20110530

चार सभासदद्वारा संबिधान सभाको थप अबधिको तलब भत्ता नलिने घोषणा, ५९६ सभासदले तलब सुबिधा थाप्न नछोड्ने !

पाँच बुदे सहमति त भयो तर सबैका आ-आफ्नै व्याख्या, स्थिती झन जटिल हुन सक्छ अब !
कुनै पनि हालतमा माओवादीले हतियार बुझाउन नसक्ने रे , प्रचण्डकै नेतृत्व पनि काग्रेसका लागि स्विकार्य रे !!
 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभाको थप अवधिभर आफ्ना सांसदले सदनमा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने र सांसदभत्ता नलिने निर्णय गरेको बताएका छन्।उनले विवादास्पद ढङ्गबाट थपिएको अवधिमा संविधान लेखन र शान्ति स्थापना गम्भीर आशङ्कामा परेको दावी गरे। अध्यक्ष थापाले 'संविधानको भावना एवम् सर्वोच्च अदालतको फैसला विरुद्ध' संविधानसभाको म्याद थप गर्ने प्रयोजनका निमित्त अन्तरिम संविधानमा हालै गरिएको संशोधन राजनीतिक दृष्टिकोणबाट गलत र नैतिकरुपमा अनुपयुक्त रहेको बताए
राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष पशुपति शमशेर राणाले तीन दलले गरेको पाँचबँुदे सहमति अमूत र अस्पष्ट भएको बताउनुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीे २२औं स्थापना दिवसका अवसरमा आइतबार
पार्टीार्यालयमा आयोजित चियापान कार्यक्रममा अध्यक्ष राणाले प्रमुख दलहरूका बीच भएको सम्झौता तीन राजनीतिक दलको सत्ता लिप्साबाट प्रेरित भएको आरोप लगाउनुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु अहिलेको चुनौती भएको भन्दै संविधान र शान्तिको नाममा तीन दलले जनतालाई ढाँटेको आरोप लगाउनुभयो। उहाँले तीन दलको सहमतिले कुनै पनि हालतमा देशलाई सही निकास नदिने ठोकुवासमेत गर्नुभयो।
संविधानसभाको म्याद थप भएपछि राजनीतिक दलहरूबीच भएको सहमति कार्यान्वयन गर्ने बहस प्रारम्भ भएको छ। राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्री झलनाथ खनालले विकल्प तयार हुनासाथ राजीनामा दिने स्पष्ट पार्नुभएको छ।  तर त्यो विकल्प कहिले तयार हुने भन्ने कुराको टंुगो भने नलागिसकेको अवस्थामा दलहरूबीच बहस प्रारम्भ भएको हो। राष्ट्रिय सहमतिका लागि भएका बहसको प्रारम्भसँगै प्रधानमन्त्री खनालले राजीनामा दिई राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्ने भनी दलहरूबीच गरिएको पाँचौं नम्बरको सम्झौताको कुराका बारेमा नै फरक-फरक व्याख्या हुन थालेको छ। नेपाली कांग्रेसले प्रधानमन्त्री खनालले तत्काल राजीनामा दिनुपर्ने सम्झौताको आशय भएको बताएको छ भने प्रधानमन्त्री खनालले राष्ट्रिय सहमतिको विकल्प तयार भएपछि मात्रै आफूले मार्ग प्रशस्त गर्ने हो भन्नुभएको छ। दलहरूबीच सम्झौता भई संविधानसभाको म्याद थपिएलगत्तै संविधानसभा परिसरमा आइतबार बिहान नेपाल समाचारपत्रको जिज्ञासामा प्रधानमन्त्री खनालले विकल्प तयार नभई कसरी तत्काल मार्ग प्रशस्त गर्ने हुन सक्छ भनी प्रश्न गर्नुभएको छ। उहाँको भनाइ थियो- ँतर म सहमतिबमोजिम मार्ग प्रशस्त गर्नेछु।’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’ ले राष्ट्रिय सहमतिको आधार बन्नासाथ राजीनामा दिने र अन्य सहमतिलाई कार्यान्वयनमा लैजान अब छिट्टै पहल थालिने जानकारी दिनुभयो। नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले छिटोभन्दा छिटो प्रधानमन्त्री खनालले राजीनामा दिने कुरा नै सम्झौताको भावना हो, त्यहीअनुसार उहाँले र एमालेले सोच्नेछन् भन्दै अन्यथा अहिले भएका सहमति कार्यान्वयनमा प्रभाव पर्ने स्पष्ट पार्नुभएको छ। प्रधानमन्त्री खनालका निकट मानिनुहुने एमाले केन्द्रीय सदस्य तथा सभासद् डा. विजय पौडेलले भने राष्ट्रिय सहमतिका लागि छलफल हुन्छ जब त्यसले र्सार्थकता पाउँछ, त्यसपछि मात्रै प्रधानमन्त्री खनालले राजीनामा दिनुहुने भन्दै तत्काल राजीनामा दिने कुरा हुँदैन र सम्झौताको भावना पनि त्यो होइन भन्ने कुरा मार्ग प्रशस्त गर्ने बँुदा अन्तिम पाँचांै नम्बरमा राख्नुका कारण नै त्यही हो भनी दाबी गर्नुभएको छ। नेपाल समाचारपत्रसँग कुरा गर्दै डा. पौडेलले शान्तिप्रक्रियालाई ३ महिनाभित्र टंुगो लगाउन प्रधानमन्त्री खनाललाई नै निरन्तरता दिनु उपयुक्त हुन्छ भन्नुभएको छ। सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले आफूहरूले म्याद थपिएकै अवस्थामा प्रधानमन्त्रीको राजीनामा पनि एकसाथ आएको भए राष्ट्रिय सहमतिको मार्ग प्रशस्त गर्ने बहस सहज हुने कुरा राखेको उल्लेख गर्दै अब कहिले भन्ने विवाद देखा पर्ने सम्भावना छ भन्नुभयो। दलहरूबीच भएको पाँचबँुदे सम्झौतालाई यसपटक संसद्को सम्पत्तिका रूपमा ग्रहण गरिएको छ। दलहरूबीच सहमति भएपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पाँचबुँदे सम्झौतालाई संसद्बाट अनुमोदन गर्दा राम्रो हुने प्रस्ताव राख्नुभएपछि सो सम्झौता आइतबार बिहान बसेको तेस्रो बैठकमा प्रस्तुत गरी र्सवसम्मतिले अनुमोदन गरिएको थियो। संसद्बाट अनुमोदन भएको विषय भएकाले कार्यान्वयन भए  नभएको संसद्ले पनि अनुगमन गर्नेछ। अध्यक्ष नेम्वाङले भन्नुभयो- ँसंसद्ले अगुमोदन गरेको विषयमा संसद्ले नै अनुगमन गरी कार्यान्वयन भए नभएको हेर्नेछ।’
राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले शीष् तीन दलबीच शनिबार राति भएको ५ बुँदे सहमति कार्यान्वयन हुनेमा शंका व्यक्त गर्नुभएको छ। मकवानपुरको हेटौंडामा आयोजित पार्टीार्यक्रममा सहभागी हुन जाने क्रममा सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष केसीले आइतबार सो कुरा बताउनुभएको हो। संविधानका विवादित विषयमा मतैक्य नगरी दलहरूबीच हतारमा सहमति कायम गरिएको बताउँदै केसीले संविधान लेखनको क्रममा राज्य पर्ुनर्संरचनाको विवाद चकिर्ंदै जाँदा यो सहमति कुनै पनि बेला टुट्न सक्ने उहाँले बताउनुभयो।  दलहरूबीच केही बुँदाहरूमा सहमति देखिएको भए पनि राज्य पर्ुनर्संरचनाको विषयमा सहमति हुन बाँकी रहेको बताउँदै अध्यक्ष केसीले दलहरूले देशलाई संघीयतामा लैजाने भनेर गल्ती गरेका छन् भन्नुभयो। संघीयता देशका लागि दर्ुभाग्य बनेको जिकिर गर्दै अध्यक्ष केसीले अबका दिनमा यो विषय दलका नेताहरूको टाउको दुखाइको विषय बन्ने बताउनुभयो। ँराज्यको पर्ुनर्संरचनामा आएर दलहरू फसेका छन्।’ केसीले भन्नुभयो। दलहरूले देशलाई प्लटिंग गरेर अंशबन्डा गर्ने काम गरेर विवाद निम्त्याउने काम गरिरहेको उहाँको भनाइ छ। दलहरूसँग संविधानसभाको विकल्प नभएकाले बाध्य भएर म्याद थपको सहमति गरेको बताउँदै नेता केसीले यही बाध्यताले गर्दा पनि दलहरूले तर्ेसाएका आŠना अडानमा समेत केही लचकता ल्याउनुपरेको बताउनुभयो। दलहरू राष्ट्रिय सहमति नजुटेकै कारण संविधान निर्माण र शान्तिप्रक्रिया जस्ता महत्त्वपूर्ण् विषयहरू निष्कर्षा पुग्न नसकेको उहाँले बताउनुभयो।
तीन महिनामा कुनै पनि हालतमा हतियार बुझाउन नसक्ने एकीकृत नेकपा माओवादीका नेता देव गुरुङले स्पष्ट पार्नु भएको छ । सोमबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा गुरुङले तीन महिनाभित्र संविधानको एकीकृत मस्यौदा ल्याउने र लडाकुलाई निसस्त्रिकरण गर्ने कुरा अब्यवहारिक भएको बताउनुभयो ।
कांग्रेसका अन्य नेता हरुले प्रधानमन्त्रिको तत्काल राजिनामा मागिरहेको बेला नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय सहमतिपछि मात्र प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने बताउनु भएको छ । कांग्रेसका नेताहरुले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने बताइरहेका बेला नेता कोइरालाले भने राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्री को भन्ने टुङ्गो लागेपछि मात्र प्रधानमन्त्री झलनाथ खनालको राजीनामा दिनु पर्ने बताउनु भयो । ‘सात महिनासम्म मुलुकले प्रधानमन्त्री पाउन नसकेको यथार्थ हाम्रो सामू छ’ सोमबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा कोइरालाले भन्नुभयो-’अब पनि भावी प्रधानमन्त्री को भनेर सहमति नगरी प्रधानमन्त्रीले राजीनामा दिए मुलुकमा अराजकता मात्रै हुन्छ । त्यसैले राजीनामा दे भन्नुभन्दा पहिला सहमति गर्नुपर्छ ।’ पाँचबुँदे सहमति गर्ने तीन दल आफैँ प्रधानमन्त्रीको राजीनामाको विषयमा अन्यौलमा रहेको भन्दै उहाँले प्रधानमन्त्रीको राजीनामा भन्दा शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन तर्फ लाग्नु पर्ने बताउनु भयो । पाँचबुँदे सहमति गरेर कांग्रेस चुकेको भन्दै माओवादी नेताहरुको दोहोरो सुरक्षा प्रणाली अन्त्य गर्ने र हतियार कन्टेनरमा राख्ने कुरालाई सहमतिमा राख्न नसक्नु कांग्रेसको कमजोरी भएको बताउनु भयो । उहाँले भन्नुभयो-’माओवादी तयार भएको विषयलाई पनि सहमतिमा समेट्न सकेनौं । शान्ति प्रक्रिया निष्कर्षमा पुगेपछि सहमतिको सरकार बन्छ भन्ने कुरा सहमतिमा लेखिरहनु पर्दैनथ्यो ।’
नेता कोइरालाले माओवादी लडाकूको शिविर खाली गरिए प्रचण्डकै नेतृत्व पनि काग्रेसका लागि स्विकार्य भएको स्पष्ट पर्नुभयो ।

A interview with Kamal Thapa, President of Rastriya Prajantra Party Nepal by Bijay Poudel.

अपार्टमेन्टमा किन बस्नुहुन्छ ? तपाईंले 5/6 हजार डलरले 2 लाखको घर किन्न सक्नुहुन्छ, ढिलाई किन ! अमेरिकामा बस्ने, काम गर्ने हरेक नेपालीको घर होस् भन्ने हाम्रो चाहना छ र त्यो सम्भब छ !
अमेरिकामा घरको मुल्यको मात्र 2% Down Payment मा घर किन्न पाईन्छ अहिले, यदी तपाईं सँग क्रेडिट स्कोर राम्रो छ र २ बर्ष यहाँ काम गरेको छ भने* तपाईंले घर किन्न पाउनुहुन्छ । घरको महिनामारी किस्ता (मोर्गेज) पनि जम्मा 4.5% ब्याजमा तपाईंले अपार्टमेन्टमा तिर्ने भाडा भन्दा पनि कमले तिर्न पुग्छ । भाडा तिर्ने पैसाले आफ्नै घर किनेर बस्नुस्, भबिस्य हेर्नुस् । थप जानकारीका लागि र तपाईंलाई घर किन्न बेच्न परे तपाईंहरुकै चिर परिचित रियल्टर रामप्रसाद खनाललाई सम्झन सक्नुहुन्छ । - Ram Prasad Khanal - Notary Public/Realtor® - Long and Foster Real Estate. Inc ( Buying, Selling specialist ) Tel - 703-419-0924, Email : Ram.Khanal@LongandFoster.com, visit http://ramkhanal.lnfre.com/ , http://www.ramkhanal.com (This Advertise is only for those people who live and work in US)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक