20110513

यती हुँदा पनि नेपाली जनता अझै सहेर बस्छन बा !

त्यसैले त नेपाली बिन लादेनहरु नेपालका नेता, मन्त्री, हर्ताकर्ता भएका छन होइन र !!!

यौन काण्ड, घुस लेनदेन तथा भ्रस्टाचार काण्ड, रातोपासपोर्ट काण्ड, बिद्युत चोरी काण्ड, दुर्ब्यबहार काण्ड, जस्ता काण्डै काण्डका नाइके हरु, करोडौं तलब भत्ता र सुबिधा पचाउने तर संबिधान नलेख्ने नालायक ६०१ सभासदलाई फेरी एक बर्ष पाल्नु पर्ने भयो, कठै नेपाली जनता तिमीहरुको धैर्यतालाई के भनेर सम्बोधन गरौं अब ?! यती हुँदा पनि नेपाली जनता अझै सहेर बस्छन बा ! सुत अझै सुत, तिमीहरु लाई न लोडसेडिङले छुन्छ, न त महंगीले केही फरक पर्छ, नत लुटपात, हत्या आतंक, बलात्कार ले केही फरक पर्छ मान्नै पर्छ नेपाली जनताको मौनतालाई, त्यसैले त नेपाली बिन लादेनहरु नेपालका नेता, मन्त्री, हर्ताकर्ता भएका छन होइन र !!!         
मन्त्रीपरिषद्को बैठकले संविधानसभाको म्याद एक वर्ष थप्न  निर्णय गरेको छ । आज भएको निर्णयअनुसार सरकारले संसद् सचिवालयमा संविधान संशोधनका लागि विद्येयक दर्ता गराउने भएको छ । यसअघि बसेको २७ दलको सर्वदलीय बैठकमा प्रधानमन्त्री झलनाथ खनालले संविधानसभाको म्याद एक वर्ष थप गर्ने प्रस्ताव गरेका थिए । सर्वदलीय बैठक भनिएपनि प्रमुख विपक्षी दल कांग्रेस लगायत फोरम लोकतान्त्रिक, तमलोपा तथा अन्य प्रतिपक्षि दल बैठकमा सहभागी भएनन् । तर साना दल र स्वतन्त्र सभासदहरु भने बैठकमा उपस्थित थिए । अन्तरिम संविधान २०६३ को धारा ६४ मा संविधान सभाको म्याद दुई वर्ष रहने उल्लेख थियो। गत वर्ष जेठ १४ गते मध्यरात यो धारालाई संशोधन गरी तीन वर्ष बनाइएको थियो।

अन्तराष्ट्रिय कलाकार मँच, अमेरिकाको सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई संपर्क गर्नेछौ ।

- अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका
President - Ram Prasad Khanal
Email : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
www.iafamerica.blogspot.com

सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक