20110922

अमेरिकामा प्रधानमन्त्री डा. भट्टराइले आफ्नै नेपाली नागरिकहरु र अमेरिकी नागरिकहरुबाट कालो झण्डा सहित बिरोध प्रदर्शनको स्वागत पाउनुहुने, यी कारणहरुले गरिदैछ रे बिरोध प्रदर्शन

प्रधानमन्त्री भट्टराईले भेटका लागि निकै पहल गरेपनी ओबामाले भेट दिन इन्कार, नेपालका माओवादी अझै पनि अमेरिकी सरकारको आतंकबादी सुचिमा रहेको स्मरण गराइयो !
- न्यूयोर्कबाट पत्रकार किशोर शर्मा आफ्नो बिशेष रिपोर्टमा लेख्छन : 
अमेरिकी राष्ट्रपती ओबामाले राष्ट्रसंघ महासभामा भागलिन आएका हरेक देशका राष्ट्र तथा सरकार प्रमुख सँग रिसेप्सनमा सामुहिक भेटघाट र खास खास सँग पछी अलग्गै भेट्ने, कुरा गर्ने चलन छ । सामुहिक रिसेप्सनमा भने बाबुरामले ओबामा सँग हात मिलाउन, परिचय गर्न र टाउको हल्लाउन मज्जाले पाउनुभएको छ, खडे खडे अनौपचारिक छोटो कुरा गर्न वहाँ चुक्नुभएन तर ओबामाले बाबुराम जी लाई पटक्कै महत्व दिनुभएको देखिएन, वहाँ यसबाट पनि निकै दँग देखिनुहुन्छ ।    नेपाली प्रधानमन्त्री भट्टराईले अलग्गै भेटका लागि लागि निकै पहल गरेपनी ओबामाले भेट दिन इन्कार गर्दै नेपालका माओवादी अझै पनि अमेरिकी सरकारको आतंकबादी सुचिमा रहेकोले भेट नदिएको व्हाइट हाउस श्रोतले जनाएको छ। रिसेप्सनमा हेल्लो हाइ भएकै भरमा अहिले ओबामा र भट्टराई बिच बार्ता भनी प्रचार मात्र  गरिएको छ, एक सहभागीले नै बताए ।  बाबुराम त्यसैलाइ भजाउने प्रयासमा छन ।********************
संयुक्त  राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका  आउनु भएका प्रधानमन्त्री डा. वावुराम भट्टराइले आफ्नै नेपाली नागरिकहरुवाट र अमेरिकी नागरिकहरुबाट  कालो झण्डा सहित बिरोध प्रदर्शन को स्वागत पाउनुहुने भएको छ।अमेरिकामा रहेका नेपालीहरुले भट्टराईलाई कालो झण्डा सहित बिरोध प्रदर्शनले स्वागत गर्ने भएका हुन। भट्टराईले महासभालाई शनिवार सम्वोधन गर्ने कार्यक्रम रहेको छ । महासभालाई सम्वोधन गरिरहँदा राष्ट्रसंघिय कार्यालय अगाडी नेपालीहरुले उनका विरुद्ध कालो झण्डा सहित बिरोध प्रदर्शन गर्ने भएका हुन। 17 हजार निर्दोष नेपालीहरुको हत्याको जिम्मेवार माओवादी तथा उनकै पार्टीका भट्टराईले महासभालाई
सम्वोधन गर्नु लाजमर्दो भएको कालो झण्डा प्रदर्शन गर्न लागेका आयोजकहरुले जनाएका छन्।
- सत्र हजार भन्दा बढी निर्दोश नेपाली लाई मार्ने, हजारौ को घर, सम्पत्ती जफत गर्ने, लुट्ने, कुट्ने, अपहरण गर्ने, आतंकबादी गतिबिधी गर्ने माओवादीका का दोस्रो ठुलो नेता भएकाले ।
- मधेसी दलहरुसँग राष्ट्रघाती सम्झौता गरी नेपालकै अस्तित्वमाथि धावा बोलेकाले ।
- नेपाली राष्ट्रिय पोशाक दौरा सुरवाल खारेज गरी नेपाली जनता र देश को अपमान गरेकाले ।
- शान्ती र संबिधान केबल सत्ता को भर्र्याङ् मात्र बनाउने दुस्शाहस गरेकाले ।
- अपराधमा संलग्न माओबादी खोल ओढेका अपराधीहरुको सरकारमा जानेबित्तिकै मुद्दा फिर्ता लिने जस्तो अर्को अपराध पूर्ण काम शुरु गरिसकेकाले ।
- प्रजातन्त्रको खिल्ली उडाउदै लडाकु लाई सेना मा गाभेर सेना समेत भाड्न खोजेकाले ।
- हिन्दू धर्मको समेत कत्लेआम गर्ने जस्तो अपराध गर्ने काम मा सक्रिय सहभागी भएकाले ।
- बन्दुक र बल का आधारमा चल्दै प्रजातन्त्रको उपहास गरेकाले ।
- मानबाधिकार र स्वतन्त्रताको बारम्बार खिल्ली उडाएकाले ।
यस्ता हरकत गर्ने नायक प्रधानमन्त्री डा. बाबुराम भट्टराई लाई हामी घ्रिणा गर्दछौं भन्दै अमेरिकामा रहेका नेपाल र नेपाली लाई मायागर्ने नेपाली र अमेरिकनहरुले समेत संयुक्त राष्ट्रसंघ भवन अगाडि न्यू योर्क मा कालो झण्डा सहित बिरोध प्रदर्शन को तयारी गरेको न्यू योर्कबाट नेपाली हरुलेनै बताएका छन ।उनी जादा आउँदा समेत बाटोमा पनि कालो झण्डा सहित बिरोध प्रदर्शन गरिने आयोजकहरुले जनाएका छन ।  काला झण्डा सहित कार्यक्रममा उपस्थितिका लागि सबै नेपाली लाई उनिहरुको नेट्वोर्कले आह्वान पनि गरेको छ। उपस्थित हुने ठेगाना यसप्रकार रहेको आयोजकहरुले बताए  :
Dag Hammarskjold Plaza, 47th Street and 1st Avenue, New York, NY 10017. In front of the United Nations Headquarters
Time: 8:00AM Saturday, September 24th, 2011.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक