भनेको त
कुखरो खसी पो ल्याएछौ।

नयाँ कोट ठोकेर, नयाँ रम बोकेर
 आउँला भनेको त, उही च्यात्तिएको लुगा
उही झुत्रिएको जुत्तामा, लोकल ठररा तान्दै
मान्छे बाटोमा हान्दै आएछौ।

नयाँ नोट ल्याउला भनेको त,  उही झुत्रे नोट गन्दै
 ससुराली गएको,  भाडा नै उठेन भन्दै
 धारे हात लाएछौ।,  यसपली पनि
 छोरा छोरीलाई, उही पुरानो लुगा
श्रीमतीलाई पनि, फेरी उही पुरानी साडिमा लाएछौ
अर्को साल भन्न भ्याएछौ।

 मेरा फेसबुक मित्रहरु
हार्दिक नमस्कार अनि मिठो सम्झना !
मेरा सम्पुर्ण फेस बुक मित्रहरुलाई यसरी आफ्नो तिता मिठा अनुभवसंगै यो पहिलो पत्र लेख्दैछ्रु । स्वीकार्नुस या तिरस्कार यहाँहरुकै अधिकार, म कहिलै गर्ने छैन गुनासो र प्रतिकार !

खास कुरा के भने म यो फेसबुक सञ्जालमा प्रबेश गरेको त धेरै भएको छैन र साँचो कुरा भन्नु पर्दा म त्यति बिज्ञ पनि हैन । सुरु सुरुमा त बेक्कार जस्तो लागेको थियो । तर ख्याल ख्यालैमा चलाउँदै जाँदा कल्पनै नगरेका नयाँ मित्रहरु र बाल्यकालको पुराना साथीहरु साथै आफ्नै रगतको नाता र र्साईनो जोडीएका आफन्ताहरुसंग जम्का भेट हुन पाउँदा फेसबुकको उपयोग प्रति रस बस्दै आएको हो ।

समग्रको कुरा गर्ने हो भने कुनै न कुनै दिन फेसबुकको दुरुपयोग हुने धेरै सम्भावना देखेकीछु । तर हामी सबैले एउटै कामना गरौ की दुरुपयोग हुनुबाट समयमै सचेत र सजक हौं । केहि मित्रहरले अस्वभाविक सैलिमा फेसबुकको उपयोग गरेको देख्नमा नआएका हैन । जुनै चिजमा पनि प्रयोग गर्दा फाईदानै फाईदा हुने भन्ने हैन अबस्य बेफाईदा पनि हुन्छ । तर फाईदा र बेफाईदा के कति भन्ने कुराको निर्धारण चाहि प्रयोग कर्ताको विवेकमा भर पर्छ । जस्को मतलब म आफैले पनि फेसबुकको दुरुपयोग गरेको हुन पनि सक्छु । त्यसैले फेसबुक जस्तो साँझा चौतारी अर्थात र्सार्बजनिक सञ्जालमा कुनै अप्रिय दुर्घटना घट्नबाट र बिकृति फैलिन नदिनको लागि समयमै हामी सबै होशियारी हुनै पर्छ ।
 
सफा कुरा भन्ने हो भने फेसबुकको सहि सदुपयोग भन्दा धेरै दुरुपयोगनै भएको छ । आज सम्म मेरो अनुभबमा धेरै जसो मित्रहरुले र्टाईम पास गर्ने भाँडोको रुपमा प्रयोग गरिरहेको पाईएको छ । चाहाने नै हो भने र सहि सदुपयोग गर्ने हो भने फेसबुकलाई रचना मुलक, सूचना मुलक, सन्देश मुलक र ज्ञान बर्दकका माध्यम बनाउन सकिन्छ । हामी जहाँ जसरी रहे पनि देश र राष्ट्र प्रतिको बिषयमा चर्का चर्का बहश गर्न पनि सकिन्छ । मेरै फेसबुकका साथीहरु छसय भन्दा धेरै भैसकेका छन तिनै छसय जनाले नयाँ संबिधानको बिषयमा केहि आवाज मात्रै उठाउने नै हो भने पनि बहुमतको आधारमा निकै तहल्का मच्चिने वाला थियो । तर ....तर..... खोई हात लाग्यो सुन्य !

बरु कसैले उश्रृखल सैलिमा मायाँ पिरेमको कुरा गरेको छ भने त्यस्ले अति बजार पाउँछ । त्यस्तैगरी जस्ले सिं पुछरै नभएको कुरा गरेको हुन्छ उसैले धेरै कमेन्ट पाएको हुन्छ । कुनै एउटी सुन्दरीको फोटो त झन देख्नै हुदैन कमेन्ट र लाईक इटको लहर छुट्छ । तर त्यो बाहेक अरु प्रशंगका कुराले कमेन्ट त कुरै छोडौं लाईक इट पनि पाएको हुदैन । कहिले काँही मलाई त उ...दे...ग लागेर आउछ । हामी अझै पनि आफ्नो राष्ट्रियता, मौलिकता, सम्पदा, भाषा र संस्कृति जस्ता गहन बिषय प्रति गम्भिर छैनौ की ? जस्तो लागेको छ ।

अन्तमा सबै फेसबुका मेरा साथीहरुलाई म के भन्छु भने हामी भूभाग र भौतिक रुपले जहाँ जसरी छौं । "पहिले हामी एक हौं," आफ्ना प्यारा र प्यारीको मात्रै सम्झना गरेर समय बर्बाद नगरौं । धेरै हैन मात्रै एक मिनेट आफ्नो नेपाल आमा प्रति सोचौं । अझ सक्नु हुन्छ भने दुःखको कमाईले चुरोट खानुहुन्छ भने एक खल्लि चुरोट, बियर पिउनु हुन्छ भने एक घुट्की बियर अथवा एक गास भात नेपाल आमाको लागि साँचौं ! ! ! भन्दै मेरो अनन्त प्रेम पत्र बन्द गर्दछु .......

उहि सबैलाई भलो चाहाने
फेसबुकी हितैसी साथी
छक्कु उदासी

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक