20101205

आफूलाई उपसभापति बनाउने नेतृत्वले आश्वासन दिएकाले सो नभए जे पनि हुन सक्ने सुजाताको चेतावनी

माओवादीले विशेष अधिवेशन डाक्न निवेदन दर्ता गर्ने
उपप्रधान तथा परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेसको कार्यसमिति विस्तारका क्रममा आफूलाई उपसभापति बनाउने नेतृत्व तहले आश्वासन दिएकाले सो नभए जे पनि हुन सक्ने चेतावनी दिनुभएको छ। सुनसरीको रामनगर भुटाहा र इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा पत्रकारहरुसँग कुरा गर्दै नेतृ कोइरालाले उक्त चेतावनी दिनुभएको हो। म जे बोल्छु त्यो गर्छु -गिरिजाबाबुको सिद्धान्त नेपाली कांग्रेसको पनि सिद्धान्त हो। त्यसैले मलाई विश्वास छ नेतृत्व तहले मलाई दिएको बचन पूरा गर्ने छ -उहाँले भन्नुभयो। यदि वचन...
पूरा हुँदैन भने परिणाम नराम्रो हुनॆ उहाँले चेतावनी दिनुभयो। पदाधिकारी मनोनयनमा धेरै छलफल भए पनि टुंगोमा नपुगेको कोइरालाले जानकारी दिनुभयो। समझदारी र समन्वयमा पदाधिकारी चयन गर्नुपर्ने आफ्नो धारणा रहेको बताउँदै नेतृ कोइरालाले सबैलाई मिलाएर लानुपर्ने चुनौती नेतृत्व तहलाई रहेकाले सहमतिका आधारमा काम नभए दुर्घटना हुनसक्नेसमेत बताउनुभयो।
                प्रमुख विपक्षी नेकपा एकीकृत माओवादीले थाँती रहेको प्रधानमन्त्री चयन प्रक्रिया पुरा गर्न नियमित नसके विशेष अधिवेशन गर्न पहल गर्ने घोषणा गरेको छ। माओवादीको पदाधिकारीहरुको आइतबारको बैठकले संसदको नियमित हिउँदे अधिवेशन तत्काल बोलाउन पहल गर्ने, त्यो प्रयास सफल हुन नसके विशेष अधिवेशन डाक्न निवेदन दर्ता गर्ने निर्णय गरेको छ।बजेट पेश गर्न संसदको रोष्ट्रममा जाँदै गरेका अर्थमन्त्रीमाथि माओवादीले हातपात गरेपछि सरकारले दुइ साता अघि मध्यरातमा संसद अधिवेशन अन्त्य गरेको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक