20101205

"भारतले नेपालका माओवादीलाई आफ्नो पक्षमा ल्याउन पैसा, सवारी साधनका साथै अन्य महत्वपूर्ण चिजहरु दिएको विकिलिक्सको खुलासा"

माओवादीले एकदलीय अधिनायकवादी व्यवस्था लाद्न तथा सेना समायोजनको नाममा सत्ताकब्जा गर्न चाहेको आरोप 
गतवर्ष भएको छलफलमा उच्च अमेरिकी कूटनीतिज्ञ र भारतकी विदेशसचिव निरुपमा रावबीच भारतले नेपालका माओवादीलाई आफ्नो पक्षमा ल्याउन पैसा, सवारी साधानका साथै अन्य महत्वपूर्ण चिजहरु दिएको भए पनि प्रयास सफल नभएको प्रसंग खुलासा भएको छ । विकिलिक्स वेबसाइटका अनुसार विशेष प्रतिनिधि होल्ब्रुकले भारतीय विदेशसचिव निरुपमा रावसँग अफगानिस्तान र पाकिस्तानबारे छलफल गर्ने क्रममा नेपाली माओवादीको प्रंसग जोडिएर आएको हो । गत जनवरी २८ मा अमेरिकी राष्ट्रपति बाराक.....
ओबामाका अफगानिस्तान र पाकिस्तान मामिलासम्बन्धी विशेषदूत रिचर्ड होल्ब्रुक र रावबीच नयाँदिल्लीमा भेट भएको थियो । भेटमा भारतीय विदेशसचिव रावले अफगानिस्तानका उग्रवादी तालिवानलाई आर्थिक सहयोग दिएर आफ्नो पक्षमा ल्याउने प्रयास असफल हुने तर्क गर्ने क्रममा नेपालका माओवादीलाई उदाहरण बनाएकी थिइन् । भारतले नेपाली माओवादीलाई आर्थिक सहयोगसहित त्यस्तै प्रयास गर्दा त्यो विफल भएकाले अफगानिस्तानमा पनि त्यस्तो तरिका सफल नहुने उनको दाबी थियो । टीभी च्यानल अलजजिरालाई अन्तर्वार्ता दिने क्रममा नेपालका माओवादीलाई राजनीतिक मूलधारमा ल्याउन भारतले गरेको प्रयासबारे झन्डै दुई वर्षअघि तत्कालीन भारतीय विदेशमन्त्री र हालका अर्थमन्त्री प्रणव मुखर्जीले उल्लेख गरेका थिए । विकिलिक्सले सार्वजनिक गरेको पछिल्लो विवरणमा भने माओवादीप्रति भारतीय असन्तुष्टि स्पष्टसँग झल्किन्छ । छलफलका क्रममा अफगानिस्तानमा चीनको गहिरो रुचि भए पनि दक्षिण एसियामा उसले ध्यान केन्द्रित नगर्ने त्यसमा जनाइएको छ । भारतीय विदेशसचिवले आफ्ना प्रधानमन्त्री मनमोहन सिंहसँग जलवायु परिवर्तनसम्बन्धी कोपनहेगन सम्मेलनमा भेट हुँदा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले दक्षिण एसियामा मध्यस्थको भूमिका खेल्ने चीनको कुनै मनसाय नरहेको बताएको उल्लेख गरेकी छन् । विकिलिक्सले प्रकाशन गरेको उक्त सूचना नयाँदिल्लीस्थित अमेरिकी दूतावासले पठाएको विवरणमा आधारित हो । काठमाडौंस्थित अमेरिकी दूतावासबाट पठाइएको भनिएका २ हजार २ सय ७८ वटा नेपालसँग प्रत्यक्ष सम्बन्धित कागजात भने विकिलिक्सले सार्वजनिक गरिसकेको छैन ।
राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले राजनीतिक तरलताका कारण नेपालमा पुनः तोकिएको समयमा संविधान निर्माण हुन नसक्ने बताएका छन् । कार्यकर्ता भेटघाटका लागि महोत्तरी आएका नेता लोहनीले जलेश्वरमा आयोजित पत्रकार सम्मेलनमा देशका ठूला राजनीतिक दलहरु सत्तामोह र प्रधानमन्त्री बनाउने चलखेलमा फसेको बताउँदै अहिलेको गतिलाई हेर्दा पुनः तोकिएको अवधिमा संविधान बन्न नसक्ने दाबी गरेका छन् । उनले एकीकृत नेकपा माओवादी संविधान निर्माण र शान्ति स्थापनामा प्रमुख अवरोधका रुपमा रहेको बताउँदै माओवादीले एकदलीय अधिनायकवादी व्यवस्था लाद्न तथा सेना समायोजनको नाममा सत्ताकब्जा गर्न चाहेको आरोप लगाएका छन् ।
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक