
बनाएर लैजाने निर्णयगरेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’ ले बताउनुभएको छ। स्थायी समिति बैठकले मजदुर विवाद मिलाउन पार्टीध्यक्ष प्रचण्डलाई जिम्मा दिएको छ। आगामी चैत २४ गते जनआन्दोलन दिवस मनाउने निर्णयमेत बैठकले गरेको छ। बैठक समाप्तिपछि माओवादी नेताहरूले सुनकोसी नदीमा र्याफटिङको आनन्दसमेत लिएका थिए। मन्त्री छान्नकै लागि बसेको नेकपा -एमाले) स्थायी समितिको बैठक पनि मन्त्रीका नाममा सहमति गर्न नसकेपछि सबैसँग छलफल गरी निर्णय गर्ने जिम्मा पार्टीध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनाललाई दिँदै आइतबार अबेर टुंगिएको छ। स्थायी समितिमा मन्त्री बनाउने व्यक्तिका नाममा विवाद भएपछि समिति सदस्य एक-एकसँग छलफल गरी सबै पक्षलाई मान्य हुने गरी क्षेत्र, लिंग, जातिलाई मिलाई मन्त्री छान्नुपर्ने जिम्माका साथ प्रधानमन्त्री खनाललाई सो कार्य सुम्पेको एमालेले जनाएको छ। साथै सो बैठकले आगामी वैशाख १४ देखि १६ गतेसम्म केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णयमेत गरेको छ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक