20110626

तपाईं पनि प्रेम सङ्रौला जि जस्तै सिंघासनमा बसेर जिब्रो निकालेर डा. चिन्तामणी योगी गुरुलाई फलो गर्ने कि !

नेपाल 
एजुकेस्नल एन्ड कल्चर सेन्टर 
(पशुपती बुद्ध मन्दिर म्यारिल्यान्ड)ले एउटा अत्यन्त प्रसँसनिय काम गरेको छ !
त्यो के भने नेपाली बच्चा हरुको दुई दिने समर क्याम्प । उक्त दुई दिने समर क्याम्प नेपालका प्रख्यात गुरु डा. चिन्तामणी योगीले अमेरिकामा रहेका नेपाली बच्चा (Children) हरुलाई योग सिकाउनुको अलावा धर्म र सँस्कृतिको बारेमा प्रबचन दिनुभएको थियो। डा. योगी यसै गरी विश्वका धेरै देशमा यस्तो अभियानका साथ हिंड्नुहुन्छ र वहाँको योगदानको जती प्रसँसा गरेपनी कम हुन्छ। उक्त क्याम्प सम्पन्न गर्न लोक तिवारी, प्रेम सङ्रौला र टिमले खेलेको भूमिका लाई पनि प्रसँसा नगरि रहन सकिन्न। जुन २५ र २६ दुई दिन चल्ने उक्त क्याम्पमा कारीब १०० बच्चा र अभिभाबक पनि संलग्न छन । हेर्नुस् केही फोटो र भिडियो :






 


Photo/Video Source: DCNepal
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
  "रामप्रसाद खनाल लोक साँस्कृतिक साँझ"    
साथमा साहित्य गोष्ठी, कोलोराडो 
टिकट दरः  $ 10.00, शुक्रबार, जुलाई १५, २०११,समयः ६:००-९:०० साँझ (५:००-६:०० सम्म खानाको व्यवस्था गरिएको ) स्थानः Community College of Aurora (Room F100)
1600 E. Center Tech. Parkway, Aurora, CO 80011
 "अन्तराष्ट्रिय नेपाली साहित्य समाजले मनाउदै आएको भानुजयन्ति कार्यक्रमलाई यस बर्षेखि अनेसासको वार्षिक सम्मेलनको रुपमा विकास गरी हरेक बर्षभिन्नाभिन्नै ठाउँहरुमा आयोजना गर्ने कुराको जानकारी सबैलाई भएकै जसअनुरुप यस बर्षो भानुजयन्ति प्रथम पटक अनेसासको बाषिर्क सम्मेलनको रुपमा अनेसास कोलोराडो च्यापटरको सकृयतामा मनाइने सूचना पनि प्रसारण भैसकेको यही जुलाई १५ १६ तारिक दुई दिन विभिन्न सांस्कृतिक, साहित्यिक तथा खेलकूद कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गरिने उक्त १९८ औं भानुजयन्ति तथा अनेसासको २० औं वाषिर्क सम्मेलनमा विशेषगरि अमेरिका भित्र रहनुहुने नेपाली भाषा साहित्यका अनुरागी महानुभावहरु सबैलाई नेपालको प्रत्यक्ष झझल्को आउने सुन्दर पहाडी राज्य कोलोराडोमा अनेसास कोलोराडो च्याप्टर हार्दिक स्वागत गर्दछ बाहिरबाट कार्यक्रममा भाग लिन चाहने महानुभावहरुले समय मै सर्म्पर्क राख्नहुन समेत विनम्र अनुरोध गर्दछौं ।"
१९८औं भानु जयन्ति तथा अनेसासको २०औं वाषिर्क सम्मेलन-२०११ कार्यक्रमः
. "रामप्रसाद खनाल लोक साँस्कृतिक साँझ"  
(साथमा स्थानीय कलाकारद्वारा प्रस्तुत भानुभक्त घाँसी नाटक, लोकप्रीय गीत तथा नृत्यहरु)
टिकट दरः  $ 10.00       
मितिः    शुक्रबार, जुलाई १५, २०११
समयः    ६:००-९:०० साँझ (५:००-६:०० सम्म खानाको व्यवस्था गरिएको )
स्थानः 
Community College of Aurora (Room F100)
1600 E. Center Tech. Parkway, Aurora, CO 80011

साहित्य गोष्ठी
(वयश्क कविता वाचन तथा वाल कविता प्रतियोगिता, विश्वपरिक्रमाको कोलोराडो विशेषांक विमोचन)
            खेलकुदः भलिवल तथा गल्फ प्रतियोगिता
मितिः    शनिबार, जुलाई १६, २०११
समयः    अपरान्ह २:००-४:३० बजे
स्थानः    Central Library (Large community room)
    14949 E. Alameda Pky, Aurora, CO 80012

आयोजकः
अन्तराष्ट्रिय नेपाली साहित्य समाज 
    केन्द्रीय कार्यसमिति
सर्म्पर्कः
ज्ञानेन्द्र गदाल -३०३ २२९ २०३९
साहित्य गोष्ठीः पदम विश्वकर्मा -७२०-६२८-६३१३ तथा राजु सिटौला -३३४-४४४-७४२०
खेलकुदः रत्न भण्डारी -३०३-९९५-८१३४ तथा सुदेश शर्मा -७२०-४८०-८००७

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक