20110529

नक्कली सभासदद्वारा नेपालको संबिधान २०६८ जारी !

 संविधानसभाको दुई वर्षे कार्यकाल र थपिएको एक बर्षमा पनि राजनीतिक दल तथा सभाषदहरुले संविधान जारी गर्न नसको अवस्थामा तीनै नेता तथा सभाषदहरुलाई व्यंग्य गर्दै नेपाल टेलिभिजनमा प्रसारण हुदै आएको हास्य टेलिशृंखला तितो सत्यका कलाकारहरुले भने नेपालको संविधान–२०६८
 जारी गरेका छन् । शनिबार संविधानसभाको म्याद सकिने दिन राजधानीमा कलाकार दिपकराज गिरी र दीपाश्री निरौलाले नेताहरुले कुनै औपचारिक कार्यक्रमको उद्घाटन गरे झै संयुक्त रुपमा संविधान सार्वजनिक गरेका हुन् । उनीहरुले कार्यक्रममा नेपालको संविधान–२०६८ लेखिएको पुस्तक बाँडेका थिए तर किताबभित्र खालि पन्ना मात्रै थियो भने अन्तिममा समाप्त लेखिएको थियो । खालि किताब देखेपछि किन यस्तो बाँड्नुभएको भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले  दलहरुले संविधान बनाउन नसकेकाले र आमाको मुख हेर्ने दिन जस्तै आजको दिलाई पनि संविधानको मुख हेर्ने दिन बनाउन खोजेको हुँ भन्ने जवाफ दिएका थिए । मञ्चको अगाडी खालि कुर्सी राखिएको थियो भने कुर्सीमा माओवादी, कांग्रेस, एमाले लगायतका विभिन्न दलको नाम लेखिएको थियो ।  कार्यक्रममा तीतो सत्यका दीपकराज र दिपाश्रीका साथै निर्मल शर्मा गैँडा, भीमबहादुर थापा, विष्णु भक्त फुयाँललगायत अन्य हास्य शृंखलाका कलाकार समेत उपस्थित थिए ।

अपार्टमेन्टमा किन बस्नुहुन्छ ? तपाईंले 5/6 हजार डलरले 2 लाखको घर किन्न सक्नुहुन्छ, ढिलाई किन ! अमेरिकामा बस्ने, काम गर्ने हरेक नेपालीको घर होस् भन्ने हाम्रो चाहना छ र त्यो सम्भब छ !
अमेरिकामा घरको मुल्यको मात्र 2% Down Payment मा घर किन्न पाईन्छ अहिले, यदी तपाईं सँग क्रेडिट स्कोर राम्रो छ र २ बर्ष यहाँ काम गरेको छ भने* तपाईंले घर किन्न पाउनुहुन्छ । घरको महिनामारी किस्ता (मोर्गेज) पनि जम्मा 4.5% ब्याजमा तपाईंले अपार्टमेन्टमा तिर्ने भाडा भन्दा पनि कमले तिर्न पुग्छ । भाडा तिर्ने पैसाले आफ्नै घर किनेर बस्नुस्, भबिस्य हेर्नुस् । थप जानकारीका लागि र तपाईंलाई घर किन्न बेच्न परे तपाईंहरुकै चिर परिचित रियल्टर रामप्रसाद खनाललाई सम्झन सक्नुहुन्छ । - Ram Prasad Khanal - Notary Public/Realtor® - Long and Foster Real Estate. Inc ( Buying, Selling specialist ) Tel - 703-419-0924, Email : Ram.Khanal@LongandFoster.com, visit http://ramkhanal.lnfre.com/ , http://www.ramkhanal.com (This Advertise is only for those people who live and work in US)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक