20110308

शान्ति तथा पुनःनिर्माण मन्त्री वर्षमान पुनले नयाँ संविधान जारी गर्नु अगावै लडाकुको समायोजन कार्य सम्पन्न गर्ने बताए

शान्ति तथा पुनःनिर्माण मन्त्री वर्षमान पुनले नयाँ संविधान जारी गर्नु अगावै लडाकुको समायोजन कार्य सम्पन्न गर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षत्कारमा मन्त्री पुनले समायोजन र संविधान निर्माणको कार्य सँगसँगै अगाडि बढे पनि संविधान जारी हुनु अगावै सेना समायोजनको कार्य सम्पन्न गर्ने दृढता ब्यक्त गरेका हुन् । शान्ति प्रक्रिया अर्न्तगत पहिले समायोजनको कार्य सम्पन्न गरेर पुन:स्थापना कार्य सम्पन्न गरिने र त्यसपछि मात्रै संविधान जारी हुने उनले बताए। उनले शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउन तत्कालै सरकारले सोही अनुसारको समायोजनको कार्ययोजना ल्याउने पनि बताएका छन् । जेठ १४ गते अगावै सेना समायोजको कार्य सम्पन्न भए पनि पुन:स्थापनाको कार्य सम्पन्न गर्न भने दुई देखि पाँच वर्षसम्म लाग्न सक्ने भन्दै मन्त्री पुनलेसमायोजन भने समुहमै हुने स्पष्ट पारे । उनले यसअघि नै
प्रमुख दलवीच माओवादी लडाकु रहेको छुट्टै फोर्स बनाउने वा माओवादी लडाकु र सरकारी सुरक्षा अंग मिलाएर छुट्टै फोर्स बनाउने विषयमा सहमति नजिक पुगिसकेको उनले बताए । प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष बीच अघिल्लो सरकारले ल्याएको समायोजनको चार वटा मोडल मध्ये सेनामा, प्रहरीमा, ससस्त्रमा वा छुट्टै फोर्स निर्माण गर्ने विकल्प मध्येबाट एक विकल्पमा सहमति गरेको दावी समेत उनले गरेका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक