20110514

२०१२ को अमेरिकी डीभीको प्रथम नतिजा रद्द !



२०१२ को अमेरिकी डीभीको प्रथम नतिजा रद्द भएको छ । कम्युटर प्रोग्रामिङमा आएको समस्याका कारण यस वर्षका लागि पहिलो चरणमा निकालिएको नामको सूचीमा गल्ती भएको र ती सबै रद्द भएको 'यूएस डिपार्टमेन्ट अफ स्टेट'को वेबसाइटमा उल्लेख छ । "नतिजाका परिणामहरु मान्य छैनन् किनभने ती परिणामले स्वच्छ छनोट प्रक्रियाको प्रतिनिधित्व गर्दैनन्," वेबसाइटमा जारी सूचनामा भनिएको छ । २०१० अक्टुबर ५ देखि नोभेम्बर ३ सम्म गरिएका सबै इन्ट्रीहरु आफूसँगै रहेको र फेरि नयाँ छनोट गरी परिणाम सार्वजनिक गरिने पनि सूचनामा जनाइएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक