20110817

कङ्रेसको आन्तरिक बिबादले बाबुरामको चान्स बढी तर अब देशको प्रधानमन्त्री को हुन्छ भन्ने अनुमान लगाउन सहज भने छैन्

अन्तत प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिएका छन् । पार्टीका नेता तथा प्रमुख विपक्षि दलका नेताले भन्दै आएको राष्ट्रिय सहमतिको ढोका खनालले खोलिदिएका छन् । निरन्तरको दवाव र
राजीनामा दिने प्रतिवद्दताबिच खनालले राजीनामा दिएका हुन् । अब देशले निकास पाउने बताइरहेका नेताहरूलाई देशलाई निकास दिनको लागी चुनौती दिँदै उनले राष्ट्रपति समक्ष राजीनामा पत्र बुझाएका हुन् र औपचारिक रूपमा संसदको बैठकबाट राजीनामा दिएको घोषणा गरेका छन् । राजीनामासँगै अबको राजनीतिक स्थिति र भावी प्रधानमन्त्रीका बारेमा आकलन हुन थालेका छन् ।



सरकार गठनका लागी प्रमुख दावेदारका रूपमा कांग्रेस र अहिलेको प्रमुख सत्ता साझेदार एकिकृत नेकपा (माओवादी) रहेका छन् । डा. बाबुराम भट्टराईलाई अबको सरकारको नेतृत्वका लागी अघी सार्ने गत साउन ९ गते बसेको माओवादी केन्द्रिय समितिको बैठकले निर्णय गरिसकेको छ भने कांग्रेसका तर्फबाट कसलाई सरकारको नेतृत्वमा पठाउने उक्त निर्णय भने भैसकेको छैन् । कांग्रेस यदी विधान अनुसार चल्ने हो भने कांग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेलको नाम पहिलो नम्बरमा आउँछ तर देउवाले प्रधानमन्त्रीमा गरिरहेको दावीले कांग्रेस अन्यौलमा छ । कांग्रेसको संस्थापन पक्ष संसदिय दलको नेता परिवर्तन गर्ने सुरमा छैन भने देउवा पक्ष जसरी भएपनि संसदीय दलको नेताको पद देउवालाई दिने कसरतमा लागेको छ । यसरी नेपालमा भावी प्रधानमन्त्रीको दावेदारका रूपमा दुई दलका तीन नेता छन् ।
पहिलेदेखी नै सहमतिको सरकारको लागी मान्य हुने भनि सबैभन्दा बढी चर्चाको सगरमाथा चढेका बाबुराम नै अहिलेको नेपालको राजनीतिक परिप्रेक्ष्यमा पहिलो नम्बरका रोजाई हुन् । उनलाई प्रधानमन्त्री मान्न जो कोही पनि तयार थिए केही समय अघि तर अहिले समयले काँचुली फेरीसकेको छ । डा. बाबुराम प्रधानमन्त्री भए हामी कुनै संकोचबिना मान्न तयार छौ भन्ने कांग्रेलले अहिले बोली फेरेको छ र आफ्नो दलको तर्फबाट प्रधानमन्त्रीको पदका लागि दावी गरेको छ ।
कांग्रेसको विधान अनुसार कांग्रेसबाट प्रधानमन्त्रीका प्रथम उमेद्वार कांग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेल हुन् । हुन त काग्रेसबाट कसलाई प्रधानमन्त्रीको बनाउने भन्ने विषयमा चरम विवाद रहेको छ । देउवा पक्षले कुनै पनि हालतमा १७ पटक प्रधानमन्त्रीको चुनाव हारेका नेतालाई प्रधानमन्त्री बनाउन नहुने अडानमा छ ।
तीन पटक प्रधानमन्त्री भैसकेका कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पनि प्रधानमन्त्री बन्ने होडमा अगाडी छन् । कांग्रेस भित्र दुइ ध्रुवमा विभाजित भएको अहिलेको अवस्थामा शेरबहादुर देउवाले कांग्रेसबाट आफ्नो नेतृत्व भए माओवादीलाई समेत स्विकार भइसकेको भन्दै अबको लागी कांग्रेसबाट आफ्नो नाम प्रस्ताव हुनुपर्ने बताउँदै आएका छन् ।
को छ त यो होडमा सबैभन्दा अगाडी
प्रधानमन्त्रीका होडमा लागेका यी तीन नेतामध्ये सबैभन्दा अगाडी रहेका छन् माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई । उनको सम्भावना आजसम्मको स्थितिमा निकै नै बलियो छ । साउन ९ गते भएको केन्द्रिय कमिटिको बैठकबाट सहमतिय सरकारको लागी बाबुरामलाई अघि सार्ने निर्णय भैसकेको अवस्थामा सबैभन्दा ठूलो दल र सबैले मान्य हुने नेताका रूपमा उनी अहिले सबैभन्दा अगाडी छन् । यस्तै मधेषी मोर्चाले पनि कांग्रेससँग भइरहेको सहकार्यका बिच आफूलाई भट्टराई प्रधानमन्त्रीको रूपमा अगाडी आए खुलेर उनको समर्थन गर्ने बताएको छ । यस्तै मोर्चासँगै एमालेका केही नेताहरू बाबुरामको पक्षमा उभिएका छन् भने उपेन्द्र यादव समूहले पनि बाबुरामालाई समर्थन गर्ने भएको छ । 
भट्टराई पछी कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा प्रधानमन्त्रीका दावेदार हुन् । प्रधानमन्त्रीको होडमा भट्टराई भन्दा पछाडी र आफ्नै पार्टीका नेता पौडेल भन्दा अगाडी रहेका छन् देउवा । पार्टीको संस्थापन पक्षको अड्चनका बाबजुत माओवादीको समर्थन पाउने आशा उनमा रहेको छ । पार्टीभित्र आफ्नो नेतृत्वमा सरकारमा जान दिए आफूले माओवादीलाई समेत सँगै लगेर राष्ट्रिय सहमतिको सरकारको निर्माण गर्न सक्ने बताउँदै आएका छन् ।
अन्तिम विकल्पका रूपमा कांग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेल रहेका छन् । कांग्रेसको विधान अनुसार रामचन्द्रको पनि प्रधानमन्त्री बन्ने सम्भावना रहेको छ । यदी कांग्रेसले विधान अनुरुप प्रधानमन्त्रीको उम्मेदवार चयन गरेको खण्डमा रामचन्द्र भावी प्रधानमन्त्री बन्नेछन् तर उनलाई आफ्नै दलका शेरबहादूर देउवाले पनि समर्थन गर्नेमा शंका छ । साथै माओवादीले पनि पौडेललाई समर्थन गर्ने संम्भावना निकै कम छ । माओवादीले यदी आफ्नो नेतृत्वको सरकार गठन नभएको खण्डमा शेरबहादूरलाई नै प्रधानमन्त्रीका रूपमा समर्थन गर्ने भएकाले रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने सपना सबैभन्दा कमजोर रहेको छ।
बाहिरी शक्तिको प्रभाव
यस्तै विचारहरू बाहिर आइरहेका बेला भावी प्रधानमनत्रीको रूपमा देशले को पाउला भन्ने चासो सबैतिर बढेको छ । यहाँ पार्टी भित्रको सहमति र देशका दलहरूबिचको सहमतिले मात्र प्रधानमन्त्री पाउन त त्यसति सहज छैन् । नेपालको प्रधानमन्त्री छान्नमा बाहिरी इच्छाको पनि त्यतिकै भुमिका प्रमुख रहिआएको परम्पराले पनि नेपालको प्रधानमन्त्रीमा को आशिन हुन्छ भन्ने अनुमान लगाउन त्यति सहज भने छैन् ।

**************************************************

तपाईं, तपाईंको सम्पूर्ण परिवार, छरछिमेकी, साथीभाईलाई चुल्हे निम्तो : August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा, क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !

 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 12 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको भर्जिनिया मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

Venue : 10100 Lomond Drive, Manassas, VA 20109 
(Stonewall Middle School's Hall)
Time : 1:00 PM
Date : 08/27/2011
हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

अगस्त 27 मनाससमा हुने तिज महोत्सबको लागि तीज नाचको तयारी गर्दै सरस्वती, तपाईंले पनि यसै गरी तयारी गर्नुस् है, अनी जित्नुहोस् पुरस्कार !




यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese of America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ।   
August 27, Saturday तीज महोत्सब   !
 

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
Everest Times Patrika (everesttimesnews.com)
www.vishwanews.com
Vishwasandesh Pachhik Patrika
 
                                                                    ***************
                                    
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com, janapukar.com, globenepal.com, Nispakshya National Wekkly , Everest Times Patrika
 (everesttimesnews.com) , www.vishwanews.com, Vishwasandesh Pachhik Patrika

 Venue : 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall)

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

स्थान : Woman's  Club of casselberry
251 Over brook Drive Casselberry, FL 32707
समय : 1:00 PM

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक