20111126

जग्गा फिर्ता मान्दैनौँ, फिर्ता भए फेरि कब्जा हुन्छः गजुरेल

माओवादीका सचिव सीपी गजुरेलले द्वन्द्वकालमा कब्जा भएका घरजग्गा फिर्ता गर्ने पार्टीको निर्णय नभई अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीको व्यक्तिगत निर्णय भएकोले त्यसलाई नमान्ने चेतावनी दिनुभएको छ । शनिबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा सचिव गजुरेलले घरजग्गा फिर्ता भए फेरि कब्जा हुँदै जाने बताउनुभयो । ‘कम्यूनिष्ट पार्टीमा व्यक्तिको हुकम मानिदैन, जनवादी केन्द्रीयता मानिन्छ’, सचिव गजुरेलले भन्नुभयो, ‘पार्टीको निर्णय नभएकोले यो कार्यान्वयन हुँदैन ।’ किसानलाई विकल्प नदिई घरजग्गा फिर्ता गर्ने पार्टी कम्यूष्टि पार्टी नै नरहने गजुरेलको तर्क थियो । पार्टी भित्र प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विकल्प खुल्ला रहेको भन्दै केन्द्रीय कमिटिको बैठकमा प्रधानमन्त्रीको विकल्पमा छलफल हुने गजुरेलले बताउनुभयो । ‘पार्टीभित्र बाबुरामजीको विकल्प धेरै छ’, गजुरेलले भन्नुभयो, ‘अबको नेतृत्व बादलजीलाई दिने विषयमा केन्द्रीय कमिटिमा छलफल हुन्छ ।’ अहिलेनै प्रधानमन्त्री भट्टराईको विकल्प भने खोजि नहालिएको उहाँले स्पष्ट पार्नुभयो । संविधानसभाको म्याद थप राजनीतिक विषय भएको भन्दै गजुरेलले अदालतले एउटै विषयमा बारम्बार फरक फरक कुरा बोलेर अदालतकै गरिमामा असर पारेको दावी गर्नुभयो । ‘सर्वोच्चकै अघिल्लो फैसला र अहिलेको फैसला बाझिएको छ’, उहाँले भन्नुभयो, ‘यस्तो गर्दा अदालतको गरिमामा असर पर्छ ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक