20101119

संसदभित्रै जंगली शैलीमा आक्रमण, संसदमा अन्यत्तै खेदजनक कार्य !!!

Breaking News...........
माओवादी उदण्डता अतिवादको पुनरावृत्ति, नेपाली कांग्रेस, एमालेलगायत दलहरूले संसद्‍मा माओवादीद्वारा भएको गतिविधिको निन्दा, माओवादीले आक्रमण गरेको घटनालाई लिएर सभामुखले दोषीलाई कारबाही गर्ने, संसद् अधिवेशन अन्त्य !
माओवादी सभासदहरूले शुक्रबार राति व्यवस्थापिका संसद्मा जे-जस्तो अराजकता मच्चाएका छन्, त्यसले उनीहरूको अतिवादी प्रवृत्तिको पुनरावृत्ति गराएको छ । अर्थमन्त्री, ऊर्जामन्त्रीलगायत सभासदलाई पिट्ने, हातपात गर्ने, बजेट बि्रफकेस तोड्ने, आर्थिक गोप्यताका कागजात च्यात्ने, माइक भाँच्ने.......
लगायतका माओवादी गतिविधि अलोकतान्त्रिक र घोर निन्दनीय छन् । यसबाट लोकतान्त्रिक शासन पद्धतिप्रति उनीहरूको प्रतिबद्धता पुनः सन्देहको घेरामा आएको छ । माओवादी उदण्डता र त्यसैलाई आधार बनाएर कामचलाउ सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि मुलुक पुनः टकरावतर्फ फर्केको छ ।

तीन दलबीच गोकर्ण बैठकमा भएको सहमतिअनुसार संविधान संशोधन गर्ने र राष्ट्रपतिमार्फत बाधा अड्काउ फुकाएर बजेट प्रस्तुत गर्ने पूर्वसमझदारीबाट माओवादी शुक्रबार पछाडि हटेपछि अनिश्चय सुरु भएको थियो । अन्तरिम संविधानको धारा १५८ दुरुपयोग गरी राष्ट्रपतिबाट बाधा अड्काउ फुकाई बजेट ल्याउने दलहरूको सहमति निश्चय पनि गलत नजिर बसाउने किसिमको थियो । त्यसलाई सच्याएर मुख्य दलहरूले नियमित प्रक्रियाबाटै वा संविधान संशोधन गरेर बजेट ल्याउनुपथ्र्यो । तर त्यस्तो सहमति नगरी पूर्ण बजेट ल्याउने सरकारको एकतर्फी प्रयास र आर्थिक वर्षको कुल व्ययको एक तृतीयांश खर्च भइसकेकाले बाँकी दुई तृतीयांश बराबरको बजेटमात्र ल्याउनुपर्ने माओवादीको प्राविधिक अडानले शुक्रबार राति संसद्मा दुर्घटना निम्त्यायो । दल र नेताहरूप्रति जनतामा वितृष्णा बढ्दै गएकामा पछिल्लो घटनाले त्यसलाई थप मलजल गरेको छ ।

हिजोको ँकालो शुक्रबार’ का कारक माओवादी हुन् तर संसद्को अगुवाका हैसियतमा यसको नैतिक जिम्मेवारी सभामुख सुवास नेम्वाङले लिनुपर्छ । सदनभित्र आपराधिक क्रियाकलाप गर्ने सभासदमाथि तत्काल कारबाही गर्ने साहस उनले देखाउनुपर्छ । सबैलाई खुसी राख्न खोज्ने उनको शैलीले परिणामविहीन प्रधानमन्त्री निर्वाचनको ँनौटंकी’ लाई निरन्तरता दिनेदेखि संसद्मा मारपिटसम्म निम्त्याउने काम गरेको छ । बजेट संकट चुलिएका बेला हिजो राति संसद् अवरुद्ध भएपछि अर्को अधिवेशन झन्डै दुई सातापछि मात्र गर्ने उनको घोषणा आफैंमा उदेकलाग्दो थियो, भलै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जारी अधिवेशनकै अन्त्य गरेपछि उक्त निर्णय असान्दर्भिक हुन पुगेको छ ।

बजेट अभावमा मुलुक आर्थिक अराजकतामा फस्न थालेको पृष्ठभूमिमा सरकार संसद् अधिवेशन अन्त्य गरी अध्यादेशको बाटोबाट बजेट ल्याउने तयारीमा जुटेको छ । यसले तत्कालको संकट टारे पनि दीर्घकालीन राजनीतिक संकटको ढोका खोल्ने निश्चितप्रायः छ । थप असहमति चर्कन नदिई फेरि पनि सहमति जुटाउने जिम्मेवारी दलहरूकै हो । जहाँसम्म शुक्रबारको घटना छ, त्यसप्रति माओवादीले तुरुन्त माफी माग्नुपर्छ, संसद्मा हातपात गर्ने आफ्ना सभासदमाथि कारबाही गर्नुपर्छ र लोकतान्त्रिक आचरण व्यवहारमै देखाउनुपर्छ । माओवादी सभासदले गल्ती गरे भन्दैमा सरकार र सत्तारूढ दलहरू पनि अतिवादी बाटोतर्फ होमिनु हुन्न । किनभने शान्ति र संविधान प्राप्तिको समन्वयकारी मार्गले मात्र मुलुकलाई असफल राज्य बन्नबाट जोगाउने छ । त्यसका निम्ति सहमतिको विकल्प अझै पनि सहमति नै हो । - कान्तिपुर विशेष सम्पादकीयः
>>>>>>>>>>>>
संसदमा बजेट प्रस्तुत हुँदा माओवादीले आक्रमण गरेको घटनालाई लिएर सभामुख सुभाष नेम्वाङले दोषीलाई कारबाही गर्ने बताएका छन्। विभिन्न दलका नेताले सभामुख सधै 'साँचिलो' बनिरहने र गतिरोध अन्त्यमा भूमिका नखेल्दा माओवादीले आक्रमण गरेको दोष लगाएपछि उनले कारबाही गर्ने बताएका हुन्। 'आजको संसदमा केही घटना भएको छ। यो नेपालको इतिहासमा दुःखद्, सबैले भर्त्सना गर्नयोग्य र खेदजनक घटना हो। यो घटनाले संविधानसभाभित्र क्षति पनि भएको छ। घटनामा संलग्नहरूलाई नियमबमोजिम अविलम्ब कारबाही गर्छु,' सभामुखले भने।
<<<<<<<<<<<<<<
नेपाली कांग्रेस, एमालेलगायत दलहरूले शुक्रबार मध्यरात विज्ञप्ति प्रकाशित गरी शुक्रबार संसद्‍मा माओवादीद्वारा भएको गतिविधिको निन्दा गरेको छ। 'जसरी हिंस्रक आक्रमण भएको छ, त्यसले नेपालको जननिर्वाचित प्रतिनिधि संस्था र लोकतान्त्रिक पद्दतिमाथि खिल्ली उडाउने काम गरेको छ,' उनीहरुको विज्ञप्तिमा उल्लेख छ। प्रमुख राजनीतिक दलहरूबीच भएको सहमतिविपरीत उनीहरूले यसरी बजेट प्रस्तुत गर्ने बेला संसदमा आक्रमण गर्नुलाई 'लोकतन्त्रविरुद्धको गम्भीर षड्यन्त्र' भएको दलहरूले बताएका छन्। 'यसप्रकारको हिंस्रक क्रियाकलापको हामी निन्दा तथा भर्त्सना गर्छौं। उक्त घटनाका दोषीउपकर कारबाही गर्न सम्मानीय सभामुखसँग आग्रह गर्छौं,' विज्ञप्तिमा भनिएको छ। प्रधानमन्त्रीको चुनावमा माओवादीको पक्षमा रहेका मधेशवादी दल तथा अन्य राजनीतिक दलले समेत माओवादीको गतिविधिको भत्सर्ना गर्दै वक्तव्य जारी गरेका छन्। संसदमा माओवादी सभासदहरुले हातपातसहित अवरोध खडा गरेर बजेट पेश गर्न रोकेपछि मध्यरातमा बसेको मन्त्रिपरिषद्को  आकस्मिक बैठकको सिफारिस बमोजिम राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य भएको घोषणा गरेका छन्। राष्ट्रपतिको घोषणापछि सिंहदरबारमा बसेको मन्त्रिपरिषदको अर्को आकस्मिक बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गर्‍यो। अध्यादेशबाट बजेट ल्याउने निर्णय मन्त्रिपरिषद्को बिहान २ बजे सकिएको बैठकले गरेको हुनाले अध्यादेश प्रमाणित गर्न प्रधानमन्त्री माधवकुमार नेपाल शनिबार बिहान १० बजे राष्ट्रपति भवनमा जाने भएका छन्। राष्ट्रपतिले अध्यादेशमा स्वीकृति जनाएपछि राष्ट्रिय योजना आयोगको सभाकक्षमा अर्थमन्त्रीले अपराह्न ४ बजे बजेट भाषण वाचन गर्ने कार्यक्रम राखिएको छ। यसअघि मध्यरातमा प्रधानमन्त्री र सभामुख राष्ट्रपति निवासमा गएपछि राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्यको घोषणा भएको थियो।
राष्ट्रपति रामवरण यादवले संसद्मा शुक्रबार भएको घटनाप्रति दुःख मनाउ गरेका छन् । चालू संसद् अधिवेशन बन्द गर्ने मन्त्रिपरिषद् निर्णय लिएर गएका प्रधानमन्त्री माधवकुमार नेपालसँग राष्ट्रपति यादवले घटनालाई लिएर दुःख मनाउ गरेका हुन् । संसद्मा भएको घटनाको प्रधानमन्त्री नेपालले राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
'घटना राम्रो देखिएन, नहुनुपर्ने हुन पुग्यो, दुःख लागेको छ भनेर प्रधानमन्त्रीसँग राष्ट्रपतिले भन्नुभयो,' राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले कान्तिपुरसँग भने । राष्ट्रपति यादवले प्रधानमन्त्री नेपालकै सामु संसद् अधिवेशन अन्त्य गर्न गरेको सिफारिसमा साढे १२ बजे हस्ताक्षर गरेको दाहालले बताए ।
 स्रोतका अनुसार प्रधानमन्त्रीले शिविरका लडाकुलाई माओवादीको विस्तारित बैठकमा सहभागी नगराउन सरकारले गरेको भूमिकालाई लिएर माओवादीले बजेट ल्याउन जनाएको सहमति उल्लंघन गरेको राष्ट्रपतिलाई बताएका थिए । 'त्यसपछि पनि मैले बारम्बार सहमतिमा बजेट ल्याउन आग्रह गरें, प्रचण्डले पार्टीभित्र सहमति गर्न सकिन । हामी विरोध गर्छौं, तपाईंहरू बजेट ल्याउनुहोस् भनेका थिए,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'तर घटनाक्रमले अर्कै मोड लिन पुग्यो ।' उनले घटनामा दोषीहरूलाई कारबाही हुनुपर्ने मागसमेत मन्त्रिपरिषद्ले उठाएकोबारे जानकारी गराउँदै वैधानिक बाटो अवरुद्ध गरेपछि अध्यादेशबाट बजेट ल्याउनुपरेको बताएका थिए । शुक्रबार राति अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारले शनिबार बिहान राष्ट्रपति यादवले हस्ताक्षर गरेपछि दिउँसो सार्वजनिक गर्ने भएको छ ।

संसदभित्र माओवादीको तान्डव ! (फोटो फिचर)

smaller text tool icon

 मुलुकले बजेट पाउने तयारीमा रहेकै बेला मुलुकको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीका सभासद्‍हरुले अर्थमन्त्रीको हातबाट बजेट भाषणको व्रिफकेस खोसे। त्यसपछि हातपातमा उत्रिएका माओवादीका कारण बजेट आएन। मध्यरातको संसद भवनमा भएको यो असंसदीय गतिविधिले माओवादीको 'लोकतान्त्रिक अवतरण'माथि प्रश्न खडा गराएको छ। र, हालैका दिनमा विदेशी कुटनीतिक प्रतिनिधिहरुले 'माओवादीमाथि शंका रहेको' भनाईलाई पुष्टी गरेको छ। संसदभित्रका केही दृष्य:













तस्बिर: भाष्वर ओझा र दीपेश श्रेष्ठ, नागरिक
 'अब माओवादीसँग वार्ताको औचित्य छैन'
कांग्रेसले शुक्रबार संसद्मा भएको घटनालाई लिएर अब माओवादीसँग वार्ता गर्नुको औचित्य नरहेको बताएको छ । प्रमुख तीन दलबीचको पूर्वसहमति उल्लंघन गर्दै बजेट ल्याउन नदिन अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको आक्रमण संसदीय इतिहासमै 'जंगली व्यवहार' भएको कांग्रेसको प्रतिक्रिया छ ।
पूर्वसहमति तोडेर माओवादीले शुक्रबार संसद्मा गरेको हमलाले लोकतान्त्रिक पद्धतिमाथि नै खिल्ली उडाएको जनाउँदै कांग्रेसले माओवादी शान्ति प्रक्रियालाई उपयोग गरेर आफ्नो शक्ति जबर्जस्ती स्थापित गर्न खोजेको ठहर गरेको छ ।
कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भौतिक रूपमा आक्रमणमा उत्रिएका माओवादी सभासदलाई सभामुखले कारबाही नगरे माओवादीसँग संवादको औचित्य नरहने बताए । 'माओवादीको यो शैली घोर अप्रजातान्त्रिक व्यवहार हो, यो लोकतन्त्रमाथिकै प्रहार हो,' पौडेलले कान्तिपुरसँग भने, 'यो एउटा अर्थमन्त्रीमाथि नभएर संविधानसभामाथिकै हमला हो । यो उच्छृंखल व्यवहार गर्नेलाई सभामुखले जसरी पनि कारबाही गर्नुपर्छ ।'  पूर्वअर्थमन्त्री रामशरण महतले 'माओवादी गुन्डागर्दीको बन्दी संसद् बन्न नसक्ने भन्दै दोषीमाथि कारबाही नभएमा संसदीय पद्धतिकै खिल्ली उड्ने' बताए ।
'यो हमला जंगली र अभद्र व्यवहार हो, माओवादीको असली चरित्र प्रदर्शन भएको छ,' महतले भने, 'यो संसद् र जनप्रतिनिधिलाई बदनाम गराउने नियोजित षड्यन्त्र हो ।' महतले माओवादी शान्ति प्रक्रियालाई उपयोग गरेर आफ्नो शक्ति कायम राख्न खोजेको आरोप
लगाए । 'यो घटनाले ऊसँगको वार्ताको औचित्यसमेतमा प्रश्न खडा भएको छ,' महतले भने ।


बि्रफकेसलाई ३ लात्ती हाने
रामचन्द्र पौडेल

नियमित रूपमा बजेट ल्याउने सरकारको तयारी भएपछि माओवादीले रचनात्मक विरोध गर्ने भन्ने थियो । हामीले सोचेका थियौं, रोस्टम घेर्ने होला । रोस्टम घेर्ने पुरानो परम्परा पनि हो । माओवादीले आज पनि त्यही गर्लान् भन्ने ठान्यांै । तर उनीहरूले एकैचोटि शारीरिक हमला गरे । घटना हेर्दा पूर्वनियोजित जस्तो लाग्यो । यो घटना प्रहरी चौकी कब्जा गर्न आएजस्तो गुरिल्ला आक्रमण थियो । सुरुमा अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई घेरे । उनको साथमा रहेको बि्रफकेस खोसे । बि्रफकेसलाई तीन पटकजति लात्तीले हाने । त्यसपछि अगाडि बसेका साथीहरू सुरक्षित भएनौं । म बसेको टेबुलमा आएर तोडफोड सुरु भयो । मलाई मर्यादा पालकले बाहिर निकाले । यो घटनाविरुद्ध हाम्रा महिला सभासदहरूले आवाज उठाएका थिए । यो हिंस्रक भीड थियो र सुनियोजित रूपमा यो आक्रमण भएको हामीलाई आभास हुन्छ ।

कारबाही गर्छु: सभामुख
सभामुख सुवासचन्द्र नेम्वाङले शुक्रबार सदनमा मन्त्रीहरूमाथि भएको आक्रमणको घटनामा संलग्न माओवादी सभासदलाई कारबाही गर्ने बताएका छन् । 'व्यवस्थापिका संसद्मा जे घटना घटेको छ, नेपालको संसदीय इतिहासमा दुःख र सबैले भत्र्सना गर्नुपर्ने खेदजनक छ,' संसद् भवनबाट बाहिरिँदै गर्दा सभामुख नेम्वाङले भने, 'घटनाको आवश्यक छानबिन गरिरहेको छु, नियमबमोजिम कारबाही हुन्छ ।'
सदनमा कुटपिट र लछारपछार भएको उल्लेख गर्दै उनले भने, 'यसप्रति म दुःख र खेद व्यक्त गर्छु ।' घटनापछि माओवादीबाहेक सबै दलले खेद व्यक्त गरेका छन् । सभामुखको भूमिकालाई लिएर पनि असन्तुष्ट छन् । माओवादीले सदनमा 'ताण्डव नृत्य' गर्दासमेत सभामुख मूकदर्शक बनेको उनीहरूको आरोप छ । 'सभामुखको हैसियतमा रुलिङ हुनुपथ्र्यो,' ऊर्जामन्त्रीसमेत रहेका कांग्रेस नेता प्रकाशशरण महतले भने, 'यो दुर्भाग्यपूर्ण हो ।'

घटना नियोजित:  खनाल
एमाले अध्यक्ष झलनाथ खनालले माओवादीले संसद्भित्र गरेको घटनाप्रति आपत्ति जनाउँदै संलग्नहरूलाई कारबाही माग गरेका छन् । उनले सहमतिविपरीत गएर माओवादी सभासदबाट निन्दनीय घटना भएको उल्लेख गर्दै यसले राजनीति नै प्रभावित पारेको बताए ।
'माओवादी सभासदले जुन ढंगको भूमिका खेले त्यो दुःखद र निन्दनीय छ,' उनले भने, 'यो घटना नियोजित छ, यस्तो गतिविधि सञ्चालन गर्नेमाथि कडा कारबाही हुनुपर्छ ।' उनले सहमतिको प्रयास भइरहेका बेला घटना आकस्मिक रूपमा भएको बताए । 'गोकर्ण वार्तापछि हामीहरूबीच सहमतिअनुसार बजेट ल्याउने कुरा भएको थियो,' उनले भने, 'त्यहीअनुसार प्रक्रिया अघि बढेको थियो, 'अकस्मात कसरी भयो यसको गम्भीर छानबिन हुनुपर्छ ।'

'सोचेभन्दा बढी भयो'
वर्षमान पुन
दुनियाँमा प्रतिपक्षले बजेटको समर्थन गर्दैन । तर हामीले समर्थन गर्‍यौं । त्यसैका आधारमा संविधान संशोधन गर्ने र विशेष बजेट भएकाले नयाँ सरकार आउँदा पेस गर्न मिल्ने गरी बजेट ल्याउने सहमति भएको हो । सरकारले भने सहमतिविपरीत नयाँ कार्यक्रमसहित पूर्ण बजेट ल्याउन खोज्यो । पूर्ण सरकारले जस्तो गरी बजेट ल्याउने, नभए एकतर्फी रूपमा अध्यादेशबाट पूर्ण आकारको बजेट ल्याउने पूर्वतयारी सरकारले गर्‍यो । यस्तै हो भने हामी विरोध गर्छौं भनेर बेल घेर्ने र नाराबाजी गरी बजेट रोक्ने हाम्रो योजना थियो । आज -शुक्रबार) को बजेट रोकिए भोलि सहमति खोज्न सकिन्छ भन्ने हामीलाई लागेको थियो । तर अर्थमन्त्रीले जसरी पनि बजेट प्रस्तुत गर्न खोज्नुभयो । कांग्रेसका मन्त्री र अरू सभासद पनि भिड्न आउनुभयो । केही धक्कामुक्की भयो । बि्रफकेस फुटाउने योजना थिएन । यो सरकारले सिर्जना गरेको हो । बजेटको भावना र संविधान संशोधनको भाषामात्रै मिलेको थिएन । त्यसमा छलफल गरेर सहमति खोज्नेभन्दा पनि अध्यादेशबाट बजेट ल्याउने पूर्वतयारी सरकारले गर्दा यस्तो घटना हुन गयो । हामीले सोचेभन्दा बढी भयो । हामीमाथि पनि आक्रमण भएको छ । त्यसको भिजुयल हेरे सबैलाई थाहा हुन्छ । त्यसैअनुसार छानबिन होस् भन्नेमा हामी पनि छौं ।
बजेट पेश गर्न शुक्रबार राति ड्यासमा जाँदै गरेका अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई माओवादी सभासद्हरुले रोकेर हातपात गरेको घटनाप्रति सर्वत्र भर्त्सना भएको छ ।
सभामुख सुवासचन्द्र नेम्वाङः आजको घटनाले मलाई गम्भीर बनाएको छ । दोषिलाई कारबाही हुन्छ ।
प्रधानमन्त्री माधवकुमार नेपालः आजको घटनाले संसदीय व्यवस्थाकै अपमान गरेको छ । सरकारले बजेट ल्याउनेबारे भोलिदेखि फेरि छलफल गर्छ ।
एमाले अध्यक्ष झलनाथ खनालः आज संसदमा अन्यत्तै खेदजनक कार्य भएको छ । यसको एमाले भर्त्सना गर्दछ । दोषिलाई कारबाही हुनुपर्छ ।
अर्थमन्त्री सुरेन्द्र पाण्डे: मलाई हातपात भयो । ब्रिफकेस माओवादी सभासद्हरुले खोसे । गोकर्णमा भएको तीन दलका शीर्ष नेताहरुको बैठकमा नियमति बजेट ल्याउन सहमति भएको थियो । ब्रिफकेस खोसियो । दस्तावेज पनि खोसियो । गोप्य दस्तावेज टुक्राटुक्रा पार्ने काम गरियो ।
गृहमन्त्री भीम रावलः हात्तीवनदेखि शान्तिमन्त्रालयसम्म भएको वार्तामा बजेट ल्याउने विषयमा हामी प्रतिवद्ध भएका छौं । गोकर्णमा नयाँ कार्यक्रम नथप्ने गरी बजेट ल्याउने सहमति भएको थियो । प्रधानमन्त्रीले प्रचण्डसँग पाँच पटक वार्ता गर्नुभयो । जुन आज गम्भीर घटना भएको छ । हामी गम्भीर भएर छलफल गर्छौं । छानबिन पनि गर्छौं ।
ऊर्जामन्त्री प्रकासशरण महतः जसरी अर्थमन्त्री मलगायत कांग्रेसको बेन्चमाथि आक्रमण गर्ने कोशिस भयो । यसको जति निन्दा गर्दा पनि कम हुन्छ । आजको घटनाले माओवादीसँग जति सम्झौता गरे पनि पालना हुँदैन भन्ने स्पष्ट भएको छ । माओवादीहरुबाट लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रहार भएको छ । यसको पूर्णरुपमा सभामुको हैसियले आफ्नो रुलिङ हुनुपर्दथ्यो । यो दुर्भाग्यपूर्ण छ ।
सञ्चारमन्त्री शंकर पोखरेलः लोकतन्त्रवादीहरुका लागि आजको दिन कालो दिन सावित भएको छ । माओवादीसँगको सहमतिमा नै बजेट ल्याउन लागेको थियो । माओवादीले अन्तिम समयमा आफ्नो सहमति भंग गर्न पुग्यो । त्यसैले सरकारले नियमित बजेट ल्याउन खोजेको थियो । लोकतान्त्रिक व्यवस्थालाई लज्जित बनाइएको छ ।
पूर्व अर्थमन्त्री रामशरण महत: माओवादीले असली चरित्र देखाउनुभयो । सारा संसारको अगाडि आफ्नो चरित्र उदांगो पार्नुभएको छ । माओवादीसँग वार्ता गर्नुको वार्ता सहकार्यको सम्भावना क्षीण छ । अब संसद बन्द गरेर अध्यादेशबाट बजेट घोषणा गर्नुपर्छ । भौतिक आक्रमणमा उत्रिएका सभासदहरुलाई सभामुखले निलम्बन गर्नुपर्छ ।
सीपी मैनालीः संसदभित्रै जंगली शैलीमा आक्रमण भएको छ । सभामुखले गम्भीर भएर निर्णय लिनुपर्छ । हमलामा संलग्न भएकालाई निलम्बन गर्ने या कानुनी कारबाही गर्नुपर्छ - Source - Our Representative/ Ekantipur/Nagarik

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक