20101205

जब असिना प्रसाद र मुन्द्रे आफ्नो कलाकार टोलीका साथ कुस्ठ रोगीकोमा पुगेर कम्मल, तन्ना र रुमाल बाँढ्न थाले, कुस्ठ रोगी खुशीले रमाए !

imageकाठमाडौं/ सानै किन नहोस् राम्रो कामको सबैले मुक्त कण्ठले प्रसँसा गर्नुपर्छ ।  जिरे खुर्सानीले आइतबार तिलगंगास्थित सशक्तीकरण तथा विकास नेपाल -रिड नेपाल) नामक संस्थामा आश्रति कुष्ठ रोगपीडितलाई ३०-३० थान कम्मल, तन्ना र रुमाल हस्तान्तरण गरेको छ । जिरे खुर्सानीका कलाकार तथा निर्देशक जितु नेपालले बेल्जियमको ग्रेज सहरमा बस्दै आएका नेपालीले दसैँ मनाउनका लागि जिरे खुर्सानी युनिटलाई पठाएको २० हजार रुपैयाँमा केही रकम थपेर लत्ताकपडा सहयोग गरेको बताए । 'मंसिर-पुसको जाडोमा बिरामीलाई थोरै भए पनि राहत.....
होस् भनेर यो सहयोग गरेका हौँ,' उनले भने, 'असहाय गरिब, दःुखी, अपांगलाई यस्तै गरी सहयोगको अभियान चलाउनेछौँ ।' कलाकारिताको माध्यमबाट मनोरञ्जन मात्रै होइन समाजप्रतिको उत्तरदायित्य पनि बहन गर्नुपर्ने हुनाले यसप्रकारको काममा हात बढाएको उनले बताए । अर्का निर्देशक तथा हास्यकलाकार शिवहरि पौडेलले आफूहरूलाई पठाएको रकम पुण्य काममा लगाउन पाउँदा खुसी लागेको बताउँदै भने, 'आगामी दिनमा पनि यस्तैगरी सहयोग गर्नेछौँ । यसमा दर्शकको साथ पनि उत्तिकै चाहिन्छ ।' कुष्ठ रोगीको निःशुल्क उपचारका साथै असहाय रोगीलाई आश्रय दिँदै आएको रिड नेपालका सञ्चालक राजकुमार साहले जिरे खुर्सानीले अपांगलाई सहयोग गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको बताए । कार्यक्रममा जिरे खुर्सानीका शिवहरि-जितुका अलावा मनोज आचार्य, गोपाल नेपाल फिस्टे, देवीराम पराजुली, नीरज नेपाल, छायांकार मनराज श्रेष्ठ गुर्जुधारा लगायतको उपस्थिति थियो । यो टेलिशंृखलाको युनिटले यसअघि पनि शृंखलाले ३०० भाग पूरा गरेको अवसरमा खगेन्द्र नवजीवन विशेष शिक्षा मावि जोरपाटीमा एक सांस्कृतिक कार्यक्रम आयोजना गरेर सो स्कुलमा अध्ययरत ३ सय विद्यार्थी तथा शिक्षकलाई मनोरञ्जनका साथ जलपान गराएको थियो ।

1 comment:

  1. good job jiray khorshani team.i like you are help.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक