20110316

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएपछि राजाका तस्विर अंकित सबै नोट चल्ने राष्ट्र बैंकको निर्णय

Exclusive News........
यसअघिको आफ्नो निर्णय बदल्दै राष्ट्र बैंकले राजाका तस्विर अंकित सबै नोट चल्ने निर्णय गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजाको फोटो अंकित नोट नचल्ने व्यवस्था कानुन संगत नभएको भन्दै रोक्न निर्देशन दिएपछि बुधबार राष्ट्र बैंकले नोट चल्ने निर्णय गरेको हो। नोट फिर्ता गर्न लगाएर नयाँ छाप्दा कमिसन खान लागेको भन्दै नारायण दाहाल दिएको उजुरी आधारमा बुधबार अख्तियारले बुधबार राष्ट्र बैंकका अधिकारीलाई स्पष्टिकरण लिएको थियो। स्पष्टीकरण दिन राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारी, प्रवक्त भास्करमणी ज्ञवाली र नोट विभागका कर्मचारी गएका थिए। स्पष्टीकरण दिने क्रममा राष्ट्र बैंकका अधिकारीले निर्णय सञ्चाउने बताएका थिए। उनीहरु फर्किएर गएको केही समयपछि गभर्नर युवराज खतिवडाले फोन गरेर पुर्ववत नोट चल्ने व्यवस्था गर्ने
अख्तियारलाई बताएका थिए। राष्ट्र बैंकले नोट पूर्ववत चल्ने सुचना जारी गरिसकेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक