रायमाझीले जानकारी दिनुभयो । समसामायिक परिस्थिति र विद्यार्थीका मुद्दामा रिपोर्टिङ गर्ने क्रम नसकिएकाले आइतबार पाँचवटा राज्य समितिले रिपोटिङ गर्न सकिएपछि एकीकृत माओवादीका नेताहरूले र विद्यार्थी नेताहरूले प्रशिक्षण दिने र त्यसपछि विभिन्न प्रतिवेदनमाथि छलफल सुरु हुने उहाँले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालय स्ववियु सचिव मानुषी यमि भट्टराईले तीनजना विद्यार्थी अध्यक्षको चर्चामा रहे पनि निर्वाचन नहुने स्पष्ट पार्दै नेतृत्व गौण नीति प्रमुख भएको बताउनुभयो । उहाँका अनुसार आगामी नेतृत्व सहमतिको आधारमा हुने भएकाले जुनसुकै विद्यार्थी नेता अध्यक्ष हुनसक्ने बताउनुभयो । 'जनताको गणतन्त्र, राष्ट्रिय स्वाधिनता र जनशिक्षाको पक्षमा एकताको १८ औँ सम्मेलन' भन्ने नाराका साथ शुक्रबारदेखि सुरु भएको राष्ट्रिय सम्मेलन आउँदो २८ गतेसम्म चल्नेछ । सम्मेलनले नयाँ शिक्षा नीति र सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने विद्यार्थी नेताहरूले बताएका छन् । बिहान ११ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र आन्तरिक तयारीको कारण केही घण्टा ढिलो गरी सुरु भएको थियो ।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक