20110125

बस सडकबाट तल खस्दा नौजनाको मृत्यु, २७ जना घाइते

गोरखा,  ताप्लेमा मंगलबार दिउँसो भएको बस दर्ुघटनामा नौजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । सदरमुकाम गोरखाबाट पाँचखुवा देउराली जाँदै गरेको ना२ख ७२५१ नम्बरको बस ताप्ले-५ को कटुसघारीनजिकै दर्ुघटनाग्रस्त भएको हो । बस सडकबाट डेढ सय मिटर तल खसेको थियो । दर्ुघटनामा घटनास्थलमै सात, गोरखा अस्पतालमा एक र उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा अर्का
एकको मृत्यु भएको हो । प्रहरीका अनुसार घटनास्थलमा ताप्ले-९ का ३९ वषर्ीय प्रेमबहादुर भट्ट, सोही ठाउँकी ५० वषर्ीया सीता भट्ट, आरुपोखरी-२ का २७ वषर्ीय गणेशमान श्रेष्ठ, पन्दु्रङ-१ का ५२ वषर्ीया गौरी देवकोटा, ४ का मिनाश्री सिम्खडा, ५ का ५० वषर्ीय लर्ुके परियार, ८ का लाटो दमाई, ९ का ५२ वषर्ीय पर्ूण्ाबहादुर गुरुङ र धावा-५ की १९ वषर्ीया कल्पना खत्रीको मृत्यु भएको हो । गुरुङको उपचारका लागि काठमाडौं लैजाने क्रममा र सीताको गोरखा अस्पतालमा र अन्य सबैको घटनास्थलमै मृत्यु भएको हो ।
घाइतेमध्ये ११ जनाको राजधानीका विभिन्न अस्पतालमा र १६ जनाको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । सो बसमा ३६ जना थिए । गोरखा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोरखसिंह भण्डारीका अनुसार सो बस ताप्ले गाविसकै बन्दीचौर जाने सहायक सडकमा उत्तानो परेको अवस्थामा भेटिएको थियो ।
बस पर्ूण्ारूपमा क्षत्रि्रस्त छ । घटनास्थल सदरमुकामबाट १० किलोमिटर उत्तरमा पर्छ । बस सहचालक राजु बगालेले चलाएको र उनले नियन्त्रण गुमाउँदा सो दर्ुघटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेका अनुसार यात्रुहरूलाई पिसाब गराउन रोकिएको बस त्यसलगत्तै सहचालक बगालेले चलाएका थिए ।
उनले चलाएको केही समयमै बस सडकबाट खसेको हो ।

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक