20110128

बिदेश भ्रमण भन्दा खुत्रुक्क मर्छन् नेपालका राष्ट्रपतिदेखी प्रधानमन्त्री, मन्त्री, हाम्रा नेता हरु, कस्तो बिडम्बना हगी हामी नेपाली को !

सात महिनाको समयमा पनि देशले सरकार बनाउन नसकेको र फेरि पनि प्रधानमन्त्री निर्वाचनको प्रकि्रया शुरु भएको अवस्थामा राष्ट्रपति डा. रामवरण यादव दशदिने भारत भ्रमणका लागि बिहीबार प्रस्थान गर्नुभएको छ। विदेश भ्रमणमा भएको समयमा राष्ट्रमा सामान्य संकट पर्दा पनि राष्ट्राध्यक्ष फर्कने सामान्य अन्तर्राष्ट्रिय प्रचलन भएकोमा राष्ट्रपति यादव भने बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित गर्न आ³वान गर्दै विदेश प्रस्थान गर्नुभएको हो। १७ सदस्यीय टोलीको नेतृत्व गर्दै अपराह्न ४ बजे काठमाडौंबाट कोलकाता प्रस्थान गर्नुभएका राष्ट्रपति यादवलाई प्रधानमन्त्री माधवकुमार नेपालसहित उच्चपदस्थ सरकारी अधिकारीले त्रिभुवन विमानस्थलमा बिदाइ गर्नुभएको थियो। राष्ट्रपतिको भ्रमणमा सवारीसाधन रोकिँदा सर्वसाधारणले लामै हैरानी बेहोर्नुपरेको थियो भने सार्वजनिक सवारी लामो समय प्रभावित भएको
थियो। दोस्रो पटक भारतको औपचारिक भ्रमणमा जान लाग्नुभएका राष्ट्रपति यादवले आफूले एमबीबीएस गरेको कोलकाता मेडिकल कलेज एन्ड हस्पिटलको दीक्षान्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ। उहाँको राजनीतिक भ्रमण भने माघ १८ गते मंगलबारबाट शुरु हुनेछ। नयाँ दिल्लीमा हुने राजनीतिक भ्रमणमा उहाँले भारतीय समकक्षी भारतीय प्रधानमन्त्री भारतीय कांग्रेसकी नेत्रीलगायत अन्य विपक्षी दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।  यस्तै भारत भ्रमणका क्रममा उहाँले विभिन्न मठमन्दिर घुम्ने तथा एम्स अस्पतालमा आफ्नो स्वास्थ्यपरीक्षण गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति यादवले बिहीबार भारतको दशदिने औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि भ्रमण अवधिसम्मका लागि आफ्नो कार्यभार उपराष्ट्रपतिलाई हस्तान्तरण गर्नुभएको छ। राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा सो जानकारी गराइएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक