20110315

प्रमुख राजनीतिक दलसम्बद्ध ट्रेड युनियनहरुले चैत १२ गतेदेखि उद्योग कलकारखाना तथा यातायात अनिश्चितकालीन बन्दको घोषणा

प्रमुख राजनीतिक दलसम्बद्ध ट्रेड युनियनहरुले चैत १२ गतेदेखि उद्योग कलकारखाना तथा यातायात अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र तीनवटा ट्रेड युनियनबीच भएको वार्ता असफल हुँदा मजदुरहरुले आकस्मिक निर्णय गर्दै राष्ट्रव्यापी कडा आन्दोलनमा जाने निर्णय गरेका हुन्। सोमबार साँझ नेपाल ट्रेड युनियन महासंघ जिफन्ट को मनमोहन मजदुर भवन पुतलीसडकमा भएको वार्ता निष्कर्षमा नपुग्दा तीनवटै ट्रेड युनियनले उद्योग प्रतिष्ठानमा चैत १ बाट ११ गतेसम्म सांकेतिक विरोध गर्ने र आफ्ना माग पूरा नभए संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन्। जिफन्ट अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांगे्रस स्वतन्त्रको केन्द्रीय नेतृत्वले सोमबार साँझ सो निर्णय गरेका हुन्। उद्योग मजदुरको न्यूनतम तलबमान मासिक १० हजार रुपियाँ पुर् याउनुपर्ने माग गर्दै मकवानपुर जिल्लाका मजदुरले गरेको आन्दोलनले चर्को रुप लिएपछि सोमबार साँझ जिफन्टमा महासंघ र तीनवटै
मजदुर नेतृत्वबीच वार्ता भए पनि सफल भएन। मजदुर नेताहरुले उद्योगीसँग आन्दोलनका साथमा समाधानका लागि वार्तालाई भने सँगसँगै लाने भएका छन्। सोमबारको वार्तामा महासंघका तर्फबाट केन्द्रीय सदस्यहरु प्रशान्त पोख्रेल अशोक तोदी र मनीष अग्रवाल जिफन्टबाट कानुनी सल्लाहकार रमेश बडाल उपमहासचिव विष्णु लम्साल अखिल नेपाल ट्रेड युनियन महासंघबाट उपाध्यक्ष बाबुराम गौतम महासचिव गणेश रेग्मी तथा स्वतन्त्रबाट महासचिव अच्युतराज पाण्डे र केन्द्रीय सदस्य धेरेन्द्र यादव सहभागी हुनुभएको थियो।
मजदुरहरुले चैत १ देखि ३ सम्म उद्योगपरिसरमा कालो झन्डा गाडी कालोपट्टी बाँधेर काम गर्ने ४ देखि ७ गतेसम्म मूलगेटमा कालो ब्यानर राख्ने र ८ देखि ११ गतेसम्म बिहान ९ देखि १० बजेसम्म उद्योगपरिसरमा धर्ना-जुलुस गरी काममा लाग्ने र सो अवधिसम्म माग पूरा नभए १२ गतेबाट उद्योग कारखाना र यातायात बन्द गरी कडा संघर्ष गर्ने भएका छन्। उक्त आन्दोलनको कार्यक्रमबारेमा मजदुर नेताहरु लम्साल रेग्मी र पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ।

गत ८ दिनदेखि हेटौंडा उद्योग क्षेत्रका ५७ वटा र क्षेत्रबाहिरका ३ वटा गरी ६० वटा उद्योग बन्द गरेर आन्दोलनमा उत्रेका मजदुरको आन्दोलनले राष्ट्रव्यापी रुप लिने भएको छ। हेटौंडाको स्थानीय उद्योग वाणिज्य संघ र मजदुर संगठनबीचमा भएको वार्ताले प्रतिमजदुर न्यूनतम १ हजार ६ सय रुपियाँ मासिक तलब वृद्धि गर्ने निर्णय गरेकामा महासंघ केन्द्रले हस्तक्षेप गरेकाले असफल भएको थियो। यद्यपि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व भने बढेको बजार मूल्यअनुसार २१ प्रतिशतसम्म तलब वृद्धि गर्न राजी भएको छ। महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले ऊर्जा शंकट बढ्दो ब्याजदर असुरक्षा र अस्थिर सरकारको मौका छोपेर मजदुरले कडा संघर्ष गर्दा भएका उद्योग व्यवसायसमेत धराशयी हुने जिकिर गर्नुभयो। जिफन्टका उपमहासचिव विष्णु लम्सालले मजदुरको वास्तविक मागमा खेलबाड भए परिणाम नराम्रो हुने र महासंघको आसन्न अधिवेशनको चुनावी सरगर्मीले मजदुरको मागलाई प्रभावित गर्न नहुने बताउनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक