20101031

अमेरिका नेपाल सोसाइटीको सम्पन्न निर्वाचनमा अध्यक्ष्यमा नगेन्द्र पौडेल बिजयी, उपाध्यक्ष्यमा ठाकुर पुडासैनि र सागर कंडेल, महासचिबमा बिजय थापा, सचिबमा मुक्ती दवाडी निर्बिरोध, कोसाध्यक्ष्यमा मकर रायमाझी, कम्म्युनिकेसन कोअर्डिनेटरमा जिबन तिवारी निर्बाचित

निकटतम प्रतिद्वन्दी कबी, गीतकार एबम पेशाले सफ्ट वएर इन्जिनियर प्रकाश नेपालले परीणाम स्वीकार गर्दै पौडेललाई बधाई र शुभकामनाका साथ संस्थाको सामाजिक क्रियाकलापमा आफ्नो सदैब सहयोग र समर्थन रहने बाचा !
अमेरिका नेपाल सोसाइटीको सम्पन्न निर्वाचनमा अध्यक्ष्यमा नगेन्द्र पौडेलले ३२१ मत प्राप्त गरी बिजयी हुनुभएको छ । वहाँका निकटतम प्रतिद्वन्दी कबी, गीतकार एबम पेशाले सफ्ट वएर इन्जिनियर प्रकाश...
नेपालले २२१ मत ल्याउनु भएको थियो । निर्वाचन परीणाम स्वीकार गर्दै प्रकाश नेपालले बिजयी पौडेल लाई बधाई र शुभकामनाका साथ संस्थाको सामाजिक क्रियाकलापमा आफ्नो सदैब सहयोग र समर्थन रहने बताउनु भएको छ। श्री नेपालले सबै मतदाता सहयोगी प्रती पनि आभार प्रकट गर्नुभएको छ ।  वहाँ ले सबै निर्बाचित पदाधिकारी लाई पनि बधाई दिनुभएको छ ।  उपाध्यक्ष्यमा ठाकुर पुडासैनि र सागर कंडेल, महासचिबमा बिजय थापा, सचिबमा मुक्ती दवाडी निर्बिरोध निर्बाचित हुनुभएको छ भने कोसाध्यक्ष्यमा मकर रायमाझी, कम्म्युनिकेसन कोअर्डिनेटरमा जिबन तिवारी निर्बाचित हुनुभएको छ । निर्बाचित सबैलाई निर्बाचित भएको मा र निर्वाचन मा बिजयी हुन नसके पनि प्रजातान्त्रिक परिपाटि अंगाल्दै निर्बाचनमा सहभागि सबै उमेदवारलाई पनि नेपाल मदर डट कम् र अन्तरराष्ट्रिय कलाकार मंचको हार्दिक बधाई, हार्ने जित्ने सबै संगै मिलेर काम गर्ने र ए एन एस् लाई राजनीति बाट टाढा राखेर सन्चालन गर्न सबै मा आग्रह पनि । साथै सफलता पूर्वक आफ्नो कार्यकाल पुरा गर्ने हाम्रा मित्र खेम भट्टचन् र वहाँको टिमलाई पनि हार्दिक बधाई । Photo : Nepalhorizons


                             प्रेस बिज्ञप्ति

आदरणीय बुवा आमा, दाजू भाई तथा दिदी बहिनिहरू 
सादर नमस्कार 

हिजो अक्टूबर ३१ का दिन अमेरिका नेपाल सोसाइटीको ऐतिहासिक चुनाब सम्पन्न भएको l उत्साहपूर्ण जन सहभागिता तथा  सौहाद्रपूर्ण रुपमा सम्पन्न यो चुनाबको साथ साथै दशैं-तिहार मेला पनि सम्पन्न भएको l  तपाईहरु सबैलाई मेरो बधाई l   

यसै  सन्दर्भमा यो चुनाब सम्पन्न गर्नकालागि गठित चुनाब आयोगले बड़ो मेहनत गरी सफलता पूर्बक आफ्नो जिम्मेवारी पूरा गरेको  l  यसकालागि राम मालाकार, कृष्ण सोब, गिरीश पोखरेल तथा होमनाथ सुबेदीलाइ हार्दिक धन्यवाद दिन चाहन्छु l  तपाईहरुले गरेको सहयोगको समाजले अबस्य कृतज्ञता ज्ञापन गरेको

यस अभियानमा  सहयोग गर्नु हुने संपूर्ण साथीभाइहरु, बिशेस गरी  बाल्टीमोर, भर्जिनिया तथा डीसीमाँचुनाबमा सहभागिता जनाएर मत खसाली आदरणीय बुवा आमहरू तथा दिदी बहिनिहरू सबैलाई धेरै धेरै धन्यवाद  l  
अन्तत: मेरो तर्फबाट हुना गएका कतिपय कमी कमजोरीहरुबाट मलाई माया गर्ने साथिहरुलाई पर्न गएको असुबिधा प्रति क्षमा प्रार्थी छू

फेरी पनि तिहारको शुभकामना

प्रकाश नेपाल, भर्जिनिया


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक