( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20110228

साधुसन्त, जोगी, बाबासमेत गरी करिब एक हजार सन्न्यासी महाशिवरात्रि पर्व नजिकिँदै गर्दा पशुपति क्षेत्रमा आइसके !

महाशिवरात्रि पर्व नजिकिँदै गर्दा पशुपति क्षेत्रमा साधुसन्तको चहलपहल बढेको छ। महाशिवरात्रि पर्वका बेलामा हिन्दू धर्मावलम्बीको आराध्यदेव एवम् देवगणका प्रधान देव महादेवको
दर्शन गर्ने उद्देश्यले ती साधुसन्त भारतका विभिन्न स्थानबाट पशुपति क्षेत्रमा आउनेक्रम जारी छ। पशुपति क्षेत्र विकास कोष प्रचारप्रसार समितिका सचिव इन्जिनियर राजेन्द्रधर राजोपाध्याले अहिलेसम्म साधुसन्त, जोगी, विभिन्न किसिमका बाबासमेत गरी करिब एक हजार सन्न्यासी सो क्षेत्रमा आइसकेको बताउनुभयो। कोषले एक हजार दुईसय जति साधुसन्त आउने अनुमान गरी उनीहरूको खान, बस्न र दर्शनको सहजताका लागि व्यवस्था मिलाएको छ। कोषले त्यसरी आएका साधुसन्तलाई भोलिदेखि पाँचदिनसम्म भोजन, आवास र बिदा हुने बेलामा विभिन्न उपहारको प्रबन्ध गर्नलाई साधुसन्त व्यवस्थापन समिति गठन गरी रु पाँच लाख विनियोजन गरेको उहाँले जानकारी दिनुभयो। अघिल्लो वर्ष आठसयको हाराहारीमा साधु, सन्त पशुपति क्षेत्रमा आएको कोषले जनाएको छ। यसपटक यही फागुन १८ गते बुधबार महाशिवरात्रि पर्व परेको छ। for more pictures please click this links http://www.google.com/images?hl=en&sugexp=ldymls&xhr=t&q=pashupatinath+baba&cp=15&qe=cGFzaHVwYXRpbmF0aCBiYQ&qesig=1OazfDcx3uCqqSu3KXH5Hw&pkc=AFgZ2tkawoQMeUIZGiBMMvd_ba3rp6bClKqPyuf-08DM3M0JZkjYPZNiBNOiHBaa1UqQFcUPgSZ5KDTC_Ib1l01IxuIlbXWvVg&bav=on.1,or.&wrapid=tljp1298918890858028&um=1&ie=UTF-8&source=og&sa=N&tab=wi&biw=1419&bih=715

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________