20110923

रुवेल चौधरीलाई भगाउने मुख्य योजनाकार देशका ठूला तीन दल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको आरोप

"तीन पूर्व गृहमन्त्रीको संलग्नतामा भएको सुडान प्रकरणका भ्रष्टाचारीलाई सरकालले लुकाएर उन्मुक्ति,  देश गम्भीर दुर्घटनामा फस्दै "
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सुडान घोटाला मुख्य आरोपी रुवेल चौधरीलाई भगाउने मुख्य योजनाकार देशका ठूला तीन दल भएको आरोप लगाएका छन् । दोलखा सदरमुकाम चरिकोटमा राप्रपा नेपालको अधिवेशन उदघाटन गर्दे अध्यक्ष थापाले यति ठूलो भ्रष्टाचार प्रहरीले मात्र गर्न नसक्ने भन्दै पूर्व गृहमन्त्रीहरुको संलग्नतामा भएको ठोकुवा गरे  । ४० करोडमा २९ करोड भ्रष्टाचार भएकोमा प्रहरीलाईमात्र फसाएर राजनीतिक दलले आफ्ना नेता वचाएको उनले आरोप लगाए । थापाले तीन पूर्व गृहमन्त्रीको संलग्नतामा भएको सुडान प्रकरणका भ्रष्टाचारीलाई सरकालले लुकाएर उन्मुक्ति दिनु देशमा भ्रष्टचार नेताको रजाईं भएको तर्क गरे । अध्यक्ष थापाले सुडान घोटालाका मुख्य आरोपी रुवेललाई नेपालवाट भगाउन आफूलाई सवैभन्दा ठुलो क्रान्तिकारी भन्ने पाटी माओवादीको संलग्नता रहेको आरोप समेत लगाए  । देशमा गुण्डाराज
मौलाउँदै गएको भन्दै उनले पछिल्लो समयमा तस्कर र भ्रष्टाचार मौलाउनुमा सरकारमा वसेकाहरु दोषि रहेको बताए । कांग्रेस र एमालेको गलत निर्णयका कारण देश गम्भीर दुर्घटनामा फस्दै बताए ।
शान्ति प्रक्रिया नटुङगाई संविधानसभा निवार्चन गर्नु नै सवैभन्दा ठूलो त्रुटि भएको उनले भने । अवको बाँकी समयमा संविधान नवन्नने दावी गर्दै संविधान निमार्णका लागि जनादेशमा जानुवाहेकको विकल्प नभएको उनले दाहोर्‍याए । निरुपण आयोग वनाउनुको उल्टो मुद्धा फिर्ता लिदै जाने निर्णयका कारण देश झन् ठूलो दण्डहीनाको खाडलमा पर्ने उनको धारणा छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक