20110125

 निर्दोश मान्छे मार्ने माओवादीका सात हजार लडाकुलाई नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीमा समायोजन गराइछाड्ने माओवादी हठ, के होला यि लुट्ने, कुट्ने, मान्छे मार्ने, अपराध गर्नेहरुलाई त्यहा भित्र छिराए पछी !!!   
माओवादी सैन्यविभाग प्रमुख वर्षमान पुन अनन्तले सात हजारसम्मको संख्यामा लडाकू समायोजन हुने शर्तमा दलहरुबीच सहमति बन्न सक्ने बताउनुभएको छ। रिपोर्टस्र क्लबको साक्षात्कारमा सोमबार बोल्दै अनन्तले माओवादी संख्यामा अड्किएर बस्ने पक्षमा नरहेको भन्दै कसैले पनि यति वा त्यति संख्यामा
अल्झिएर अगाडि बढेको समायोजनको प्रक्रियालाई रोक्न नहुने बताउनुभयो। उहाँले सेना समायोजन प्रक्रियामा जाँदा त्योभन्दा कम संख्यामात्रै पनि समायोजन हुन सक्ने भन्दै पहिलो स्वेच्छिक अवकाश र
पुनःस्थापनामा जानेको प्रकि्रया शुरु गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो- नेपाली सेनामा समायोजन हुनेको संख्या कम पनि हुन सक्छ किनकी कोही सशस्त्र र नेपाल प्रहरीमा पनि जान सक्छन्। कसैलाई भिन्नै सुरक्षा बल खडा गरेर पनि राख्न सकिन्छ। लडाकू विशेष समितिको मातहतमा गए पनि उनीहरुको पार्टीको सदस्यता कायमै रहेको स्पष्ट पार्दै उहाँले समायोजनमा जाँदा मात्रै सदस्यता त्याग हुने बताउनुभयो। उहाँले पार्टीको कुनै कार्यक्रममा लडाकूको सहभागिता हुन्छ वा हुन्न भन्ने विषयमा विशेष समितिमा छलफल गरेर मात्र त्यसको टुंगो लगाइने जानकारी दिनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक