20110317

पटक-पटक वार्ता समिति बनाउने र बैठक टुङ्गयाउने प्रक्रिया एमालेमा दोहोरिदैं, मन्त्री छनोट गर्न नेकपा एमाले विहीबार पनि असफल

सरकारमा सहभागी हुने मन्त्री छनोट गर्न प्रमुख सत्तारुढ नेकपा एमाले विहीबार पनि असफल भएको छ । बिहीबार बसेको पार्टी स्थायी समितिको बैठकले मन्त्री हुन बांकी ५ जनाको नाम तय गर्ने भनिएपनि गर्न नसकेको हो । यसअघि बुधबार बसेको बैठकले समावेशी र समानुपातिक ढंगको मापदण्ड बनाई मन्त्री चयन गर्ने निष्कर्ष निकालेको थियो । एमालेका अनुसार मन्त्री छनौटका विषयमा बैठकमा गम्भीर ढंगले छलफल नै भएन । गृह मन्त्रालय एमालेलै नै राख्नुपर्ने नेपाल र ओली पक्षधरको भनाई थियो । केही समयपछि गृह माओवादीलाई दिने प्रधानमन्त्री झलनाथ खनालले सहमति जनाएको चर्चा चलेको बेला नेपाल-ओली पक्षधरले त्यस्तो अडान राखेका हुन् । शान्ती र संविधानलाई पूर्णता दिन कांग्रेस लगायत अन्य दललाई पनि सरकारमा सहभागी गराउनुपर्ने बैठकले निष्कर्ष निकालेको छ । यही सरकारलाई राष्ट्रिय स्वरुप दिन पहल गर्ने
बैठकले निर्णय गरेको छ । उक्त कार्यका लागि दलहरसंग वार्ता गर्न पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको छ । समितिमा केपी ओली,बामदेव गौतम,अशोक राई र ईश्वर पोखरेल छन् । उक्त समितिले माओवादी,कांग्रेस र अन्य दलहरुसंग वार्ता गरी यही सरकारलाई राष्ट्रिय स्वरुप दिने प्रयत्न गर्नेछ । पटक-पटक वार्ता समिति बनाउने र बैठक टुङ्गयाउने प्रक्रिया एमालेमा दोहोरिदैं आएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक