20110322

पूर्वी तराई र पहाडी जिल्लामा सशस्त्र संघर्षरत समूहको बारम्बारको धम्की र चन्दा आतंकले असुरक्षित भएको भन्दै सबै गाविसका कर्मचारीले मूहिक राजीनामा बुझाए !

असुरक्षा बढ्दै गएपछि सुनसरीका सबै गाविसका कर्मचारीले सोमबार सामूहिक राजीनामा दिएका छन्। शान्तिसुरक्षाको माग राख्दै ४९ वटै गाविसका २ सयभन्दा बढी कर्मचारीले सुनसरीका स्थानीय विकास अधिकारी प्रेमप्रसाद भट्टराईलाई सोमबार सामूहिक राजीनामा बुझाएका हुन्। जिल्लाभरिबाट सदरमुकाम इनरुवामा भेला भएका गाविस कर्मचारीहरुले नाराबाजीसहित बजारपरिक्रमा गर्दै जिल्ला विकास समितिको कार्यालय पुगेर सामूहिक राजीनामापत्र बुझाएका थिए। पूर्वी तराई र पहाडी जिल्लामा सशस्त्र संघर्षरत समूहको बारम्बारको धम्की र चन्दा आतंकले असुरक्षित भएको भन्दै राजीनामा बुझाएको कर्मचारी संघ सुनसरी जिल्ला अध्यक्ष साजीव खड्काले बताउनुभयो। राजीनामापत्र बुझ्दै स्थानीय विकास अधिकारी भट्टराईले कर्मचारीहरुले माग गरेको शान्तिसुरक्षाको विषयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने
बताउनुभयो। कर्मचारीहरु एक साताअघिदेखि हातमा कालोपट्टी बाँधेर काम गर्दै आएका थिए। सशस्त्र समूहले कर्मचारीको क्षमताभन्दा बढी चन्दा माग्ने र नदिए हत्या गर्ने धम्की दिन थालेपछि उनीहरुको परिवारमा मानसिक तनाब उत्पन्न भएको छ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक