20110904

माओवादीका ६ र मोर्चाका ७ मन्त्रीले शपथ लिए, यो सरकारको पनि निको चाला देखिएन, नबन्दै बिबाद !

* फोरम लोकतान्त्रिकबाट रक्षा मन्त्री सिफारिस गरिएका शरतसिंह भण्डारी र वातावरण मन्त्रीमा सिफारिस निलम बर्माले शपथ लिएनन् । यसैगरी कानुन मन्त्री सिफारिस तमलोपा नेपालका जितेन्द्र सोनर र महिला तथा बालबालिका मन्त्रीमा सिफारिस तमलोपा नेपालका दानबहादुर चौधरीले पनि शपथ लिएनन् ।*
माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १३ मन्त्रीले आइतबार साँझ शपथ लिएका छन् । माओवादीका ६ र मोर्चाका ७ मन्त्रीले शपथ लिएका हुन् । राष्ट्रपति रामवरण यादवको उपस्थितिमा
प्रधानमन्त्री बाबुराम भट्टराईले शीतल निवासमा नयाँ मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । भदौ ११ गते मधेसी मोर्चाको समर्थनमा प्रधानमन्त्री निर्वाचित भट्टराईले भोलिपल्ट आफूपछि मोर्चाका तर्फबाट विजयकुमार गच्छदारलाई उपप्रधान एवं गृहमन्त्रीको शपथ खुवाएका थिए । प्रधानमन्त्री भट्टराईले माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीमा शपथ गराए । बरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहले साँचो प्रकरण समाधान नभएसम्म सरकारमा सहभागी नहुने अडान लिएपछि श्रेष्ठ प्रधान तथा परराष्ट्रमन्त्री नियुक्त भएका हुन् । यस मन्त्रालयका लागि वैद्य निकट सीपी गजुरेलको नाम यसअघि तय भएको थियो । ऊर्जामन्त्री पोष्टबहादुर बोगटी, स्थानीय विकाशमन्त्रीमा टोपबहादुर रायमाझी, अर्थमन्त्रीमा वर्षमान पुन, भूमिसुधार मन्त्रीमा प्रभू शाह र युवा तथा खेलकुद मन्त्रीमा कमला रोकाले शपथ लिए । यसैगरी मधेसी मोर्चाका तर्फबाट सूचना तथा सञ्चार मन्त्रीमा जयप्रकाश प्रसाद गुप्ता, भौतिक योजना तथा निर्माण मन्त्रीमा हृदयेष त्रिपाठी, सिँचाइ मन्त्रीमा महेन्द्र राय यादवले शपथ लिएका छन् । यसैगरी वन मन्त्री मो. वकील मुसलमान, कृषि नन्दनकुमार दत्त, स्वास्थ्य मन्त्रीमा राजेन्द्र महतो र विना विभागीय मन्त्रीमा राजलाल यादवले शपथ लिए । फोरम लोकतान्त्रिकबाट रक्षा मन्त्री सिफारिस गरिएका शरतसिंह भण्डारी र वातावरण मन्त्रीमा सिफारिस निलम बर्माले शपथ लिएनन् । यसैगरी कानुन मन्त्री सिफारिस तमलोपा नेपालका जितेन्द्र सोनर र महिला तथा बालबालिका मन्त्रीमा सिफारिस तमलोपा नेपालका दानबहादुर चौधरीले पनि शपथ लिएनन् । विस्तारित मन्त्रिमण्डल १५ सदस्यीय भएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक