20101213

लुटेराहरु ३ लाख रुपियाँभन्दा बढी रकम लुटेर फरार !

भैरहवाको व्यस्त बजारमा अज्ञात समूहले दिनदहाडै गोली प्रहार गरी एक व्यापारीको हत्या
- यमलाल भुसाल /  भैरहवाको व्यस्त बजारमा अज्ञात समूहले दिनदहाडै गोली प्रहार गरी एक व्यापारीको हत्या गरेको छ। भैरहवाको नारायणस्थान मन्दिरअगाडि अज्ञात समूहको गोली प्रहारबाट कपिलवस्तु वरकलपुर-८ का जगदीशप्रसाद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
रुपन्देहीले जनाएको छ। भैरहवामा रहेको हिमालयन बैंक लिमिटेडबाट पैसा निकालेर घरतर्फ फर्कंदै गर्दा पैसा लुट्ने क्रममा मोटरसाइकलमा नकाब लगाएर आएका अपरिचित व्यक्तिले गोली प्रहार गरी यादवको हत्या गरेको प्रहरीले जनाएको छ। लुटेराहरु यादवको साथबाट ३ लाख रुपियाँभन्दा बढी रकम लुटेर फरार भएका छन्। दिउँसो करिब १ बजेतिर भएको गोली प्रहारबाट यादवको घटनास्थलमै मृत्यु भएको थियो। यादवको कन्चटमा दुईवटा गोली लागेको छ। यादवको साथमा स्थानीय दुर्गा मोडर्न दाल मिलको ३ लाख ९८ हजारको बिल तथा नगद ४३ हजार भेटिएको छ। दाल मिलका साचालक वृजेशकुमार अग्रवालका अनुसार यादवले मिललाई दाल बेचेबापत हिमालयन बैंकको ३ लाख ९८ हजारको चेक लिएर गएका थिए। मिलबाट चेक लिएर हिँडेका यादवको पैसा निकालेको केही समयपछि हत्या गरिएको हो। हत्याराको खोजीका लागि चारै नाकामा सुरक्षाव्यवस्था कडा परिएको प्रहरीले जनाएको छ। यादवको शवलाई पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा लगिएको छ। रुपन्देहीका प्रहरीप्रमुख प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले घटनाको अनुसन्धान भइरहेको र अभियुक्तहरुको खोजीकार्यलाई तीव्र पारिएको बताउनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक