20110303

नेपालका नब "राजा" को सवारीले सर्बसाधारणको रुवाबासी !

राष्ट्रपति डा. रामवरण यादव पशुपतिको दर्शनपछि फर्किने क्रममा सुरक्षाकर्मीले बाटो खुलाउने प्रयास गर्दा बुधबार साँझ गौशाला चोकमा दर्शनार्थीहरुमा रुवाबासी चल्यो। ट्राफिक प्रहरी तथा प्रहरीले एकाएक हुल नियन्त्रण गरी बाटो खुलाउने प्रयास गर्ने क्रममा हुलमा घोडा छिराएपछि हुल बिच्कन पुग्यो। सडकपेटीबाट फर्किरहेको हुल एकाएक बिच्किँदा महिला केटाकेटी र वृद्धवृद्धा च्यापिएर रुन कराउन थाले। धन्न बाँचियो कीर्तिपुरकी ६५ वर्षीया गीता गौतमले शान्तिको स्वाव फेर्दै भनिन्- भगवान्ले बचाए आज। हुलले च्याप्दा बाँचिँदैन होला भन्ठानेको थिएँ। हुल किन बिच्केको भन्ने कुरा कतिलाई थाहै थिएन। एकाएक ठेलाम्ठेल भयो दर्शनार्थी सावित्री न्यौपानेले भनिन्- मेरो जुत्ता खुस्कियो जुत्ता टिप्न खॊजेको झन्डै ज्यान गयो। राष्ट्रपति मात्र मान्छे हो हामी मान्छे होइनौं भक्तपुरका राम महर्जनले आक्रोश पोखे- राष्ट्रपतिको सवारी भन्दैमा सोझासाझा जनतामाथि मनपरी गर्न पाइन्छ -हुलमा धेरै रुनेमा केटाकेटी देखिन्थे। हुलले च्यापेर सासै फेर्न गाह्रो भयो -१२ वर्षीया सबी लामाले रुँदै भनिन्- ममी पनि रोएको
देखेर झनै डर लाग्यो।

1 comment:

  1. Bhola Dahal March 3,2011
    Do you think that Rambaran Yadav is only a man ?Suppressed an innocent nepali and
    giving full security is only done by DEMON KING.Now
    all nepali should be aware from a new dictator.Plz.
    do not hesitate to delete his ongoing evilpower.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक