20110403

माओवादी लडाकु संगठन जनस्वयम्सेवक दस्ता सार्बजनिक !

एकीकृत नेकपा माओवादीले लडाकु संगठन जनस्वयम्सेवक दस्ता सार्बजनिक गरेको छ । आज बिहान राजधानीको बसन्तपुरमा भेला भएका जनस्वयम्सेवकहरुले बिभिन्न स्थानमा मार्चपास गर्दै शान्ति बाटिका पुगेका थिए । मार्चपासको नेतृत्व नेवाः राज्य समिति ईन्चार्ज हितमान शाक्यले गर्नुभएको थियो । मार्चपासमा एकै नासको पोसाक लगाएका माओवादी कार्यकर्ताहरु सहभागि थिए । वाईसिएलको समानान्तर सँगठन बनाएर नेता बिशेषलाई राजनीति गर्ने थलो बनाएको भन्दै प्रचण्ड पक्षधर वाईसिएल नेतृत्वले दस्ताप्रति कडा विरोध जनाएको छ । ब्युरोको नेतृत्वबाट नेत्रबिक्रम चन्द विप्लवलाई हटाए मात्र ब्युरोमा आफ्नो सहभागिता रहने भन्दै वाईसिएलले
बिरोध गरेको हो । ब्युरो अन्तरगत गठित दस्ताले जनसुरक्षा र बिकास निर्माणको काम गर्ने बताइएको छ ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक