20101212

अब फेरी ६०१ को कुटाकुट हेर्न पर्ने होकी ब्यबस्थापिका सँसदमा !

माओवादी सहित संसदका सात साना दलले व्यवस्थापिका संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष समावेदन गरे
माओवादी सहित संसदका सात साना दलले व्यवस्थापिका संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष आज समावेदन गरेका छन् । शीतल निबासस्थित राष्ट्रपति कार्यालय पुगेर माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा गएका आठ दलका नेताहरुले समावेदनको प्रस्ताव दर्ता गराएका हुन् । माओवादी नेता देव गुरुङले प्रधानमन्त्री निर्बाचन लगायतका.........
विवादित विषय छिटो टुङ्गो लगाउन अधिवेशन आह्वानका लागि समावेदन गरिएको जानकारी दिनुभएको छ । माओवादीले अधिवेशनका लागि नेकपा एकीकृत, नेपाल सदभावना पार्टी आनन्दीदेवी, नेपाली जनता दल, नेकपा माले समाजवादी, नेपाः राष्ट्रिय पार्टी लगायत सरकार बाहिर रहेका दलहरुको समर्थन लिएको छ । समावेदनमा प्रधानमन्त्री चयन गर्न र मुलुकको संकटको निकासका लागि संसद् बैठक आवश्यक रहेको उल्लेख छ । अन्तरिम संविधानको धारा ५१ को ९ सय ३० मा व्यवस्थापिकासंसदमा तत्काल कायम सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यहरुले समावेदन गरेको १५ दिनभित्र बैठक बस्ने गरी प्रधानमन्त्रीले मिति र समय तोकी बैठक बोलउने व्यवस्था छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक