20110903

राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु सम्मिलित 48 सदस्यीय नयाँ कार्यकारी समिती निर्माण गर्दै अन्तरास्ट्रिय कलाकार मँचको केन्द्रिय कार्य समिती पुनर्गठन


करिब तीन बर्ष अघि गठन भै अमेरिका र अन्य देश हरुमा समेत गीत, संगीत, कला, साहित्य, संस्कृतिका लागि सक्रिय  रुपमा काम गरिरहेको,  हाल सम्म बिभिन्न देशहरुमा आफ्ना १० वटा शाखाहरु बिस्तार गरिसकेको अन्तराष्ट्रिय कलाकार मँच पुनर्गठन/बिस्तार गरिएको छ । अन्तरास्ट्रिय रुपमै बिस्तार गर्ने अभियानका साथ अघि बढेको र गीत, संगीत, कला, नाट्य,
चलचित्र, हाँस्य, साहित्य वा कलाको कुनै पनि पाटोमा वा सन्स्क्रिती सँग सम्बन्धित क्षेत्रमा संलग्न कलाकारहरुको बिशुद्ध सामाजिक संगठनको रुपमा गठन, बिस्तार भैरहेको यो अन्तरास्ट्रिय कलाकार मँचको सम्मानित सल्लाहाकारहरुमा राष्ट्रिय अन्तरास्ट्रिय रुपमै ख्याती कमाएका लोकप्रिय कलाकारहरु क्रमश : नीर शाह, कृष्ण मल्ल, प्रेमराजा महत, गौरी मल्ल, हिरण्य भोजपुरे, मदन दीप बिम, नारायण रायमाझी, राजाराम पौडेल, राजेन्द्र शलभ, सरोज खनाल रहनुभएको छ ।
मँचको केन्द्रिय कार्य समितिको अध्यक्षमा बरिस्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, उपाध्यक्षहरुमा प्राज्ञ एबम नाट्य स्टार हरी बहादुर थापा, नेपाली चलचित्र जगतकी अबल नायिका जल शाह, बरिस्ठ गायक यम बराल रहनुभएको छ भने महासचिबमा चकलेटी नायक रमेश उप्रेती, सचिब एबम प्रबक्तामा  बरिस्ठ गीतकार प्रकाश नेपाल, सह-सचिबमा बरिस्ठ न्रित्यँगना, कोरियोग्राफर एबम नायिका अनुपमा प्रसाईं, कोसाध्यक्षमा चलचित्र निर्देशक एबम कलाकार कृष्ण मुरारी ढुँगेल रहनुभएको छ ।  
  • मँचको केन्द्रिय कार्य समितिका सम्मानित सदस्य (Honorable Member) हरुमा सुप्रसिद्ध चलचित्र नायिकाहरु शर्मिला मल्ल, सारँगा श्रेष्ठ, पूजा चन्द, हाँस्य नायक दीपक राज गिरी, नारायण त्रिपाठी, चर्चित कलाकार दीपा श्री निरौला, गोपाल अधिकारी (ट्वाकेन्द्र), नेपाली पप स्टारहरु राम श्रेष्ठ, सन्जीब प्रधान, सरिश्मा आमात्य, प्यारोडी किंग रतन सुबेदी, लोकप्रिय गायक गायिकाहरु ममता दीप बिम, सपना श्री, रोशन गुरुङ, जगदीश  समाल, दिनेश भण्डारी, पवन ओली, बरिस्ठ कलाकारहरु हरी सिवाकोटी, रचना सिंह, अनिल पाण्डे, बरिस्ठ बाद्य बादकहरु राज कपुर, तिलक श्रेष्ठ , राजेन्द्र कर्ण, बिमल बुढाथोकी, न्रित्य स्टार, निर्देशक, कोरियोग्राफरहरु श्याम खड्गी, बिजय नकर्मी, यज्ञमान शाक्य, नब प्रतिभा मध्येबाट कलाकार जेनी पाठक, कानुनी सल्लाहकारमा अमेरिकाका लोकप्रिय युबा कानुनब्यबसायी डिल्ली भट्ट, प्रेस सल्लाहकारमा अमेरिकाका पत्रकार प्रदीप थापा मगर रहनुभएको छ । यो कार्य समिती पुनर्गठन गर्दा पुरानो कार्यसमितीका साथीहरु र थप कलाकार साथीहरु समेटेर पुनर्गठन गरिएको अन्तरास्ट्रिय कलाकार मँचले जनाएको छ। मन्चले आगामी दिनमा छुट भएका प्रतिष्ठित कलाकारहरुलाई समेट्दै केन्द्रिय समिती बिस्तार गर्ने, हरेक देशमा सम्भब भए सम्म शाखा बिस्तार गर्दै जाने, त्यसै गरी अमेरिकाका ठुला शहर र स्टेटमा पनि शाखा, उपशाखा बिस्तार गर्दै जाने, विश्व भर नै कलाकार को एउटा ठुलो सन्जाल बनाउने निती लिएको छ । हाल सम्म १० वटा शाखा गठन भएका शाखाको अनुमोदन गर्दै विश्वब्यापी रुपमा हरेक देशमा रहेका नेपाली वा बिदेशी कलाकारलाई देश वा शहर स्तरका शाखा गठनका लागि 703-419-0924 US वा iafamerica@gmail.com , info@nepalmother.com , rampdkhanal@gmail.com संपर्क गर्न पनि आव्हान गरेको छ। बिभिन्न देश तथा शहर हरुमा रहेका कलाकार सँग सम्बन्धित संघ संस्थाहरु लाई पनि अन्तराष्ट्रिय कलाकार मन्चले छाता संस्थाका रुपमा  समेट्दै जाने निती लिएकोले इच्छुक संघ संस्थाले संपर्क गरी मन्च सँग आबद्ध हुन पनि आग्रह गरेको छ। पहिलेनै स्थापित कला सँग सम्बन्धित संस्थाहरुलाई मन्च ले अलग्गै शाखा उपशाखाको रुपमा समेत मान्यता दिएर सहयोग गर्ने निती लिएको कुरा अध्यक्ष रामप्रसाद खनालले बताउनुभयो । खनाल का अनुसार अन्तराष्ट्रिय कलाकार मन्च नै अब संसार भरिका कलाकार हरुको छाता संगठनको रुपमा बिकास गर्दै लगिने छ। निकट भबिस्यमै मन्च मा आबद्ध सबै कलाकारले डिसी मेट्रो एरियामा र अमेरिकाका बिभिन्न शहरमा बिशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्न तयारी शुरु गरेको प्रबक्ता प्रकाश नेपाल ले बताउनुभयो । मन्चका गतिबिधिका लागि नेपाल मदर डट कम, अन्य मिडियाहरु   वा www.iafusa.blogspot.com क्लिक गर्न पनि मन्चले सबैमा आग्रह गरेको छ । मन्चको वेब साइट छिट्टै अपग्रेड गरिने र यस कार्यका लागि मन्चका नब निर्बाचित सचिब एबम प्रबक्ता प्रकाश नेपाललाई ( जो सिनियर सफ्टवयर इन्जिनियर पनि हुनुहुन्छ ) कार्य समितिले जिम्मेवारी सुम्पेको छ । यसै बिच अन्तराष्ट्रिय कलाकार मन्चको नेपाल शाखाका अध्यक्ष बरिस्ठ कलाकार शिवहरी पौडेलले नेपाल शाखा बिस्तार गर्न लागिएको र केही दिन भित्रै यो कार्य सम्पन्न गरिने बताउनुभएको छ भने क्यानाडामा पनि अन्तराष्ट्रिय कलाकार मन्चको क्यानाडा शाखा गठन भएको छ ।  for more detail about International Artists Forum please visit this site too

    http://iafusa.blogspot.com/


    अन्तराष्ट्रिय कलाकार मँच,अमेरिकाको जरुरी सूचना !!!
    गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देशमा यस् मन्चका शाखाहरु पनि बिस्तार गरिदैछ र संख्या हेरी अमेरिका वा अन्य देश का बिभिन्न शहर हरुमा पनि थप् यस् मन्च का शाखा उप शाखा खोल्ने हाम्रो अभियान अहिले तिब्र पारेका छौं । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण ईमेल र फोन नम्बर हामीलाई पठाउनुश तुरुन्त हामी तपाईंलाई संपर्क गर्नेछौ ।
    -अन्तराष्ट्रिय कलाकार मँच,अमेरिका
    Email : internationalartistsforum@gmail.com, or rampdkhanal@gmail.com, Tel. 703-419-0924
    http://www.iafusa.blogspot.com

    अन्तराष्ट्रिय कलाकार मँच,अमेरिकाको जरुरी सूचना !!!
    गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देशमा यस् मन्चका शाखाहरु पनि बिस्तार गरिदैछ र संख्या हेरी अमेरिका वा अन्य देश का बिभिन्न शहर हरुमा पनि थप् यस् मन्च का शाखा उप शाखा खोल्ने हाम्रो अभियान अहिले तिब्र पारेका छौं । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण ईमेल र फोन नम्बर हामीलाई पठाउनुश तुरुन्त हामी तपाईंलाई संपर्क गर्नेछौ ।
    -अन्तराष्ट्रिय कलाकार मँच,अमेरिका
    Email : internationalartistsforum@gmail.com, or rampdkhanal@gmail.com, Tel. 703-419-0924
    http://www.iafusa.blogspot.com

     

  •                         अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकी नियम कानुन अनुसार यसरी दर्ता भै सरकारी मान्यता प्राप्त छ : 


Related a letter from International Nepali Literature Society 
    fromHomnath Subedi hsubedi@gmail.com
    toRam Prasad Khanal <rampdkhanal@gmail.com>
    dateSun, Sep 4, 2011 at 4:28 PM
    subjectडायस्पोरामा नेपाली कला र साहित्यको विकास बारे .
    mailed-bygmail.com
    signed-bygmail.com
    Important mainly because of the people in the conversation.
    राम प्रसाद खनालजी,
    अध्यक्ष
    अन्तर्राष्ट्रीय कलाकार मंच
    मनासस, भर्जिनिया, 
    डायस्पोरामा नेपाली कला र साहित्यको विकास बारे .
    अनेसास डायास्पोरिक साहित्यको विकासमा अगाडी बढिरहेको छ ,
    कलाकार मंचको सगठनात्मक विकासलाई हेर्दा यो चाडै नै नेपाली डायस्पोराको यौटा अर्को शक्ति हुने बेखेको छु . त्यसैले साहित्यमा डायास्पोरिक पक्षको ऐले नेतृत्व अनेसासले गरे जस्तै कलाको क्षेत्रमा डायास्पोरिक नेपाली कलाको बिकासमा तपाईहरुको संस्थाले योगदान  पुराउन सकोस भन्ने हाम्रो चाहना छ . अनेसासका धेरै कार्यकर्ता तपाईहरुको मन्चमा पनि काम गरिरहेका छन् . डायास्पोरिक नेपाली कला र साहित्यको विकास साइड बाई साइड हुन सक्यो भने नेपाली कला र साहित्य नेपाल  कै मात्र हैन डायस्पोराको पनि सवलतासाथ विकास गर्दै जान मदत मिल्ने छ . यो उद्देश्यको लागि अनेसास र कलाकार मंच दुवै एक अर्कालाई परिपुरक  बन्दै अगाडि बढुन भनेर अगाडिका नीति योजना र कार्यक्रम बारे पनि कुरा गर्न तपाईसित कुरा गर्न  यो इमेल गरेको छु . कृपया फुर्सदमा इमेल वा फोन पाउने वा भेटको लागि आशा गरेको छु .
    *होमनाथ सुबेदी - सभापति -BOT , अनेसास 
    -- Hom Nath  Subedi
    1727 Horner Road,
    Woodbridge, VA 22191
    703-491-1014

    No comments:

    Post a Comment

    बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक