20110202

एमालेका पोलिटव्युरो सदस्य एवम् गण्डकी अञ्चल संयोजक खगराज अधिकारीलाई एमाले पार्टी कार्यालय अगाडि एमालेकै कार्यकर्ताले गालामा दुई थप्पड लगाए

'हाम्रो अध्यक्ष क. प्रधानमन्त्रीको उम्मेदवार बन्न खोज्नुहुन्छ, तर बैठकमा प्रस्ताव पेस गर्न सक्नुहुन्न, त्यसैले म आफैं प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गर्छु'  :  ओली
 नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् गण्डकी अञ्चल संयोजक खगराज अधिकारीलाई एमाले पार्टी कार्यालय अगाडि एमालेकै पार्टी कार्यकर्ताले दुई थप्पड लगाएका छन् । प्रधानमन्त्री बनाउने विषयलाई लिएर उनलाई सोमबार साँझ एमालेकै कार्यकर्ताले थप्पड लगाएका हुन् । ती एमाले कार्यकर्ताको भने नाम सार्वजनिक गरिएको छैन । प्रशिक्षण समापनपछि पार्टी कार्यालय निरीक्षण गर्न आउने क्रममा नेता अधिकारीलाई गालामा दुई पटक हानेपछि के गरेको भनी अरुले रोकेपछि उनले छोडेका थिए । प्रहरीले कारबाहीका लागि लैजान खोजे पनि घटनाको समाचार बन्न सक्छ भन्दै गोरखा जिल्ला अध्यक्ष रामशरण बस्नेतले नमानेका घटनास्थलमा पुगेका प्रहरी निरीक्षक सूर्य थापाले जानकारी दिए । अधिकारी एमाले पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा
सहजीकरण गर्न गोरखा आएका थिए ।

'हाम्रो अध्यक्ष क. प्रधानमन्त्रीको उम्मेदवार बन्न खोज्नुहुन्छ, तर बैठकमा प्रस्ताव पेस गर्न सक्नुहुन्न, त्यसैले म आफैं प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गर्छु'  :  ओली

अनुमान र अपेक्षाविपरीत नेकपा एमालेले अध्यक्ष झलनाथ खनाललाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ। पार्टी मुख्यालय बल्खुमा मंगलबार दिउँसो करिब २ घन्टा मात्र बसेको केन्द्रीय समिति बैठकले खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो। बैठकमा प्रभावशाली नेता केपी ओलीले एमालेको तर्फबाट अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने सर्वसम्मत निर्णय गराउन बैठकसमक्ष प्रस्ताव गर्छु भन्दै खनाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्नुभएको थियो। बैठकमा सहभागी नेताका अनुसार नेता ओलीले बैठकमा एक्कासि प्रधानमन्त्रीको उम्मेदवारमा अध्यक्ष खनालको नाम प्रस्ताव गर्दा अधिकांश एमाले नेताहरू मुखामुख गरेका थिए। नेता ओलीले 'हाम्रो अध्यक्ष क. प्रधानमन्त्रीको उम्मेदवार बन्न खोज्नुहुन्छ, तर बैठकमा प्रस्ताव पेस गर्न सक्नुहुन्न, त्यसैले म आफैं प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गर्छु' भन्दा बैठकमा अध्यक्ष खनालसँगै बस्नुभएका प्रधानमन्त्री नेपाल ट्वाल्ल परेर ओलीलाई एकोहोरो हेरिरहनुभएको थियो।

स्रोतका अनुसार अध्यक्ष खनाल र नेता ओलीबीच सोमबार साँझ भएको गोप्य छलफलमा पार्टीको तर्फबाट अध्यक्ष खनाललाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्ताव गर्ने र त्यसलाई बैठकबाट पारित गराउने सहमति भएको थियो। सहमतिअनुसार नेता ओलीले केन्द्रीय कमिटीमा प्रधानमन्त्रीका उम्मेदवारको रूपमा खनालको नाम प्रस्ताव गर्नुभएको हो। खनाल र ओलीबीच सोमबार साँझ भएको सहमतिका बारेमा प्रधानमन्त्री नेपाललाई समेत औपचारिक जानकारी गराइएको थिएन। ओलीनिकट एक केन्द्रीय नेताले भन्नुभयो, 'केन्द्रीय कमिटीले जे निर्णय आज मंगलबार गरेको छ, त्यो हिजो साँझ भएको खनाल–ओलीबीचको गोप्य छलफलको नतिजा हो।' माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा स्वीकार्न सकिने भन्दै आउनुभएका प्रधानमन्त्री नेपालको पछिल्लो अभिव्यक्तिबाट अलिक रुष्ट बन्नुभएका नेता ओलीले प्रधानमन्त्री नेपालको सेखी झार्नका लागि पनि सर्वसम्मत रूपमा अध्यक्ष खनालको नाम बैठकबाट पारित गराउनुभएको हो। नेता ओलीले उग्रवादीहरूको नेतृत्व स्वीकार्नुभन्दा उग्रवादीलाई तह लगाएर आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनु धेरै उत्तम हुने बताउनुभएको थियो। स्रोतका अनुसार अघिपछिका बैठकमा माओवादीको आलोचनामा बढी समय बिताउनुहुने नेता ओलीले मंगलबारको बैठकमा माओवादीको आलोचना गर्नुभएन।

ओलीले प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्ताव गरेपछि प्रधानमन्त्री नेपालले समर्थन गर्नुभएको थियो– एमाले नेता प्रदीप ज्ञवालीले बैठकपछि सञ्चारकर्मीहरूसँग एमालेबाट केपी ओलीको प्रस्ताव र माधव नेपालको समर्थनमा अध्यक्ष खनाललाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्ताव गर्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अध्यक्ष खनाललाई अघि सार्ने निर्णय गरेको र खनालको उम्मेदवारीमा सर्वसम्मति गराउन सबै दलसँग औपचारिक छलफल गर्ने निर्णय भएको छ। उहाँले भन्नुभयो– हामी आजैबाट अन्य दलहरूसँगको छलफलमा जुट्छौँ। साँझसम्म औपचारिक रूपमा कुनै पनि दलका नेताहरूसँग एमालेले छलफल गरेको थिएन। प्रधानमन्त्रीको उम्मेदवारका लागि बुधबार संसद् सचिवालयमा नाम दर्ता गराउनुपर्नेछ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक