20101213

पारस शाहलाई तत्काल गिरफ्तार गरी कारवाही गर्न माग !

Breaking News.......
यदी पारस भनिए झै दोशी हुन भने दोश अनुसार र कानुन नियम अनुसार कडा कारबाही गरी "गल्ती गरे जो कसैलाई पनि कारबाही हुन्छ" भनेर सन्देश दिनु पर्छ, दण्डहीनताको अन्त्य गरिनु पर्छ ।
 नेपाली कांग्रेसले पूर्वयुवराज पारस शाहलाई तत्काल गिरफ्तार गरी कारवाही गर्न माग गरेको छ। चितवन राष्ट्रिय निकुञ्ज स्थित टाइगर टप्स होटलमा शनिबार राति उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको छोरी ज्वाईं रुवेल चौधरीमाथि गोली चलाएको स्वीकार गर्ने शाहलाई गिरफ्तार नगरेकोमा उसले आश्चर्य प्रकट गरेको छ। चितवन राष्ट्रिय निकुञ्ज स्थित टाइगर टप्स होटलमा शनिबार राति उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको छोरी ज्वाईं रुवेल चौधरीमाथि पूर्व युवराज पारस शाहले गोली चलाएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 'गोली चलाई आक्रमण गरेको घटना स्वीकार गरिसकेका दोषी पारसमाथि अहिलेसम्म कारबाही नगरिनु आश्चर्यजनक छ', कांग्रेस सभापति सुशील कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ- 'दोषी शाहलाई तत्काल....
गिरफ्तार गरी कारबाही गर्न र यस प्रकारको घटना पुनः दोहोरिन नदिन कांग्रेस सरकारसँग जोडदार माग गर्दछ।'
गृह मन्त्रालयले पूर्व युवराज पारश शाहले चितवनमा उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँमाथि गोली चलाएकोबारे छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । पूर्व युवराज पारस शाहले कांग्रेस नेतृ सुजता कोइरालाको छोरी ज्वाईं माथि गोली चलाएको सन्दर्भमा कांग्रेस सभापति कोइरालाले राजनीतिक भेटघाट गरेका छन् । पारसमाथि हुनसक्ने कारबाही लगायत सन्र्दभमा सभापति कोइरालाले सोमबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेको बुझिएको छ । मुख्य दल तथा सरकारसँग छलफल गरी पारस माथि कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष सहित कोइरालाले परामर्श थालेको स्रोतको भनाई छ । अध्यक्ष दाहाललाई भेट्न कोइराला बिहान नयाँ बजार स्थित दाहाल निवास पुगेका थिए ।

प्रहरी नायव महानिरीक्षक गंगाप्रसाद पाण्डेको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ । समितिमा प्रहरी बरिष्ठ उपरीक्षक रणबहादुर चन्द र सह-अनुसन्धान निर्देशक अर्जुन केसी सदस्य छन् । उपप्रधानमन्त्री कोइरालाका ज्वाइँ रुवेल चौधरीसित भएको आपसी विवादका क्रममा पूर्व युवराज पारशले चितवनको टाइगर टप्स होटलमा शनिबार राति गोली चलाएका थिए । गृह मन्त्रालयले उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सुरु गरिसकेको जनाएको छ । 'गैरकानुनी कार्य गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गर्न गृह मन्त्रालय दृढ छ,' गृह प्रवक्ता जयमुकुन्द खनालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

       पूर्व युवराज पारस शाहले चितवनको टाइगरटप्स होटलमा फायरिङ गरेको घटनाको चितवन प्रहरीले छानबिन थालेको छ। डीएस्पी रविराज खड्काको नेतृत्वमा एक टोली गठन गरी प्रहरीले स्थलगत अध्ययन सहित छानवीन थालेको हो। घटना अनुसन्धान गर्न प्रहरी टोली आइतबार होटल पुगेको छ। 'के कसरी घटना भयो होटलबाट जानकारी लियौं अब यसैबाट थप अनुसन्धान अगाडि बढ्छ ',खड्काले नागरिकन्युजसँग भने। प्रहरी निरिक्षक मदन थापा, सूर्य श्रेष्ठ लगायत तीनजना भने घटनाको यथार्थ बुझ्न बिहानै होटल पुगेका थिए। होटलबाट फर्केर भन्न मिल्ने कुरा मात्रै मिडियाकर्मीलाई जानकारी दिइने उनले बताए। प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले घटना भएको भन्ने आफुले थाहा पाएकाले बुझ्दै गरेको बताए। 'घटना कसरी भयो भन्ने छानबिन टोली फर्केपछि थाहा हुन्छ'- उनले भने।

पारसको वक्तव्य

म मेरो परिवारका सदस्यहरुसँग आफ्ना धादिङ एवं सर्लाहीको कार्यक्रम सकी चितवनस्थित टाइगर टप्समा रात विताउने क्रममा सो रिसोर्टको रेष्टुरेन्टमा रात्री खाना खाइरहेको समयमा केही अन्य आगन्तुक पनि सोही स्थानमा बसिरहेको बखत एक जना बंगलादेशी नागरिक र अन्य एक भारतीय नागरिक मसँग आई कुराकानी गर्न थाले । र, मैले निभाएको पुरानो भूमिका र मैले प्रतिनिधित्व गरेको संस्थाको बारेमा अनर्गल एवं उत्तेजनात्मक टिप्पणी सुरु गरे ।

सो भलाकुसारीलाई आफ्नो क्षमताले भ्याएसम्म मैले शान्त गर्ने प्रयास गर्दागर्दै पनि उनीहरुको उत्तेजना रोकिएन । यही क्रममा उनीहरुसँग आएका अन्यहरुले समेत सो बंगलादेशी र भारतीय नागरिकलाई शान्त गर्ने प्रयास गरे पनि उनीहरु अझ उत्तेजित भई म र मेरो परिवार एवं नेपालप्रति अति नै घृणित शब्दहरु प्रयोग गरी पेश आएपछि म सो रेष्टुरेन्टबाट बाहिर निस्की धेरैबेर एक्लै बसिरहे । सो कुराकानीबाट म बाहिर निस्किएको करिव आधा घन्टापछि मेरो परिवारलगायत रेष्टुरेन्टमा रहेका अन्य सम्पूर्ण आगन्तुकहरु गइसकेको अवस्थामा आफ्नो र देशको अपमान सहन नसकी क्रोधमा आफूसँग रहेको पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको हुँ तर सो हवाई फायर कुनै पनि व्यक्ति र टाइगर टप्सको भौतिक संरचनाप्रति लक्षित नभएको यथार्थ सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई जानकारी गराउन चाहन्छु ।

- पारश शाह, निर्मल निवास, महाराजगञ्ज, काठमाडौं, नेपाल

 रुबेलको भनाई 
हामि सपरिवार हिजो चितवनको टाइगर टप गएका थियौ । त्यहाँ पारस शाह पनि आएका रहेछन् । टाइगर टप होटलले आफ्नो ईतिहासको बारेमा जानकारी दिने उद्देश्यले गरेको वि्रफिङ्गमा पारस र मेरो देखादेख भयो । उनले मलाई चिनेका रहेछन् । त्यहाँ खासै कुरा भएन । राती करिब साढे दश-एघार बजेको थियो म खाना खान एउटा टेबुलमा बसेको थियो । पारस पनि मसँगै टेबुलमा आएर बसे । सँगै टेबुलमा बसेर पारसले एकछिन एक दमै भद्र ढंगले कुरा गर्दै मेरो र परिवारको प्रशंसा गरे ।
कुराकानीकै क्रममा उनले मलाई भने-आज म तपाईलाई जीन्दगीमै नदेखेको कुरा देखाई दिन्छु । त्यती बेला करिब रातीको १२ बजी सकेको थियो होला उनले फेरि भने अब तपाई र म बाघ हेर्न जंगलमा जानु पर्छ । तर मैले उनको यो प्रस्तावलाई स्विकार गर्न सकिन । म काठमाडौबाट आएको थाकेको थिए । आराम गर्न चाहन्थे । फेरि परिवार पनि सँगै भएकोले मैले एक्लै छाडेर जान उपयूक्त सम्झिन र पारसलाई म थाकेको छु आज नआउ भनेर आग्रह गरे ।
त्यसपछि त पारस आक्रोसित बन्दै नानाथरी भन्न थाले । तिमिहरुकै सन्तान होईन राजसंस्था खत्तम पार्ने हामिलाई यो अवस्थामा पुर्याउने तैले पनि यहाँ बसेर निक्कै चलखेल गरेको छस् ।
दुईवटा बन्दुक बोकेका पारसले एउटा मेरो कन्पट्टी र अर्को माथि देखाउँदै जान्छस् भने हिड नभए तलाई पनि सिध्याई दिन्छु । तेरी श्रीमतीलाई पनि कोठामा गएर गोली ठोकी दिन्छु भन्दै आकास तिर तेसा्रएको बन्दुक फायर गरे ।
मेरो त सातो पुत्लो गइसकेको थियो । तर पारसको गार्ड र होटलका कर्मचारीहरुले हामीलाई बचाएर होटलबाट जंगलको बाटो भएर रातारात भगाएर स्थानीय चौधरी बस्तीमा सुरक्षित साथ पुर्याए । अहिले हामी स्थानीय चौधरी बस्तीमा छौ । यहाँ सुरक्षा दिएर राखिएको छ । सुन्नमा आए अनुसार पारसले अहिले पनि त्यसलाई नमारी छाडदिन भनेर आफ्ना मानिसहरुलाई परिचालन गरिरहेका छन् ।

रिपोर्टस क्लबको साइट, इन्डियन एक्सप्रेस र द हिमालयन टाइम्स, अन्नपूर्ण पोस्ट, कान्तिपुर, नागरिकमा आएको समाचार
रिपोर्टस क्लबको साइट, इन्डियन एक्सप्रेस र द हिमालयन टाइम्स, अन्नपूर्ण पोस्ट, कान्तिपुर, नागरिकमा आएको समाचार अनुसार चितवनको एउटा जंगल रिसोर्टमा घटना भएको रहेछ। कोइरालाकी छोरी मेलानी र ज्वाइँ रुबेल चौधरी र एक वर्षका एक छोरासहित केही साथीहरु चितवनको टाइगर टप्स जंगल रिसोर्टमा शुक्रबार राति बसेका रहेछन्। उनीहरुका साथ एभरेस्ट होटलका मालिक सरिक लारी र उनको परिवार पनि थिए। त्यसैगरी पारस, उनकी पत्‍नी हिमानी, उनीहरुका दुई सन्तान र कजन आदर्श शाह पनि त्यहीँ बसेका रहछन्। उनीहरुसँग सुरक्षा गार्ड पनि रहेछन्। पारसले सुजाताको ज्वाइँको समूहसँग बारमा भेटेछन् र देशको राजनीतिको बारेमा कुरा गर्न उक्साएछन्। सुजाताको ज्वाइँको समूहले राजनीतिको बारेमा कुरा गर्न अस्वीकार गरेपछि पारसले तिमीहरुले हो राजतन्त्र उन्मूलन गरेको भन्दै कोइराला परिवारलाई नानाथरी भनेछन्। त्यतिबेलासम्म खास केही बिग्रिसकेको थिएन। तर जब पारसले चौधरी र उनीहरुका साथीलाई मध्यरातमा जंगलमा सफारी गर्न जाउँ भने र चौधरीले थाकिसकेँ भन्दै त्यसलाई अस्वीकार गरे, पारसले आफ्नो कोल्ट रिभल्वरले उनलाई ताके। प्रत्यक्षदर्शीहरुका अनुसार सुरक्षाकर्मीहरुले हस्तक्षेप गर्दाको बखतसम्म पारसले हवाइ फायर गर्न थालिसकेका थिए। अप्रिय स्थिति आउन नदिन चौधरी र उनीहरुको समूहलाई रिसोर्ट बाहिर लुकाउन लगियो। होटलका जनरल म्यानेजर यादव वान्तवा स्वयं चौधरीसँगै बसे। बिहान हुनेबित्तिकै उनीहरुलाई त्यहाँबाट जान सल्लाह दिइयो।

3 comments:

  1. good job paras ,tyo bangali lai dammai kanchat ma goli hannu parne

    ReplyDelete
  2. कांग्रेस को विज्ञप्ति पढेपछि त यस्तो लाग्दछ कि कांग्रेस लाई कसैले सार्वजनिक स्थान मा गोलि चलाएको पिर भन्दा पनि सुजाता को ज्वाई भनेर धेरै चिन्ता लागेको छ. पारश शाहा गलत थिए उनको व्यक्तिगत आचरण पहिलेबाट नै असन्तुलित थियो कहिले राजकुमार को रवाफमा त अहिले भू : पू राजकुमारको . मलाई कांग्रेस संग सोध्न मन लागेको के कुरा भने शुशील कोइराला जी आज उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेन चौधरी (जो बंगलादेशी नागरिक हुन्) को ठाउमा रुबेन बहादुर भयको भय के तपाईहरुको चिन्ता उतिनै हुन्थ्यो त ! के सामान्य नागरिक माथि भयाको आन्याया मा तपैहरुले चार लिएँ को वक्तव्य निकाल्नु हुन्थ्यो त .

    वक्तव्यमा चितवन वन राष्ट्रिय निकुञ्ज स्थित टाइगर टप्स होटलमा यही मंसिर २५ गते राति— नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाको छोरी ज्वाइँ रूवेल चौधरी राख्नु को सट्टा सार्वजनी ठाउमा गोलीकाण्ड गर्ने पूर्व युवराज पारस शाहमाथि कारवाही होस् भने भए साहेद राम्रो हुने थियो कि !
    सामान्य नागरिक लाई हतियार लियर सार्वजनिक ठाउमा जान नेपालको कानुन ले दिदैन ऐरे गैरे जो माथि गोलि चलायको भय पनि पारश शाह ले नेपालको कानुन विपरित गैर कानुनी हर्कत गरेकाले उनीमाथि कारवाही भने पक्कै होस् भन्ने मेरो पनि माग छ

    ReplyDelete
  3. कांग्रेस को विज्ञप्ति पढेपछि त यस्तो लाग्दछ कि कांग्रेस लाई कसैले सार्वजनिक स्थान मा गोलि चलाएको पिर भन्दा पनि सुजाता को ज्वाई भनेर धेरै चिन्ता लागेको छ. पारश शाहा गलत थिए उनको व्यक्तिगत आचरण पहिलेबाट नै असन्तुलित थियो कहिले राजकुमार को रवाफमा त अहिले भू : पू राजकुमारको . मलाई कांग्रेस संग सोध्न मन लागेको के कुरा भने शुशील कोइराला जी आज उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेन चौधरी (जो बंगलादेशी नागरिक हुन्) को ठाउमा रुबेन बहादुर भयको भय के तपाईहरुको चिन्ता उतिनै हुन्थ्यो त ! के सामान्य नागरिक माथि भयाको आन्याया मा तपैहरुले चार लिएँ को वक्तव्य निकाल्नु हुन्थ्यो त .

    वक्तव्यमा चितवन वन राष्ट्रिय निकुञ्ज स्थित टाइगर टप्स होटलमा यही मंसिर २५ गते राति— नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाको छोरी ज्वाइँ रूवेल चौधरी राख्नु को सट्टा सार्वजनी ठाउमा गोलीकाण्ड गर्ने पूर्व युवराज पारस शाहमाथि कारवाही होस् भने भए साहेद राम्रो हुने थियो कि !
    सामान्य नागरिक लाई हतियार लियर सार्वजनिक ठाउमा जान नेपालको कानुन ले दिदैन ऐरे गैरे जो माथि गोलि चलायको भय पनि पारश शाह ले नेपालको कानुन विपरित गैर कानुनी हर्कत गरेकाले उनीमाथि कारवाही भने पक्कै होस् भन्ने मेरो पनि माग छ

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक